सुर्खेत- कर्णाली प्रदेश सरकारले मध्यराति ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। राति १२ बज्नै लाग्दा सुरु भएको बजेटमा स्वास्थ्य प्राथमिकतामा परेको छैन।
सुर्खेत प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान १० करोड ५० लाख दिइएको छ। स्वास्थ्य स्यंसेविकाको प्रोत्साहन भत्ता वृद्धि १२ हजार पुर्याइएको छ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको हो।
कुल विनियोजनमध्ये चालूतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार अर्थात् २३.६४ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् ६०.५५ प्रतिशत बजेट विनियोजन भएको छ।
यस्तै, वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख अर्थात् १.८६ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार अर्थात् १३.९५ प्रतिशत विनियोजन गरेको आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले बताए।
यस्तो छ बजेट




