काठमाडौं- क्रिटिकल केयर नर्स एशोसिएसनमा गंगा हुमागाईंको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ।
यसअघि विमला श्रेष्ठ अध्यक्ष रहेको उक्त एशोसिएसनले आगामी कार्यकालका लागि हुमागाईंलाई अध्यक्षको जिम्मेवारी दिएको हो।
कविता सिटौला उपाध्यक्ष, परिश्मा ताम्रकार महासचिव, सविना पाठक ढकाल कोषाध्यक्ष, शर्मिला माली सहसचिव, बरुना पौडेल सहकोषाध्याक्ष, प्रति बादेन डंगोल, गायत्री कुमारी पौडेल, पुजन राजभण्डारी र मेनुका कार्की सदस्य रहेका छन्।