काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ स्वास्थ्य नीति बनाउन आवश्यक प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालयले नयाँ संविधान र संघीय संरचनालाई केन्द्रमा राख्दै नयाँ नीति बनाउन लागेको हो।
मन्त्रालयले नीतिको प्रारम्भिक खाका मस्यौदा तयार पारेको छ। उक्त मस्यौदालाई छलफलमा लगेर मन्त्रालयले नीतिको अन्तिम रुप तयार पार्ने भएको छ।
मन्त्रालयले मस्यौदा सार्वजनिक गर्दै छलफलको प्रक्रिया समेत अगाडि बढाएको छ।
'राष्ट्रिय स्वास्थ्य नीति २०७५ मुलभूत रुपमा नेपालको संविधान, संघिय संरचना र गुणस्तरिय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचवाट निर्देशित छ' मन्त्रालयले सार्वजनिक गरेको नीतिको प्रारम्भिक खाकामा भनिएको छ।
मस्यौदा अनुसार मन्त्रालयले संविधान प्रदत्त नागरिकका स्वास्थ्य सम्बन्धी मौलिक अधिकार सुनिश्चित गर्न देहायका निर्देशक सिद्धान्तहरुका आधारमा यो नीति प्रतिपादन गरेको हो।
क) आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने नागरिकको मौलिक अधिकार
ख) स्वास्थ्य सेवामा समतामूलक पहुँच
ग) संघीय संरचना अनुरुप स्वास्थ्य प्रणालीमा सुधार
घ) नवीन प्रबिधिको प्रयोग तथा गुणस्तरीय स्वास्थ्य सेवा
ङ) वहुक्षेत्रिय साझेदारी तथा सहकार्य
च) स्वास्थ्य सुशासन
नीतिमा सम्पूर्ण नेपाली नागरिक शारिरिक, मानसिक, सामाजिक र भावनात्मक रुपमा स्वस्थ, उत्पादनशील तथा जिम्मेवार भई गुणस्तरिय जीवन यापन गरेका हुने विषयलाई भावी सोचमा राखिएको छ।
मस्यौदामा स्वास्थ्यका प्रमुख २४ वटा नीति राखिएको छ भने त्यस अन्तर्गत प्रत्येक नीतिका रणनीतिहरु छन्।
हेरौं नीतिको प्रारम्भिक मस्यौदा
नीतिहरुः
६.१ सवै नागरिकलाइ निशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ।
६.२ नागरीकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँच ब्यवस्था मिलाइनेछ ।
६.३ सवै नागरीकलाइ आकस्मिक स्वास्थ्य सेवाको पँहुच सुनिश्चित गरिनेछ ।
६.४ स्वास्थ्य सेवालाइ सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको संख्या बृध्दी गर्दै लगिनेछ ।
६.५ प्रर्बधनात्मक, प्रतिकारात्मक, उपचारात्मक स्वास्थ्य सेवाका साथै पुनर्स्थापनात्मक तथा प्रशामक सेवा सहित जनस्वास्थ्य कार्यक्रमलाइ बिकास तथा बिस्तार गरिनेछ।
६.६ स्वास्थ्य क्षेत्रमा राज्यको लगानी अभिबृध्दी गर्दै यस क्षेत्रमा भएको नीजि तथा अन्य लगानीलाइ नियमन र ब्यवस्थापन गरी सेवामुलक बनाइनेछ ।
६.७ नेपालको परम्परागत चिकित्सा पध्दतिको रुपमा रहेको आयुर्वेदिक प्राकृतिक चिकित्सा र होमियोप्याथिक लगायत स्वास्थ्य पध्दतिको संरक्षण र प्रर्बधन गरिनेछ।
६.८ स्वास्थ्य सेवालाइ सर्वसुलभ, प्रभावकारी तथा गुणस्तरिय बनाउन जनसंख्या, भुगोल र संघिय संरचना अनुरुप सीप मिश्रित दक्ष स्वास्थ्य जनशक्तिको बिकास तथा बिस्तार गरिनेछ ।
६.९ सेवा प्रदायक ब्यक्ति तथा संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवालाइ प्रभावकारी, जवाफदेयी र गुणस्तरिय बनाउन स्वास्थ्य ब्यवसायी परिषदहरुको संरचनाको बिकास, बिस्तार तथा सुधार गरिनेछ ।
६.१० गुणस्तरीय औषधी तथा प्रबिधि जन्य स्वास्थ्य सामग्रीहरुको आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्दै, यसको आयात, निकासी पैठारी, उत्पादन, भण्डारण, बिक्रि वितरण, मुल्य निर्धारण तथा अनुसन्धानलाइ वैज्ञानिक तथा ब्यवस्थित बनाइ प्रभावकारी नियमन गरिनेछ ।
६.११ सरुवा रोग, पशुपंक्षी संर्सग, किटजन्य रोग, जलवायु परिवर्तन तथा अन्य विविध कारणजन्य रोग तथा महामारी नियन्त्रण लगायत जनस्वास्थ्य बिपद ब्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्यको एकिकृत उपायहरु अवलम्बन गरिनेछ ।
६.१२ नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि ब्यक्ति, परिवार र समाजलाइ पनि जिम्मेवार बनाउँदै एकिकृत स्वास्थ्य पद्धतिको बिकास तथा बिस्तार गरिनेछ।
६.१३ पोषणको अवस्थालाइ सुधार गर्न गुणस्तरिय एवं स्वास्थ्यबर्धक खाद्यपदार्थको प्रर्बधन, उत्पादन, प्रयोग र पहुँचलाई बिस्तार गरिनेछ ।
६.१४ स्वास्थ्य अनुसन्धानलाइ अन्तराष्ट्रिय मापदण्ड अनुरुप बनाउदै अनुषन्धानबाट प्राप्त प्रमाण र अभ्यासलाई नीति निर्माण, योजना तर्जुमा तथा स्वास्थ्य पद्धतिको बिकासमा प्रभावकारी उपयोग गरिनेछ ।
६.१५ स्वास्थ्य सम्बन्धि सूचना ब्यवस्थापनलाई गुणस्तरिय, एकरुपता तथा प्रविधिमैत्री बनाइ एकिकृत स्वास्थ्य सूचना प्रणालिको बिकास गरिनेछ ।
६.१६ स्वास्थ्य सम्बन्धि सूचनाको हक तथा सेवाग्राहीले उपचार संम्बन्धि जानकारी पाउने हकको प्रत्याभूति गरिनेछ ।
६.१७ मानसिक स्वास्थ्य, मुख, आँखा, नाक कान लगायत अन्य बिशिष्टिकृत स्वास्थ्य सेवालाइ सवै तहमा बिकास तथा बिस्तार गरिनेछ ।
६.१८ सवै तह र प्रकारका स्वास्थ्य संस्थाहरुमा प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गरिनेछ ।
६.१९ स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्न नीतिगत, संस्थागत तथा ब्यवस्थापकिय सुधार गरिनेछ।
६.२० जिवन पथको अवधारणा अनुरुप सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाइ सुनिश्चित गरिनेछ ।
६.२१ गुणस्तरिय स्वास्थ्य सेवामा सवैको सहज सुलभ र समान पहुँच सुनिश्चित हुनेछ ।
६.२२ नागरीकलाइ स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिबृध्दि गरिनेछ ।
६.२३ नेपालको क्षमता र आवश्यक्ताका आधारमा जनसँख्या ब्यवस्थापनका लागि परिवार नियोजनलाइ प्रोत्साहित गर्दै मातृशिशु मृत्युदर घटाइ औषत आयू बढाइनेछ ।
६.२४ विदेश गएका तथा विदेशबाट फर्कि आएका नेपाली नागरीकहरुको स्वास्थ्य सूरक्षा तथा प्रर्वधनबाट आप्रावासनसँग सम्बन्धित जनस्वास्थ्यका जोखिमहरुलाइ कम गरिने उपायहरु अवलम्बन गरिनेछ।
प्रत्येक नीति अन्तर्गत प्रमुख रणनीतिहरुः
सि.नं. नीति तथा रणनीतिहरुः
६.१ सवै नागरिकलाइ निशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ।
६.१.१ आधारभूत स्वास्थ्य सेवाहरु स्वास्थ्य संस्थाहरुबाट निःशुल्क उपलब्ध गराइनेछ ।
६.१.२ नेपाल सरकारले श्रोत साधन ब्यवस्था गरी स्थानिय तह मार्फत आधारभूत स्वास्थ्य सेवा प्रवाहको ब्यवस्था गर्नेछ । प्रदेश सरकार तथा स्थानिय तहले आवश्यकता अनुसार तोकिएका आधारभूत स्वास्थ्य सेवामा थप सेवाहरु तथा कार्यक्रम समावेश गर्न सक्नेछन। थप गरिएका सेवाहरुको ब्ययभार सम्बन्धित सरकारले ब्यहोर्नेछ ।
६.१.३ आधारभूत स्वास्थ्य सेवालाइ प्रभावकारी बनाउन प्रदेश तथा स्थानिय तहबाट आवश्यकता अनुसार नीतिगत, कानुनी तथा संस्थागत ब्यवस्था गरिनेछ ।
६.२ नागरीकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँच ब्यवस्था मिलाइनेछ।
६.२.१ आधारभूत स्वास्थ्य सेवाले नसमेटेका सवै प्रकारका रोगहरुको उपचारात्मक सेवालाई स्वास्थ्य बिमासँग आबध्द गर्दै सुदृढ गरिदै लगिनेछ ।
६.२.२ सामाजिक न्यायका सिध्दान्तमा आधारीत रही बिपन्न तथा प्राथमिकतामा परेका लक्षित वर्गलाई राज्यको सहुलियतमा स्वास्थ्य बिमामा आबध्द गरिनेछ ।
६.२.३ औपचारीक क्षेत्रलाइ अनिवार्य स्वास्थ्य बिमाको दायरामा ल्याउदै सवै नागरीकलाइ स्वास्थ्य बिमामा आबध्द गरिनेछ।
६.२.४ सामाजिक स्वास्थ्य सुरक्षाका सेवाहरु एकद्वार रुपमा प्रवाह गरिनेछ।
सवै नागरीकलाइ आकस्मिक स्वास्थ्य सेवाको पँहुच सुनिश्चित गरिनेछ ।
६.३.१ तोकिए बमोजिमका आकस्मिक स्वास्थ्य सेवा सवै तहका स्वास्थ्य संस्थाहरुबाट नियमित प्रवाह हुने तथा दोहोरो प्रेषणको ब्यवस्था मिलाइनेछ ।
६.३.२ प्रमुख लोकमार्गहरुमा ट्रमा केन्द्र र सेवाको सञ्जाल निर्माण गरी शीघ्र उपचारको ब्यवस्था मिलाइनेछ ।
६.३.३ निर्धारित मापदण्ड तथा वर्गीकरण अनुरुप एम्बुलेन्स सेवा उपलब्ध हुने गरी प्रत्येक स्थानिय तहमा न्युनतम एउटा एम्बुलेन्स ब्यवस्था गरिनेछ।
६.३.४ अति दुर्गम स्थानमा रहि स्वास्थ्य संकटमा रहेकालाई निर्धारित मापदण्डको आधारमा हवाइ उध्दारको ब्यवस्था गरिने । हवाइ एम्बुलेन्स सेवाको बिकास गरिनेछ।
६.३.५ आकस्मिक स्वास्थ्य उपचार कोषको ब्यवस्था गरी तोकिए बमोजिम कोष परिचालन गरिनेछ।
६.४ स्वास्थ्य सेवालाइ सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको संख्या बृध्दी गर्दै लगिनेछ ।
६.४.१ स्वास्थ्य प्रणालीलाई संघिय संरचना अनुरुप सुदृढ गर्नका लागि आवश्यक कानुनी तथा संस्थागत ब्यवस्था गरि लागु गरिनेछ ।
६.४.२ स्वास्थ्य प्रणालीलाइ संघिय संरचनाको तहगत जिम्मेबारी अनुरुप संघ, प्रदेश र स्थानिय तहमा आधुनिकिकरण, बिकास तथा बिस्तार गरिनेछ । जनसंख्याको बितरण, भौगोलिक अवस्थिति एवं आवश्यकताको आधारमा, संघ, प्रदेश तथा स्थानिय तहमा अस्पताल तथा स्वास्थ्य संस्थाहरु, स्वास्थ्य सेवा तथा जनशक्तिको बिकास तथा बिस्तार गरिनेछ । हरेक वडामा कम्तिमा १ चिकित्सक तथा १ दक्ष प्रसूतिकर्मीसहितको आधारभूत स्वास्थ्य सेवा केन्द्र, हरेक स्थानिय तहमा कम्तिमा १ प्राथमिक अस्पताल, हरेक जिल्लामा १दितिय तहको प्रादेशिक अस्पताल तथा हरेक प्रदेशमा कम्तिमा १ तृतिय तहको अस्पताल तथा १ स्वास्थ्य विज्ञान प्रतिष्ठान रहने गरी स्वास्थ्य संस्थाहरुको बिकास तथा बिस्तार गरिनेछ । संघ अन्तर्गत अति विशिस्ट तहको अस्पतालहरुको बिकास तथा बिस्तार गरिनेछ।
६.४.३ प्रदेश तथा स्थानिय तहले स्थानिय स्तरका विशिस्ट स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न उपलब्ध साधन श्रोतको परिचालन गरी उपयुक्त स्वास्थ्य नीति, रणनीति तथा कार्यक्रम अवलम्बन गर्न सक्नेछ।
६.४.४ स्वास्थ्य सेवालाई ब्यवस्थित बनाउन समुदाय स्तर देखी अति विशिष्ट सेवा प्रदायक संस्थाहरुसम्म दोहोरो प्रेषण प्रणाली प्रभावकारी रुपमा कार्यान्यन गरिनेछ ।
६.४.५ इ-हेल्थलाइ संस्थागत गर्दै मोबाइल हेल्थ, टेलीमेडिसिन लगायत अन्य आधुनिक प्रविधिको बिकास, बिस्तार तथा नियमन गरिनेछ।
६.४.६ निदानात्मक सेवालाइ आधुनिक एवं प्रविधिमैत्री बनाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई अन्तराष्ट्रिय मापदण्ड अनुरुप सुदृढीकरण गरीनेछ । प्रत्येक प्रदेशमा १ रिफरेन्स प्रयोगशाला स्थापना गरिनेछ।
६.४.७ बिभिन्न तहका स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवाहरु अनुरुप आवश्यक पूर्वाधार, औजार, उपकरण परिभाषित गरी नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड कार्यान्वयन गरिनेछ ।
६.४.८ रक्त सञ्चार सेवाको संस्थागत बिकास तथा बिस्तार गरिनेछ ।
६.४.९ सार्वजनिक नीजि साझेदारी गर्दै स्वंयसेवी रक्तदान मार्फत सुरक्षित रगत तथा रक्तजन्य पदार्थहरुको उपलब्धता सुनिश्चित गरिनेछ।
६.४.१० मानव अंग प्रत्यारोपण तथा अँगदान सेवालाइ ब्यवस्थित गरी बिकास तथा बिस्तार गरिनेछ ।
६.४.११ मेडिकोलिगल सेवालाई बिकास, बिस्तार तथा ब्यवस्थित गरिनेछ।
६.४.१२ घर स्वास्थ्य सेवा र बिभिन्न संस्थाले दिने स्वास्थ्य सेवालाई ब्यवस्थित र नियमित गरिनेछ।
६.४.१३ स्वास्थ्य सेवालाइ गुणस्तरीय तथा लागत प्रभावकारी बनाउन उपयुक्त प्रविधिको छनौट गरि आधुनिकिकरण गरिनेछ।
६.५ प्रर्बधनात्मक, प्रतिकारात्मक, उपचारात्मक स्वास्थ्य सेवाका साथै पुनर्स्थापनात्मक तथा प्रशामक सेवा सहित जनस्वास्थ्य कार्यक्रमलाइ बिकास तथा बिस्तार गरिनेछ।
६.५.१ समुदायको सहभागिता सुनिश्चित गर्दै स्वस्थ रहन नागरीकको जिम्मेवारीलाइ स्वास्थ्य सचेतना मार्फत स्वस्थ जीवनशैली प्रर्बधन गरिनेछ ।
६.५.२ विद्यालय स्वास्थ्य कार्यक्रमलाइ शिक्षा क्षेत्रसँगको समन्वयमा क्रमशः बिस्तार गर्दै उच्च माध्यमिक विद्यालयसम्म प्रत्येक विद्यालयमा न्युनतम १ जना स्वास्थ्य जनशक्ति उपलब्ध हुने गरी विद्यालयमा जनस्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
६.५.३ रोगको प्रकोप तथा लागत प्रभावकारीताको आधारमा समयानुकुल खोप सेवाहरु अवलम्बन गरिनेछ । लक्षित वर्गको खोप पाउने अधिकार सुनिश्चित गर्दै सम्बन्धित ब्यक्तिले खोप सेवा अनिवार्य रुपमा लिनु पर्ने ब्यवस्था गरिनेछ।
६.५.४ विभिन्न समुहमा हुन सक्ने स्वास्थ्य जोखिमहरु सिघ्र पहिचान गर्न नियमित रुपमा स्वास्थ्य परिक्षण (Screening) गर्ने ब्यवस्था गरिनेछ।
६.५.५ नीजि तथा गैर सरकारी संस्थालाई समेत प्रोत्साहित गर्दै संघ, प्रदेश तथा स्थानिय तहमा पुनस्थापना तथा प्रशामक सेवा केन्द्र स्थापना गरिनेछ।
६.५.६ स्थानिय स्वास्थ्य आवश्यकता र ब्यवहारलाई सम्बोधन गर्न स्वास्थ्य सम्बन्धि सन्देश र समाग्री उत्पादन, प्रशारण र सम्प्रेषणलाई वैज्ञानिक, ब्यवस्थित र प्रभावकारी बनाउदै यसको नियमन गरिनेछ ।
६.५.७ वातावरण, सरसफाइ, खानेपानी, खाद्य पदार्थ लगायतका विषयहरुमा सम्बन्धित सरोकारवालासँगको समन्वयमा निगरानी प्रणाली लागु गरिनेछ।
६.५.८ जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकुल प्रभावको पहिचान गरी रोकथाम गर्न तथा जोखिम न्यूनीकरण गर्न तोकिएका उद्योग, ब्यवसाय तथा आयोजनाको जनस्वास्थ्य प्रभाव मुल्यांकनको लागि मापदण्ड, संयन्त्र तथा तहगत कार्यक्षेत्रको निर्धारण गरिनेछ ।
६.५.९ स्वास्थ्यको सामाजिक निर्धारकहरुलाई सम्बोधन गर्ने गरी राज्य संरचनाको सवै तहहरुमा बहुक्षेत्रिय सहकार्य र सहयोगलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्दै अन्य क्षेत्रका नीतिहरुमा स्वास्थ्य नीति तथा योजनामा समावेश गर्न प्रोत्साहन तथा पैरवी गरिनेछ ।
६.६ स्वास्थ्य क्षेत्रमा राज्यको लगानी अभिबृध्दी गर्दै यस क्षेत्रमा भएको नीजि तथा अन्य लगानीलाइ नियमन र ब्यवस्थापन गरी सेवामुलक बनाइनेछ ।
६.६.१ स्वास्थ्य क्षेत्रलाइ सेवामुलक बनाउन सरकारी, नीजि तथा गैरसरकारी क्षेत्रबीचको सहकार्य तथा साझेदारीलाई प्रर्बधन, ब्यवस्थापन तथा नियमन गरिनेछ ।
६.६.२ निश्चित उद्देश्य प्राप्तीका लागि, लक्षित समुह तथा क्षेत्रमा स्वास्थ्य सेवा सुनिश्चित गर्न मापदण्डका आधारमा नीजि तथा गैरसरकारी संघ संस्थासँग साझेदारी गरिनेछ ।
६.६.३ नीजि क्षेत्रको ब्यवसायीकता, कार्यकुशलता, उद्यमशिलता, प्राविधिक दक्षता एवं वित्तिय श्रोतलाई स्वास्थ्य सेवाको बिकास तथा बिस्तारमा उपयोग गर्दै, सामाजिक उत्तरदायीत्व अभिबृध्दि गरिनेछ ।
६.६.४ गुणस्तरिय स्वास्थ्य सेवाको सर्ब सूलभ पहुँच सुनिश्चित गर्न सबै तह र प्रकारका स्वास्थ्य संस्थाहरुबाट दिईने स्वास्थ्य सेवाको बर्गिकृत सुबिधाका आधारमा शुल्क निर्धारण गरिनेछ ।
६.६.५ नीजि तथा गैर सरकारी क्षेत्रका स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवाको नियमित प्रतिवेदनलाई अनिवार्य गर्दै प्रभावकारी अनुगमन तथा नियमन गरिनेछ ।
६.६.६ विशिष्ट स्वास्थ्य सेवाको बिकास गर्दै सरकारी, नीजि र गैरसरकारी क्षेत्र बीच सहकार्य गरी स्वास्थ्य पर्यटनको प्रर्बधन गरिनेछ ।
६.६.७ स्वास्थ्य सेवामा स्वास्थ्य स्वंयसेवकको अवधारणालाई बिकास गर्दै महिला स्वास्थ्य स्वंयसेविकाको परिचालन तथा ब्यवस्थापन स्थानिय तहबाट गरिनेछ ।
६.७ नेपालको परम्परागत चिकित्सा पध्दतिको रुपमा रहेको आयुर्वेदिक प्राकृतिक चिकित्सा र होमियोप्याथिक लगायत स्वास्थ्य पध्दतिको संरक्षण र प्रर्बधन गरिनेछ।
६.७.१ संघिय संरचना अनुरुप आर्यूवेद चिकित्सा सम्बन्धि तहगत संस्थाहरुको योजनाबध्द बिकाश तथा विस्तार गरिनेछ।
६.७.२ प्राकृतिक चिकित्सा पध्दतिको बिकाश तथा विस्तार गरिनेछ।
६.७.३ होमियोप्याथिक चिकित्सा पध्दतिको बिकास तथा बिस्तार गरिनेछ ।
६.७.४ स्थानीय स्तरमा उपलब्ध औषधिजन्य जडिबुटी, खनिज एवम जान्तब द्रब्यको पहिचान, संरक्षण, संकलन, उत्पादनलाइ प्रबर्दन गर्दै आयुर्वेद चिकित्सामा आधिकारिक अनुसन्धान तथा सदुपयोग गरि आत्मनिर्भता अभिबृध्दि गरिनेछ ।
६.७.५ प्रचलित तथा परम्परागत चिकित्सा सेवाहरुलाई निश्चित मापदण्डका आधारमा सूचिकृत, ब्यवस्थित तथा नियमन गरिनेछ।
६.७.६ आयुर्वेद, पंचकर्म, योग र प्राकृतिक चिकित्साको विशिस्ठ सेवा सहितको राष्ट्रिय आयुर्वेद, योग तथा पंचकर्म केन्द्रको स्थापना गरि आयुर्वेद क्षेत्रलाई स्वास्थ्य पर्यटनमा टेवा पुर्याउने गरि क्रमसः संघिय संरचना बमोजिम विस्तार गर्दै लगिनेछ ।
६.८ स्वास्थ्य सेवालाइ सर्वसुलभ, प्रभावकारी तथा गुणस्तरिय बनाउन जनसंख्या, भुगोल र संघिय संरचना अनुरुप सीप मिश्रित दक्ष स्वास्थ्य जनशक्तिको बिकास तथा बिस्तार गरिनेछ ।
६.८.१ संघिय संरचना अनुरुप अल्पकालीन तथा दीर्घकालीन योजना बनाइ आवश्यक स्वास्थ्य जनशक्तिको प्राप्ती, बिकास तथा उपयोग गरिनेछ ।
६.८.२ जनसंख्या तथा स्थानिय आवश्यकताको आधारमा स्वास्थ्य सेवाको प्रत्याभूति गर्न सीप मिश्रित हुने गरी दरवन्दी सृजना गरिनेछ ।
६.८.३ सम्बन्धित निकायहरुको सहकार्यमा एकिकृत राष्ट्रिय पाठ्यक्रम तयार गरी सबै तहका लागि आवश्यकता बमोजिमका स्वास्थ्य जनशक्ति उत्पादन गरिनेछ ।
६.८.४ आर्थिक सुबिधा, अवसर र सरुवा प्रणालीलाई पारदर्शी र ब्यवस्थित बनाउँदै दक्ष जनशक्तिलाई स्वदेशमै सेवा गर्न प्रोत्साहित गरी सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य जनशक्तिको निरन्तर उपलब्धता सुनिश्चित गरिनेछ।
६.८.५ स्वास्थ्य जनशक्तिहरुको क्षमता अभिबृध्दिका लागि उच्च शिक्षा अध्ययन, सेवा कालिन तालिम, निरन्तर पेशागत तालिम, पेशागत बृध्दि बिकासका लागि स्पष्ट मार्ग तथा अवसर प्रदान गर्नुका साथै पेशागत अनुसन्धानलाई प्रोत्साहन तथा प्रर्बधन गरिनेछ ।
६.८.६ गुणस्तरिय स्वास्थ्य सेवाको लागि समयानुकुल विविध विधामा बिशीष्टिकृत जनशक्ति उत्पादनका लागि आवश्यक प्रबन्ध गरिनेछ ।
६.८.७ स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको बिकास तथा बिस्तारको लागि एकिकृत छाता ऐन बनाइ कार्यान्वयन गरिनेछ।
६.८.८ सवै तह र प्रकार स्वास्थ्य संस्था तथा जनशक्तिहरुको वैज्ञानीक अभिलेखीकरण गरी नियमित अद्यावधिक गरिनेछ ।
६.९ सेवा प्रदायक ब्यक्ति तथा संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवालाइ प्रभावकारी, जवाफदेयी र गुणस्तरिय बनाउन स्वास्थ्य ब्यवसायी परिषदहरुको संरचनाको बिकास, बिस्तार तथा सुधार गरिनेछ ।
६.९.१ स्वास्थ्य सम्बन्धि ब्यवसायीक परिषदहरुलाई एकिकृत छाता एन बनाइ संघिय ढाँचा अनुरुप बिकास तथा प्रदेश तहमा बिस्तार गरिनेछ ।
६.९.२ स्वास्थ्य सम्बन्धि परिषदहरुको संस्थागत तथा प्राविधिक क्षमता अभिबृध्दि गरिनेछ।
६.९.३ सेवाग्राहीको स्वास्थ्य प्रति सेवा प्रदायकलाइ उत्तरदायी तथा ब्यवसायीक बनाउन आचारसंहिताको पालनालाई सुनिश्चित गरिनेछ ।
६.९.४ स्वास्थ्यकर्मीलाई आफ्नो कार्य र सेवाप्रति जवाफदेयी बनाईनेछ।
६.१० गुणस्तरीय औषधी तथा प्रबिधि जन्य स्वास्थ्य सामग्रीहरुको आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्दै, यसको आयात, निकासी पैठारी, उत्पादन, भण्डारण, बिक्रि वितरण, मुल्य निर्धारण तथा अनुसन्धानलाइ वैज्ञानिक तथा ब्यवस्थित बनाइ प्रभावकारी नियमन गरिनेछ।
६.१०.१ औषधी, उपकरण र प्रबिधिजन्य स्वास्थ्य सामग्रीहरुको मुल्य र गुणस्तर निर्धारण्, ब्यवस्थापन तथा नियमनका लागि औषधि व्यवस्था विभागलाई संघिय ढाँचा अनुरुप संरचना बिकास तथा विस्तार गरिनेछ।
६.१०.२ अत्यावश्यक औषधिहरुको सूचिलाइ निश्चित मापदण्डको आधारमा समयानुकुल परिमार्जन गरिनेछ।
६.१०.३ अत्यावश्यक औषधी तथा प्रबिधिजन्य स्वास्थ्य सामग्रीको राष्ट्रिय उत्पादन तथा प्रयोगलाइ प्रोत्साहित गरी आत्मनिर्भरता बढाइनेछ ।
६.१०.४ आन्तरिक उत्पादन हुने वा आयात गरिने औषधी वा औषधीजन्य सामाग्रीहरुको राष्ट्रिय मापदण्ड अनुरुप गुणस्तर सुनिश्चित गर्न राष्ट्रिय औषधी प्रयोगशालाको बिकास तथा बिस्तार गरिनेछ ।
६.१०.५ औषधी तथा औषधीजन्य सामाग्रीहरुको स्पेशिफिकेशन तयार गरी खरीद, ढुवानी, भण्डारण तथा बिक्रि, बितरण तथा समुचित प्रयोगको पद्धतिलाई प्रभावकारी तथा ब्यवस्थित बनाइनेछ ।
६.१०.६ निश्चित कार्यविधि र मापदण्डको बिकास गरी अन्तराष्ट्रिय, राष्ट्रिय तथा स्थानिय सरकारी, गैरसरकारी तथा नीजि निकायबाट प्राप्त हुने औषधी, विषादी, उपकरण र औषधीजन्य समाग्रीहरु ग्रहण तथा उपयोग गरिनेछ।
६.१०.७ राष्ट्रिय औषधीय सतर्कता (Pharmacovigilance) कार्यलाई सबै तहमा विस्तार गरि प्रभावकारी बनाइनेछ।
६.१०.८ प्रतिजैविक प्रतिरोधलाइ (Antimicrobial Resistance) सम्बोधन गर्न निगरानी तथा अनुसन्धानलाइ सुदृढ बनाउदै पशुपंक्षी, कृषी, खाद्य लगायतका क्षेत्रसँगको समन्वयमा निरोधात्मक,रोकथामका उपायहरु अवलम्बन गरिनेछ।
६.१०.९ नँया औषधिको अनुसन्धान तथा विकासलाइ प्रर्बधन गरिनेछ ।
६.१०.१० आयूर्वेदिक औषधी तथा जडिबुटी जन्य सामाग्रीको गुणस्तर सुनिश्चितताका लागि प्रभावकारी नियमनको ब्यवस्था मिलाइनेछ ।
६.११ सरुवा रोग, पशुपंक्षी संर्सग, किटजन्य रोग, जलवायु परिवर्तन तथा अन्य विविध कारणजन्य रोग तथा महामारी नियन्त्रण लगायत जनस्वास्थ्य बिपद ब्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्यको एकिकृत उपायहरु अवलम्बन गरिनेछ।
६.११.१ संघ तहमा एक एकिकृत निकायको स्थापना गरि क्षयरोग, एचआइभि/एड्स तथा औलो लगायत सरुवा रोगहरुको अध्ययन, अनुसन्धान, निगरानी, रोकथाम, नियन्त्रण्, निवारण उन्मुलन तथा नियमन गरिनेछ।
६.११.२ सूचिकृत रोगहरुको नोटीफिकेसन पध्दति बिकास गरी कार्यान्वयन गरिनेछ ।
६.११.३ अन्तराष्ट्रिय स्वास्थ्य नियमन २००५ अनुरुप रोगहरुलाई क्रमशः नियन्त्रण, निवारण तथा उन्मुलन गर्नको लागि संघ, प्रदेश तथा स्थानिय तहमा क्षमता तथा संयन्त्रको बिकास गरिनेछ।
६.११.४ वातावरण र स्वास्थ्यमैत्री प्रविधिलाइ प्रोत्साहन गर्दै स्वास्थ्य संस्थाजन्य फोहरमैलाको ब्यवस्थापन तथा बिसर्जन सम्बन्धि निर्देशिका तथा मापदण्डलाई प्रभावकारी कार्यान्वयन गरिनेछ ।
६.११.५ घरायसी तथा समुदायजन्य फोहरमैला ब्यवस्थापन तथा वातावरणीय सरसफाइलाई प्रर्बधन गर्न समन्वय तथा पैरवी गरिनेछ ।
६.११.६ जलवायू परिवर्तनका कारणले स्वास्थ्यमा पर्ने प्रतिकुल असर न्यूनिकरणका कार्यक्रमहरु परिमार्जन तथा बिकास गरी सरोकारवाला निकायहरुसँग सहकार्य तथा समन्वय गरिनेछ।
६.११.७ बिपद तथा महामारीको तत्काल सम्बोधन गर्नको लागि सवै तहमा संयन्त्रको स्थापना, क्षमता बिकास, प्रतिकार्य योजना तथा पूर्वतयारी गरिनेछ।
६.११.८ बिपद ब्यवस्थापन, जोखिम न्युनिकरण, स्वास्थ्य प्रर्बधन लगायत समग्र स्वास्थ्य सेवामा नागरीक र समुदायको सहभागीता र योगदानलाई प्रोत्साहित गरिनेछ।
६.१२ नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि ब्यक्ति, परिवार र समाजलाइ पनि जिम्मेवार बनाउँदै एकिकृत स्वास्थ्य पद्धतिको बिकास तथा बिस्तार गरिनेछ।
६.१२.१ सवै तहका स्वास्थ्य संस्थाहरु मार्फत स्वस्थ जीवनशैली प्रर्बधन गर्ने कार्यक्रमहरुको बिकास तथा बिस्तार गरिनेछ।
६.१२.२ खानेपानी, वातावरणीय सरसफाइ, खाद्य सुरक्षा, शिक्षा लगायतका विषयहरु सम्बन्धि निकायहरुसँग स्वास्थ्य प्रर्बधनका लागि बहुक्षेत्रिय समन्वयलाई सुदृढ गरिनेछ ।
६.१२.३ ब्यवसायको कारण स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असर तथा जोखिम न्युनिकरण गर्न ब्यवसायीहरुको कार्यस्थल सुरक्षित र स्वस्थकर बनाउन बहुक्षेत्रिय साझेदारी गदै मापदण्डको बिकास गरी लागु गरिनेछ ।
६.१२.४ आनुबांशिक रोगहरुको रोकथाम तथा उपचारको लागि उपयुक्त पध्दतिको बिकास गरिनेछ।
६.१२.५ मानव स्वास्थ्यलाई हानी गर्ने प्रशोधित तथा तयारी खाद्यपदार्थहरुलाई निरुत्साहित गर्दै खाद्यपदार्थको उत्पादन, भण्डारण, प्रशोधन तथा बिक्रि बितरणको क्रममा स्वास्थ्यलाई प्रतिकुल असर पर्ने खालका रासायनिक पदार्थ, विषादी तथा अखाद्यवस्तुहरुको मिसावट र प्रयोगलाई नियन्त्रण तथा नियमन गरिनेछ।
६.१२.६ बहुक्षेत्रिय समन्वय गरी लागु पदार्थको नियन्त्रण तथा मदिराको प्रयोगलाई निरुत्साहित गरिने तथा सूर्तीजन्य पदार्थको बिक्रि, बितरण तथा प्रयोगको प्रभावकारी नियमन गरिनेछ।
६.१२.७ सडक दुर्घटना लगायत अन्य प्रकोप (आगलागी, चट्यांग, लगायत) रोकथामको लागि जनस्वास्थ्य प्रर्बधन कार्यक्रमका साथै संरचनात्मक ब्यवस्था गरिनेछ ।
६.१२.८ सवै किसिमका वातावरणीय प्रदुषण तथा बिकास निर्माणको कारणले जनस्वास्थ्यमा हुने नकारात्मक प्रभाव न्युनिकरण लागि (साइकल लेन, पार्कको निर्माण लगायत) सरोकारवाला निकायहरुसँग समन्वय तथा पैरवी गरिनेछ ।
६.१३ पोषणको अवस्थालाइ सुधार गर्न गुणस्तरिय एवं स्वास्थ्यबर्धक खाद्यपदार्थको प्रर्बधन, उत्पादन, प्रयोग र पहुँचलाई बिस्तार गरिनेछ ।
६.१३.१ बहुक्षेत्रिय पोषण सम्बन्धि नीति तथा खाद्य सुरक्षा लगायतका कार्यक्रमहरु अध्यावधिक गर्दै पोषण संवेदनशिल तथा पोषण बिशेष कार्यक्रमहरु उच्च प्राथमिकताका साथ लागु गरिनेछ।
६.१३.२ महिला तथा बालबालिका लगायत विभिन्न उमेर समुहको शुक्ष्म पोषण अवस्था सुधारको लागि खाद्य विविधिकरण तथा सन्तुलित आहार उपभोगमा जोड दिदै सवै तहमा अल्पकालिन, मध्यकालिन र दीर्घकालिन उपायहरु अबलम्वन गरिनेछ।
६.१३.३ विद्यालय स्वास्थ्य कार्यक्रम र पोषण शिक्षालाई सुदृढीकरण गर्दै कार्यक्रम बिकास तथा सञ्चालन गरिनेछ।
६.१३.४ विभिन्न पोषिलो तथा स्वास्थ्यबर्धक खाद्यपदार्थहरुको उपभोगलाई प्रोत्साहन गर्दै, करेसावारी लगायतका घरायसी उत्पादनलाई प्रर्बधन गरिनेछ।
६.१४ स्वास्थ्य अनुसन्धानलाइ अन्तराष्ट्रिय मापदण्ड अनुरुप बनाउदै अनुषन्धानबाट प्राप्त प्रमाण र अभ्यासलाई नीति निर्माण, योजना तर्जुमा तथा स्वास्थ्य पद्धतिको बिकासमा प्रभावकारी उपयोग गरिनेछ ।
६.१४.१ नेपाल स्वास्थ्य अनुसन्धान परिषदको संस्थागत संरचना, क्षमता तथा कार्यक्षेत्रलाई समयानुकुल परिमार्जन, बिकास तथा संघिय संरचना अनुरुप बिस्तार गरी अन्तराष्ट्रिय मापदण्ड अनुरुप बनाइनेछ ।
६.१४.२ स्वास्थ्य अनुसन्धानमा सवै तहको क्षमता बिकास गर्दै प्राज्ञिक तथा शैक्षिक संस्थाहरुको समन्वयमा स्वास्थ्य अनुसन्धानकर्ता तथा प्राविधिक जनशक्तिलाई अनुसन्धानमा प्रेरित गरिनेछ ।
६.१४.३ तथ्य, प्रतिवेदन तथा निश्कर्षहरुलाई नीति निमार्ण, योजना तर्जुमा तथा स्वास्थ्य पद्धतिको बिकास तथा बिस्तारमा प्रयोग गरिनेछ ।
६.१४.४ सबै क्षेत्र तथा निकायबाट गरिने स्वास्थ्य अनुसन्धानका नतिजालाई एकीकृत गरि राष्ट्रिय database तयार गरिनेछ ।
६.१४.५ देशमा उपलब्ध औषधीय जडिबुटी, जान्तव, खनिज द्रब्य, आयुर्बेद तथा परम्परागत चिकित्सा सम्बन्धि ग्रन्थ, वांगमय, ज्ञान, सिप आदिको अनुसन्धान गरि बौद्दिक सम्पत्तिको रुपमा अभिलेखीकरण, संरक्षण र सम्बर्दन गरिनेछ ।
६.१५ स्वास्थ्य सम्बन्धि सूचना ब्यवस्थापनलाई गुणस्तरिय, एकरुपता तथा प्रविधिमैत्री बनाइ एकिकृत स्वास्थ्य सूचना प्रणालिको बिकास गरिनेछ।
६.१५.१ संघिय संरचना अनुरुप सवै तह, सवै प्रकारका स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको स्वास्थ्य सूचना प्रणालीलाई एकिकृत रुपमा बिकास तथा ब्यवस्थापन गरिनेछ ।
६.१५.२ स्वास्थ्य सूचना प्रणालीलाई एकिकृत, प्रविधि मैत्री, समयानुकुल र नियमित बनाउदै सवै तहमा सूचना प्रयोगको क्षमता अभिबृद्धि गरिनेछ ।
६.१५.३ स्वास्थ्य सूचना प्रणाली, अनुसन्धान, सर्वेक्षण तथा निगरानीबाट प्राप्त तथ्य तथा सूचनाहरुलाई बिभिन्न तहमा हुने अनुगमन, मुल्यांकन, नीति निर्माण, कार्यक्रम बिकास तथा निर्णय प्रकृयामा उपयोग गरिनेछ।
६.१५.४ स्वास्थ्य सूचनाहरुको सूरक्षाको उपाय अबलम्बन गर्दै सेवाग्राहीको स्वास्थ्य सेवा सम्बन्धि बिवरणको बिधुतिय अभिलेखन (इ रेकर्डिगं) राख्ने ब्यवस्था मिलाइनेछ ।
६.१५.५ स्वास्थ्य क्षेत्रमा विद्यमान निगरानी पद्धतिहरुलाई सुदृढ गर्दै एकिकृत निगरानी पद्धतिको बिकास गरी अवलम्बन गरिनेछ ।
६.१६ स्वास्थ्य सम्बन्धि सूचनाको हक तथा सेवाग्राहीले उपचार संम्बन्धि जानकारी पाउने हकको प्रत्याभूति गरिनेछ ।
६.१६.१ सेवा प्रदायकलाई स्वास्थ्य सूचना प्रवाहमा जिम्मेवार बनाउदै, सूचनामैत्री स्वास्थ्य संस्थाको बिकास गरी स्वास्थ्य सेवा पाउने सेवाग्राहीको सूसुचित मन्जुरी, गोपनियता र सूचनाको हकलाई सुनिश्चित गरिनेछ।
६.१६.२ नागरीकको स्वास्थ्य तथा समाजमा प्रत्यक्ष एवं परोक्ष रुपमा नकारात्मक असर पार्ने खालका सञ्चार सामाग्रीहरुलाई निरुत्साहित तथा नियमन गरिनेछ।
६.१७ मानसिक स्वास्थ्य, मुख, आँखा, नाक कान लगायत अन्य बिशिष्टिकृत स्वास्थ्य सेवालाइ सवै तहमा बिकास तथा बिस्तार गरिनेछ ।
६.१७.१ सार्वजनिक नीजि साझेदारीमा आँखा स्वास्थ्य सेवालाइ बिकास तथा बिस्तार गर्दै यसलाइ केन्द्रीय निकायबाट समन्वय, सहकार्य तथा नियमन गर्नको लागि संघमा एक राli6«य आँखा स्वास्थ्य इकाइ स्थापना गरीनेछ ।
६.१७.२ आँखाको प्राथमिक उपचार सेवालाइ आधारभूत स्वास्थ्य सेवामा एकिकृत गरिनेछ।
६.१७.३ मुख स्वास्थ्य सम्बन्धि रोगहरुको नियन्त्रण तथा उपचार सेवालाई सबै तहमा बिकास तथा बिस्तार गरिनेछ ।
६.१७.४ नाक, कान र घाँटिको उपचार सेवालाई सबै तहमा बिकास तथा बिस्तार गरिनेछ ।
६.१७.५ संस्थागत बिकास तथा बिस्तार गर्दै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवामा सबै नागरीकको पहुँच सुनिश्चित गरिनेछ।
६.१७.६ अन्य बिशिष्टिकृत स्वास्थ्य सेवालाई आवश्यकता अनुसार बिकास तथा बिस्तार गरिनेछ।
६.१८ सवै तह र प्रकारका स्वास्थ्य संस्थाहरुमा प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गरिनेछ ।
६.१८.१ स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चितताको लागि संघ तहमा एक नियमनकारी संयन्त्रको (प्रत्यायन संस्था) स्थापना तथा बिकास गरिनेछ ।
६.१८.२ सवै तहका स्वास्थ्य संस्थाहरुको न्युनतम सेवा मापदण्ड बिकास तथा परिमार्जन गरी लागु गरिनेछ ।
६.१८.३ गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि निर्देशिका, मापदण्ड तथा स्तरीय उपचार बिधि (उपचार प्रोटोकल) हरु परिमार्जन तथा बिकास गरि लागू गरिनेछ ।
६.१८.४ उत्पादन स्थल र वितरणका चरणमा भ्याक्सिन, औषधी, स्वास्थ्य उपकरण, बायोलोजिकल रियजेन्ट लगायत स्वास्थ्य समाग्रीहरुको गुणस्तर परिक्षण कार्यविधि बिकास तथा परिमार्जन गरि लागू गरिनेछ।
६.१८.५ स्वास्थ्य संस्थाको चिकित्सकिय तथा ब्यवस्थापकिय पक्षको परिक्षण गरि सेवाको गुणस्तर तथा संस्थागत क्षमता अभिबृध्दि गरिनेछ ।
६.१८.६ स्वास्थ्य क्षेत्रमा प्रयोग हुने विकिरणजन्य सेवाको प्रभावकारी ब्यवस्थापनका लागि आवश्यक मापदण्ड तर्जुमा गरी लागू गरिनेछ।
६.१९ स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्न नीतिगत, संस्थागत तथा ब्यवस्थापकिय सुधार गरिनेछ।
६.१९.१ स्वास्थ्य सेवालाई पारदर्शी, जवाफदेही एवं जनउत्तरदायी बनाउन स्वास्थ्य सुशासन कार्ययोजना बनाइ लागु गरिनेछ ।
६.१९.२ सेवाग्राहीको उजुरी, गुनासो, सुझावको सुनुवाइ गरी सो को समाधानको लागि आवश्यक संयन्त्र बिकास गरिनेछ।
६.१९.३ स्वास्थ्य सेवा प्रदायक ब्यक्ति र संस्थाको सुरक्षाको लागि प्रचलित कानुनी ब्यवस्थाको समयानुकुल परिमार्जन गरी लागू गरिनेछ।
६.१९.४ सवै तहका स्वास्थ्य संस्थाको स्वास्थ्य सेवा र ब्यवस्थापनको अनुगमन तथा मुल्यांकनको एकिकृत खाका बिकास तथा परिमार्जन गरी लागु गरिनेछ ।
६.१९.५ सवै स्वास्थ्य संस्थाबाट प्रदान गरिएको स्वास्थ्य सेवाको बारेमा सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण गर्ने ब्यवस्था मिलाइनेछ।
६.१९.६ सवै तहमा स्वास्थ्य सेवाको प्रभावकारी ब्यवस्थापनको लागि संस्थागत क्षमता अभिबृध्दि गरिनेछ ।
६.१९.७ समुदायको संस्कृतिलाई समेत मध्येनजर गर्दै स्वास्थ्य सेवालाई सेवाग्राही मैत्री बनाइने तथा उपभोक्ताको हक सुनिश्चित गरिनेछ ।
६.२० जिवन पथको अवधारणा अनुरुप सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाइ सुनिश्चित गरिनेछ ।
६.२०.१ सुरक्षित मातृत्व, परिवार नियोजन लगायत प्रजनन स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्ब सुलभ र पहुँच योग्य बनाईनेछ ।
६.२०.२ मातृशिशु स्वास्थ्य, बालस्वास्थ्य, किशोरकिशोरी स्वास्थ्य लगायत विभिन्न उमेर तथा जोखिम समुह अनुरुपका सेवाहरुको ब्यवस्थापन गरिनेछ ।
६.२०.३ महिला स्वास्थ्यमा प्रभाब पार्ने सामाजिक निर्धारकहरुलाई मध्य नजर गर्दे सरोकारवालाहरुसँगको समन्वयमा बिशेष कार्यक्रमको ब्यवस्था गरिनेछ ।
६.२०.५ कानुन बमोजिम सुरक्षित गर्भपतन सेवालाइ गुणस्तरीय तथा प्रभावकारी बनाइनेछ ।
६.२०.६ बाँझोपना सम्बन्धी स्वास्थ्य सेवालाइ क्रमशः प्रदेश तहमा बिस्तार गरिनेछ ।
६.२१ गुणस्तरिय स्वास्थ्य सेवामा सवैको सहज सुलभ र समान पहुँच सुनिश्चित हुनेछ ।
६.२१.१ विभिन्न उमेर समुह, लिंग, बर्ग, समूह, क्षेत्रका नागरिकलाई प्राथमिकताका दिदै स्वास्थ्यमा सर्बब्यापी तथा समतामुलक पहुँचलाई सुनिश्चित गर्न कोही पनि नछुट्ने ब्यवस्था मिलाइनेछ।
६.२१.२ सिमान्तकृत, आदीबासी, लोपोन्मुख तथा अत्यन्त्र बिपन्न वर्गलाइ विशेस स्वास्थ्य सेवा तथा कार्यक्रम बिकास गरी लागु गरिनेछ ।
६.२१.२ लक्षित समुहको स्वास्थ्य सेवा सहजिकरणको लागि सवै अस्पतालहरुमा सामाजिक सेवा इकाइको ब्यवस्था गरिनेछ ।
६.२२ नागरीकलाइ स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिबृध्दि गरिनेछ ।
६.२२.१ स्वास्थ्य क्षेत्रमा राज्यको लगानीलाई समायुनुकुल अभिबृध्दि गर्दै ब्यक्तिगत खर्चको भार क्रमशः घटाइनेछ ।
६.२२.२ सूर्तीजन्य, मदिराजन्य लगायतका स्वास्थ्यलाई हानी गर्ने खाद्य पदार्थ तथा अन्य पदार्थहरुबाट प्राप्त हुने राजश्वको अधिकतम हिस्सा जनस्वास्थ्य प्रर्बधन लगायतका कार्यक्रममा लगानि गरिनेछ।
६.२२.३ अन्तराष्ट्रिय बिकास साझेदारहरुबाट लिइने आर्थिक सहयोगलाई परिणाम तथा प्राथमिकता निर्धारण गरेर दोहोरोपना नहुने गरी प्रभावकारी परिचालन गरिनेछ।
६.२२.४ स्वास्थ्य क्षेत्रमा हुने लगानी, प्रतिफल तथा गुणस्तरलाइ समेत मध्यनजर गर्दै कार्यक्रमहरुको बिकास बिस्तार तथा समयानुकुल परिमार्जन गरिनेछ ।
६.२३ नेपालको क्षमता र आवश्यक्ताका आधारमा जनसँख्या ब्यवस्थापनका लागि परिवार नियोजनलाइ प्रोत्साहित गर्दै मातृशिशु मृत्युदर घटाइ औषत आयू बढाइनेछ ।
६.२३.१ जनसँख्या ब्यवस्थापनलाइ समग्र बिकासको अभिन्न अंगको रुपमा संस्थागत गरिनेछ।
६.२३.२ जनसाँख्यिक सूचनाको बिश्लेषण गरी स्वास्थ्य कार्यक्रम योजना तर्जुमा तथा बिकासमा उपयोग गरिनेछ।
६.२३.३ मृत्युको कारण परिक्षण गर्ने ब्यवस्थाको बिकास गरि यसलाइ ब्यक्तिगत घटना दर्तासँग आबध्द गरिनेछ।
६.२३.४ बाह्य तथा आन्तरिक बँसाइ सराइ र शहरीकरणको प्रभावबाट स्वास्थ्यमा हुने जोखिमलाइ न्युनिकरण गरिनेछ ।
६.२३.४ जेष्ठ नागरीकको सक्रिय र स्वस्थ जीवनको लागि स्वास्थ्य सेवाको आवश्यक प्रबन्ध गरिनेछ।
६.२३.४ अपांगता भएकाहरुको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न सवै तहमा अपाङ्गता मैत्री संरचना र संयत्र बिकास गरी लागु गरिनेछ ।
६.२४ विदेश गएका तथा विदेशबाट फर्कि आएका नेपाली नागरीकहरुको स्वास्थ्य सूरक्षा तथा प्रर्वधनबाट आप्रावासनसँग सम्बन्धित जनस्वास्थ्यका जोखिमहरुलाइ कम गरिने उपायहरु अवलम्बन गरिनेछ।
६.२४.१ वैदेशिक रोजगारीमा गएका तथा विदेशबाट फर्केका नागरीकहरुको गन्तब्य जानु पूर्व स्वास्थ्य परिक्षण, उनिहरुको परीवारको स्वास्थ्य सुरक्षाका लागि उपायहरु तथा गन्तब्य स्थलमा स्वास्थ्य उपचारको ब्यवस्था गरिनेछ।
६.२४.२ गन्तब्य स्थलमा प्रवासीहरुको स्वास्थ्य सेवाको सुनिश्चितता गर्न आवश्यक संयन्त्र (स्वास्थ्य सहचारी) को सुनिश्चितता गरिनेछ।
६.२४.३ स्वास्थ्य सम्बन्धि जटिल रोगको कारणले विशेष अवस्थामा रहेका प्रवासि नागरीहरुलाइ स्वास्थ्य सेवाको प्रबन्ध गरिनेछ।
६.२४.४ वैदेशिक रोजगारमा जाने नागरीकहरुको स्वास्थ्य सुरक्षाका लागि कार्यविधि बिकास गरी लागु गरिनेछ ।