श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,
रामशाहपथ, काठमाडौं।
विषयः सुझाव सम्बन्धमा ।
प्रस्तुत विषयमा मिति २०७७।११।२५ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुचना वमोजिम स्वास्थ्य सेवा ऐन, २०५३ र नियमावली २०५५ मा समसामयिक संशोधन एवं परिमार्जन गरि मस्यौदा तयारका लागि निम्न अनुसारका सुझावहरु पेश गरेको छु।
सुझावहरुः
१. स्वास्थ्य सेवालाई विशिष्टकृत सेवा घोषणा गरि केन्द्र देखी इकाई सम्म सबैलाई संघ मातहत राख्नु पर्दछ।
२. स्वास्थ्य सेवा प्राविधिक सेवा भयकाले संरचना सबै पदगत हुनु पर्दछ।
३. वार्तमान नियमावलीमा सरकारी स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरु आफ्नो वृतिविकासका लागी सरकारी सेवासंग मिल्ने विषयमा पनि आफ्नै लगानी गरि तलव बिनानै अध्ययन विदामा बस्नु पर्ने असान्धर्विक व्यवस्था भएकाले अध्ययन विदामा वस्दा तलव सहितको व्यवस्था कायम गरिनु पर्दछ। साथै सरकारी कोटाबाट अध्ययन विदामा बस्दा तलव र छात्रवृति सहितको हालको व्यवस्थालाई यथावत कायम गरिनु पर्दछ ।
४. नेपाल सरकारले अ.हे.व र अनमी तालिम कार्यक्रम खारेज गरिसकेकाले अब आर्थिक मितव्यिता र प्रभावकारी स्वास्थ्य सेवाका लागी एक जना अ.हे.व र अ.न.मीको दरवन्दी विस्तारै हटाई सोही स्रोतमा थप गरि एक जना मेडिकल अफिसर, स्टाफ नर्ष सहित थप दुई जना ल्याव टेक्निसियन र फर्मासिस्ट साहयकको दरवन्दी कायम गरि हाल जनताको माग बमोजिमको आधारभुत आवश्यकताका लागी प्रत्येक वडामा डाक्टर सहितको एकिकृत स्वास्थ्य सेवा लागु गर्नु पदर्छ।
५. प्राथमिक स्वास्थ्य सेवाको सिद्धान्त अनुसार हाल राज्यले स्वास्थ्यचौकी स्तरबाट दिन अंगिकार गरेको आधारभुत प्राथमिक स्वास्थ्य सेवाका अतिरिक्त जनताको माग इच्छा र आकांक्षालाई सम्बोधन गर्न स्वास्थ्य चौकीबाट दिदै आएको सेवामा थप
• प्रयोगशाला सेवा
• इ.सि.जी सेवा
• X-ray सेवा
• चिकित्सकीय सेवा
• फार्मेसी सेवा
• मोबाईल भिडियो एक्स रे (USG) सेवाको व्यवस्थापन गर्नु पर्दछ।
६. समुदायहरुमा बड्दो नसर्ने रोगहरुले व्यापकरुपमा प्रकोप जमाई राखेकाले उक्त जटिल अवस्था लाई नियन्त्रण गर्न प्रत्यक स्वास्थ्य चौकीको दरवन्दी संसोधन गरि निम्ना अनुसारको दरवन्दी कायम गरिनु पर्दछ।
१. मेडिक अफिसर-१
२. हे.अ -१
३. स्टाफ नर्स -१
४. ल्याब टेक्निसियन -१
५. फर्मासिस्ट साहयक-१
६. रेडियोग्राफर -१
७. अ.हे.व -१
८. अ.न.मि-१
९. कार्यलय सहयोगी-१
नोटः
• मेडिक अफिसर आवश्यक नहुने वडा लाई A र B क्याटेगोरिमा छुट्याउनु पर्दछ र सोही बमोजिम दरवन्दी कायम गर्नु पर्दछ ।
७. १९७८ मा अल्मा अटाबाट घोषित प्राथमिक स्वास्थ्य सेवाको ८ वटा अंग मध्य पहिलो अंग स्वास्थ्य शिक्षालाई जुन महत्व दिईएको छ, साथै अमेरिका लगायत भारतमा पनि PHC, CHC, जिल्ला अस्पताल, मेडिकल कलेज, र अन्य अस्पतालहरुमा पनि स्वास्थ्य शिक्षा अधिकृतको दरवन्दी राखि प्रभावकारी स्वास्थ्य शिक्षा कार्यक्रम चलाई राखेको छ। नेपालको सन्धर्भमा त्यो कार्यक्रम धेरै फितलो रहेकाले उक्त प्रणाली लाई व्यवस्थित र प्रभावकारी बनाउन सबै जिल्ला स्थित स्वास्थ्य कार्यलयहरुमा र तालिम केन्द्रहरुमा एक-एक जना स्वास्थ्य शिक्षाको विषयबाट विज्ञयता हासिल गरेको स्वास्थ्य शिक्षा अधिकृतको दरवन्दी कायमगरि वैज्ञानिक विधि बाट तालिमहरु संचालन गरिनु पर्दछ।
८. जनताबाट नेपाल सरकार द्वारा निशुल्करुपमा वितरण हुने ७० प्रकारका औषधिहरुको गुणस्तरमा धेरै गुनासो हुने गरेकाले स्वास्थ्य चौकी व्यवस्थापन समिति र जिल्ला स्थित स्वास्थ्य कार्यलयको संयुक्त रोहवरमा गुणस्तरीय औषधिहरु समयमानै खरिद गर्ने प्रणालीको विकास गर्नु पर्दछ।
९. भौतिक संरचनामा मितव्यिता ल्याउनका लागी एलोप्याथिक सेवा र आयुर्वेदिक स्वास्थ्य सेवा लाई एउटै छाना मुनि ल्याउने गृह कार्यको थालनी गर्नु पर्दछ।
१०. स्वास्थ्य सेवा विशिष्टकृत सेवा भयकाले छुट्टै संरचना बनाई निजामतिबाट हटाउनु पर्दछ, साथै योग्यता र दक्षताका आधारमा नयाँ तलवमान कायम गर्नु पर्दछ।
ऋषिराम शर्मा
हेअ
नारायणस्थान स्वास्थ्य चौकीको, बाग्लुङ