आइतबारदेखि त्रिवि शिक्षण अस्पतालका निर्देशकको रुपमा पदबहाली गरेँ। विगत ३५ वर्षदेखि शिक्षण अस्पतालमा कार्यरत छु। मसँग अहिले नै महत्वाकांक्षी तथा भावी योजना छैनन्। सुरुमा सामान्य कामबाट नै सुरु गर्नेछु। मुख्यतः शिक्षण अस्पताललाई बिरामीमैत्री बनाउँछु। बिरामीलाई छिटो–छरितो सेवा प्रवाह गर्ने नै मेरो मुख्य लक्ष्य हो। त्यसगैरी ओपिडीको सुधार पनि मुख्य प्राथमिकता हुनेछ। बिरामीको सेवा–सुविधालाई सहज बनाउनेछु।
यो पालि छनोट समिति त्यस्तो थिएन। जेष्ठताको आधारमा छनोट भएको हो। यति धेरै वर्ष काम गरेको अनुभव भइसक्यो, पक्कै पनि धेरै भिजनहरु छन्।
त्यसको लागि अहिले ओपिडीमा जुन अस्तव्यस्त देखिन्छ, त्यसलाई सुधार्नतर्फ लाग्छु। त्यसपछि इमरजेन्सी सुधार्ने हो। ओपिडी सुध्रियो भने इमरजेन्सी आफैं सुध्रिन्छ। त्यसपछि नयाँ आयोजना तथा कामहरु सोच्नेछु।
दैनिक समस्यता तथा गुनासालाई सामधान गर्ने कुरा पनि छ। तत्काल चाहिं नयाँ सेवाहरु विस्तार गर्ने मेरो योजना छैन। किनभने मैले यो २ वर्ष १८ महिनामा जे–जति गर्नुछ, त्यसलाई अलिकति उदाहरणीय बनाउने हो। यहाँ आएका बिरामीलाई हामी ठिक ठाउँमा आएका छौँ भन्ने अनुभूत गराउने मेरो कोसिस रहनेछ।
अस्पतालमा व्यवस्थाकीय समस्या नै मुख्य समस्या हो। आन्तरिक व्यवस्थापन सुधार्नुपर्ने हुन्छ। यसमा सुधार गर्यौं भने धेरै कुरामा सुधार आउँछ। शिक्षण अस्पतालमा मुख्यतः ठाउँको अभाव हो। ठाउँ विस्तार गर्नको लागि आर्थिक रुपमा हामीसँग पैसा कम छ।
केन्द्रीय अस्पताल भएको हुनाले धेरैले अन्तिम गन्तव्यको अपेक्षा गरेका हुन्छन्। तर जति अपेक्षा छ, हामीले सेवा दिन सकेका छैनौं। किनकी हामीसँग सीमित स्रोत–साधन छ। जस्तै अस्पतालमा आएका सबै बिरामीलाई बेड उपलब्ध गराउन सकिँदैन। धेरैलाई हामी फर्काउन बाध्य भइरहेका हुन्छौं। यो पक्षलाई पनि सुधार्न आवश्यक छ।
आन्तरिक प्रशासनिक कुरा सुधार्ने, ओपिडी तथा इमेरजन्सी सेवा–सुविधा दिने नै मुख्य प्राथमिकता हुनेछन्। पूरा विश्वस्त छु, यति पूरा गरेमा धेरै अवस्था सुधार हुनेछ। कम्तीमा १ महिना वा ३ महिनामा आफ्नो कामको समीक्षा प्रस्तुत गर्नेछु।
(बुनु थारुसँगको कुराकानीमा आधारित)