क्षयरोग संक्रामक सरुवा रोग हो। क्षयरोग आँखाले देख्नस नसकिने माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस भन्ने ब्याक्टेरियाले गर्दा हुन्छ। क्षयरोग श्वाास-प्रश्वाकस तथा हावाको माध्यमबाट फैलिन्छ। क्षयरोगका किटाणु प्रथमतः हावाको माध्यम भएर फोक्सोमा पुग्दछन्। त्यहाँबाट यी किटाणुहरुले फोक्सोमा वा शरीरका कुनै पनि भागमा सरी क्षयरोग लाग्ने हुन्छ।
क्षयरोग परापूर्वकालदेखि स्वास्थ्य समस्या रहिआएको कुरा उल्लेख गरेको पाइन्छ। क्षयरोगको इतिहासको अभिलेख इसा पूर्व ११५० देखि १०८० पुरानो छ। क्षयरोग हजारौँ वर्षदेखि विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा रहँदै आएको छ। २४ मार्च १८८२ मा जर्मन वैज्ञानिक डा. रोवर्ट ककले क्षयरोगको कीटाणु पत्ता लगाएका थिए।
फोक्सोबाट सर्कुलेटरी सिस्टम, लिम्प्याथिक सिस्टम र ब्रोङ्काोयल ट्र्याक्ट किटाणुले अर्को अंगमा संक्रमण गर्दछ। यसरी क्षयरोग शरीरको जुनसुकै भागमा पनि लाग्नसक्छ। क्षयरोगको किटाणु माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस २४ मार्च १८८२ मा जर्मनका वैज्ञानिक डा. रवर्ट ककले पत्ता लगाएका हुन्।
फोक्सोमा हुने क्षयरोग दुई प्रकारका हुन्छन्-
१. खकार परीक्षण गर्दा किटाणु देखिएका र खकार परीक्षण गर्दा किटाणु नदेखिएका।
२. फोक्सोबाहेक अन्य अंगमा हुने क्षयरोग।
यो हावाको माध्यमबाट सर्ने रोग हो। क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाँच्छ्यु गर्दा, थुक्दा र नजिकबाट कुरा गर्दा अन्य व्यक्तिमा सर्नसक्छ। जस्तैः खोक्दा १.५ मिटर टाढाबाट, हाँच्छ्यु गर्दा तीन मिटर टाढाबाट। एक जना क्षयरोगीले एक वर्षमा १० देखि १५ जनासम्म स्वस्थ मानिसलाई क्षयरोग सार्न सक्छ भने सहरी क्षेत्रमा २५ जनासम्मलाई सार्न सक्दछ।
क्षयरोग सरुवा रोग भएको हुँदा यो रोग बिरामीले खोक्दा वा हाँच्छ्यु गर्दा खकारमा भएका क्षयरोगका किटाणुहरु साना-साना थुकका छिटासँगै बाहिर हावामा निस्कन्छन्। धेरैजसो साना-साना थुकका छिटाहरु साना-साना धुलाका कणजस्तै टाँसिएर बाहिरी वातावरणमा केही समयमात्र रहन्छन् भने थोरै मात्र हावामा मिसिएर बाहिरी वातावरणमा अलि लामो समयसम्म रहनसक्ने हुन्छन्।
यसरी यी किटाणुहरु फोक्सोमा पुगेपछि माइक्रोफेजले चारैतिरबाट घेरेर किटाणुहरुलाई मार्ने कोसिस गर्छ, जसले गर्दा फोक्सोको प्रभावित भागमा सुजन हुन थाल्दछ। त्यहाँबाट यी किटाणुहरुले हाइलर ग्रन्थीलाई प्रभाव पार्दछ। फोक्सोको प्रभावित भागमा सुजन र प्रभावित हाइलर ग्रन्थीको संयुक्त रुपलाई प्राइमरी कम्प्लेक्स भनिन्छ। क्षयरोगका किटाणुबाट प्रभावित भएका सबै व्यक्तिलाई क्षयरोग लाग्दैन।
यदि क्षयरोगका किटाणुहरुले संक्रमण गरेका व्यक्तिहरुमा रोगसँग लड्ने क्षमता राम्रो छ भने रोग लाग्दैन। तर रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो संक्रमण गर्दछ। जस्तैः कुपोषण, एच.आई.भी।संक्रमण भएका मानिसहरुमा यो रोग छिटो विकसित हुन्छ।
क्षयरोगको किटाणुले संक्रमण गरेका व्यक्तिमध्ये करिब १० प्रतिशत व्यक्तिमा मात्र क्षयरोग विकसित हुन सक्छ अर्थात् रोगका लक्षण देखापर्द छन्।क्षयरोगका कीटाणुबाट प्रभावित भएका सबै व्यक्तिलाई क्षयरोग लाग्दैन। रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरुलाई यो रोगले छिटो संक्रमण गर्दछ। क्षयरोगको किटाणुले संक्रमण गरेका व्यक्तिमध्ये करिब पाँचदेखि १० प्रतिशत व्यक्तिमामात्र क्षयरोग विकसित हुनसक्छ।
क्षयरोगको अवस्था
विश्वमा क्षयरोगको अवस्था हेर्दा मानव मृत्युको प्रमुख १० कारकभित्र क्षयरोग पनि पर्दछ। सन् २०१८ मा करिब १५ लाख मानिसको क्षयरोगका कारण ज्यान गयो। विश्वमा एक करोड मानिसलार्इ क्षयरोग हुन्छ, जसमध्ये ९० प्रतिशत १५ वर्षभन्दा माथिको उमेर समूहका छन्।
नाै करोड ७० लाखमात्र उपचार दायरामा छन्। जम्मा क्षयरोगीमध्ये पुरूषको प्रतिशत ६४ रहेको छ। विश्वभरका क्षयरोगका बिरामीमध्ये ४४ प्रतिशत दक्षिणपूर्वी एसियामा बसोवास गर्दछन् भने भारत (२७), चीन (९), इन्डोनेसिया (८), फिलिपिन्स (६), पाकिस्तान (६), नाइजेरिया (४), बंगलादेश (४) र अफ्रिका (३) गरी आठ देशमा ६७ प्रतिशत बसोवास गर्दछन्।
नेपालमा क्षयरोगको अवस्था हेर्दा प्रतिवर्ष ३२ हजार ४३ नयाँ क्षयरोगी पहिचान भएका पाउँछौ भने मृत्युको साताैं कारण क्षयरोग भएको देख्न सकिन्छ। झण्डै आधा नेपालीलार्इ क्षयरोगको संक्रमण भएको आशंका गरिएको पाइन्छ। प्रतिवर्ष ४५ सय नयाँ क्षयरोगी पुरूष ६४ प्रतिशत र महिला ३६ प्रतिशत। ६६ सय जना मृत्यु।
राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण, २०७६
यसअघिसम्म क्षयरोगको विषयलाई लिएर आधिकारिक रुपमा कुनै सर्वेक्षण नभएकाले क्षयरोगको वास्तविक अवस्था पत्ता लगाउनका लागि यो सर्वेक्षण आवश्यक गरिएको थियो। सर्वेक्षण नतिजा
क्षयरोगका प्रकार
(क) फोक्सोको क्षयरोग
- ८० प्रतिशत खकारमा क्षयरोगको किटाणु देखिएको क्षयरोग पल्मोनरी ब्याक्टेरियोलोजिकल्ली कन्फर्म्ड।
- ५० प्रतिशत खकारमा क्षयरोगको किटाणु नदेखिएको क्षयरोग।
(ख) फोक्सोबाहेक अन्य अंगको क्षयरोग
ग्रन्थी, छाला, हाड, पेट, आन्द्रा, गिदीको, रगत, इत्यादि।
फोक्सोको क्षयरोगका मुख्य-मुख्य लक्षणहरु
दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नुण क्षयरोगको मुख्य लक्षण हो। खाना खान मन नलाग्नु , तौल घट्नु।साँझपख ज्वरो आउनु, पसिना आउनु। छाती दुख्नुा र सास फेर्न गाह्रो हुनु। खकारमा रगत देखिनु।
फोक्सोबाहेक अन्य भागको क्षयरोगका लक्षणहरु
फोक्सोबाहेक अन्य अंगको क्षयरोगमा शरीरको कुन अङ्गघमा यो रोग लागेको हो त्यसैअनुसार लक्षणहरूफरक-फरक हुन सक्छ। जस्तैः
(क) ग्रन्थीको क्षयरोग भएमा सो सुनिने र कहिलेकाहीँ पिप निस्कने हुन्छ।
(ख) हाड जोर्नीको क्षयरोग भएमा जोर्नी दुख्नेे र सुन्निनने हुन्छ।
(ग) टिबी मेनिन्जाइटिस भएमा टाउको दुख्नेख, ज्वरो आउने र घाँटी अररो हुने, मानसिक भ्रम हुने आदि हुन्छ।
फोक्सोबाहेक अन्य भागको क्षयरोगका लक्षणहरु
मिलियरी क्षयरोगः कडा ज्वरो, खोकी आदि हुन्छ।
घाँटीको भित्री भागमा हुने क्षयरोगः घाँटी दुख्नेि, धोद्रो स्वर हुने, कहिलेकाहीँ स्वर बन्द हुने।
प्ल्युरेसी क्षयरोगः कोखा दुख्नेो, सुत्ने गाह्रो हुने, सास फेर्न कठिन हुने।
आन्द्राको क्षयरोगः पेट दुख्नेन, लामो समयसम्म पखाला लाग्नेव, पेट फुल्ने।
प्रजनन् तथा मुत्र प्रणालीमा हुने क्षयरोगः ज्वरो आउने, पिसाबमा रगत आउने, महिनावारी अनियमित हुने, बाँझोपन आउनसक्ने।
क्षयरोगको पहिचान तथा निदान
दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहेको अवस्थालाई सम्भावित क्षयरोग भनिन्छ। कुनै व्यक्तिमा यस्तो लक्षण देखापरेमा सम्भावित क्षयरोगका बिरामी भनी क्षयरोग निदानका लागि खकारको नमूना परीक्षण गर्न पठाउनु पर्दछ। यसका साथै निम्नम व्यक्तिहरुलाई क्षयरोगको सम्भावना हुने भएकोले परीक्षणका लागि पठाउनुपर्दछ। खकारका किटाणु देखिएका र बहुऔषधि प्रतिरोधी क्षयरोग बिरामीको सम्पर्कमा रहेका व्यक्ति, कुपोषित बालबालिकामा।
माइक्रोस्कोपिक परीक्षणः
सम्भावित क्षयरोगका बिरामीको खकार सूक्ष्मदर्शक यन्त्रबाट परीक्षण गरी किटाणु भए/नभएको पत्ता लगाउने विधि माइक्रोस्कोपिक परीक्षण विधि हो। सूक्ष्मदर्शक यन्त्र स्वास्थ्य संस्थामा जडान गरी खकार परीक्षण गर्न सकिने भएकोले तुलनात्मक दृष्टिकोणले अरू उपायभन्दा सस्तो र भरपर्दो पनि छ।
क्षयरोग निदान गर्न दुईवटा खकार नमूना (पहिलोः स्वास्थ्यकर्मीले आफ्नो रेखदेखमा र दोस्रोः सोको कम्तीमा एक घण्टापछि वा दोस्रो दिन बिहान)को परीक्षण गर्नुपर्दछ। खकार क्षयरोग निदानका लागि गुणस्तरयुक्त (ढिक्काढिक्का परेको, बाक्लो, पहेँलो रङ्गाको र टाँसिने खालको र खकार, र्यायल, सिँगान, रगत नमिसिएको) तथा यथेस्ट मात्रामा (करिब ३-५ मिलिलिटर) खकार आवश्यक पर्दछ। परीक्षण गरिएका खकार नमूनामध्ये कम्तीमा एउटा परीक्षणको नतिजा पोजिटिभ भएमा क्षयरोग निदान हुन्छ।
जिन एक्सपर्ट एमटिबी/आरआइएफ क्षयरोग निदानको नयाँ प्रविधि हो। दुई घण्टामा नतिजा प्राप्त हुने भएकाले यसलाई र्याफपिड टेस्ट पनि भनिन्छ। जिन एक्सपर्ट एमटिबी/आरआइएफ प्रविधिबाट माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिसको संक्रमण भए नभएको र क्षयरोग उपचारमा प्रयोग हुने सबैभन्दा प्रभावकारी औषधि रिफामपिसिन प्रभावकारी छ छैन भन्ने थाहा पाउन सकिने भएकोले उपलब्ध भएसम्म सबै सम्भावित क्षयरोगका बिरामीको एक्सपर्ट एमटिबी/आरआइएफ प्रविधिबाट खकारको नमूना परीक्षण गर्नु पर्दछ। यदि, उपलब्ध नभएको अवस्थामा तलका व्यक्तिलाई प्राथमिकतामा राखी परीक्षण गर्नु पर्दछ।
एक्स रे जाँचः क्षयरोग निदान गर्न भरपर्दो विधि एक्स रे हो। क्षयरोगका लक्षण देखापरेको तर खकार परीक्षणमा किटाणु नदेखिएको अवस्थामा छातीको एक्सरे गरेर क्षयरोग भए/नभएको जाँच गरिन्छ।
मन्टुटेस्ट: यो जाँच प्राय:गरी पाँच वर्षमुनिका बच्चाहरूमा क्षयरोग संक्रमण भए/नभएको थाहा पाउन प्रयोग गरिन्छ।
क्षयरोग उपचार व्यवस्थापन
नियमित तथा व्यवस्थित रूपमा औषधिको सेवनबाट क्षयरोग पूर्णरूपमा निको हुन्छ। क्षयरोगको उपचार लामो समयसम्म गर्नुपर्ने भएकोले बिरामीले निको भएको महसुस गरी वा अन्य कारणबाट औषधि बीचैमा खान छोड्न सक्छन्। जसले गर्दा रोग निको नहुने तथा औषधिप्रति प्रतिरोधी क्षमतासमेत विकास हुन सक्दछ। तसर्थ, बिरामीलाई उपचार सुरु गर्दा बिरामीले औषधि सेवन गर्नुपर्ने अवधि, अनुगमन खकार परीक्षण गर्नुपर्ने अवधि, औषधिका सामान्य असरहरुबारे पूर्णरुपमा जानकारी गराउनुपर्दछ।
अबको कार्य
उच्चस्तरीय राजनीतिक प्रतिबद्धताको सुनिश्चितता गरी क्षयरोग अन्त्यको लागि गैरस्वास्थ्य क्षेत्र जस्तैः उद्योग, शिक्षा, वित्तीयसँग समन्वय तथा सहकार्यका साथै निजी क्षेत्र र समुदायसमेत परिचालन गरी क्षयरोग रोकथाम, निदान तथा उपचारका क्रियाकलापहरू सञ्चालन गर्नु पर्दछ। स्वास्थ्य तथा गैरस्वास्थ्य क्षेत्रको सशक्त नेतृत्व तथा साझेदारीमा पर्याप्त लगानीको सुनिश्चितता आवश्यक रहेको छ।
क्षयरोग रोकथाममा अन्तरदेशीय साझेदारीको पनि विकास गर्नु पर्दछ। गुणस्तरीय क्षयरोग निदान तथा उपचार सेवाको पहुँचमा विस्तार गर्ने क्षयरोग निदानका लागि उच्च संवेदनशील प्रविधि (डिजिटल एक्सरे तथा जिन एक्सपर्ट, एलपिए, ल्याम्पजस्ता र्याापिड मोलिक्युलर प्रविधि)को विस्तार तथा प्रयोग गरी समयमै क्षयरोग निदानको सुनिश्चितता गर्ने।
क्षयरोगको उपचार विधिलाई बिरामीमैत्री बनाउन स्वस्थ्य संस्थामा आधारित डट्स सेवाका साथै समुदाय वा परिवारमा आधारित डट्स सेवा विस्तार गरी उपचार व्यवस्थापन गर्ने। गुयस्तरीय क्षयरोग निदान तथा उपचार सेवाको व्यवस्थापनमा निजी क्षेत्रलाई संलग्न गराउने। गुणस्तरीय निदान तथा उपचार सेवामा निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूको भूमिका बढाउने। सबै स्वास्थ्य संस्थाले क्षयरोगको अनिवार्य रूपमा प्रतिवेदन गर्ने व्यवस्था मिलाउने।
गुणस्तरीय क्षयरोग सेवाको माग बढाउन समुदायको क्षमता अभिवृद्धि गर्ने, स्वास्थ्य सूचना, जनचेतना तथा व्यवहार परिवर्तन कार्यक्रममार्फत् समुदायमा क्षयरोगसम्बन्धी सही जानकारी दिई सामुदायिक सशक्तीकरण गर्ने। क्षयरोगको जोखिम समूह तथा क्षेत्रमा आवश्यकताअनुसार क्षयरोग पहिचान कार्यक्रम (स्क्रिनिङ क्याम्प आदि) सञ्चालन गर्ने। क्षयरोगीको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी समयमै रोग पत्ता लगाउने र तिनका परिवारलाई सामाजिक सुरक्षा कार्यक्रममासमेत आबद्ध गराउने।
(खनाल क्षयरोगका क्षेत्रमा काम गर्ने युवा जनस्वाथ्यकर्मी हुन्।)