काठमाडौं- दाँत तथा मुख रोगको उपचारका लागी संघीय अस्पताल स्थापना गर्ने विषयमा छलफल भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले सरोकारवाला र विज्ञहरुसँगको एक दिने कार्यशाला गोष्ठी गरेको हो।
संघीयताको मर्मलाई आत्मसात गर्दै दाङ वा हेटौँडामा संघीय अस्पताल स्थापना गर्ने विषयमा छलफल भएको छ। छलफलमा स्थानीय जनप्रतिनिधि, उपलब्ध जनशक्ति तथा मेडिकल ब्याकअप भएको स्थान छनोट गर्न सुझाव आएको आ“खा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिए।
उनका अनुसार छलफलमा संघीय अस्पतालमा कम्तीमा एक सय डेण्टल चेयर र प्रादेशकि दन्त अस्पतालमा ५० डेण्टल चेयर भएको दाँत तथा मुख रोग अस्पताल स्थापना गर्ने सुझाब पनि आएको छ।
‘रोगको गाम्भीर्यता अनुसार जनशक्ति, विशेषज्ञ सेवा, ओरल हाईजिन इकाई, दन्त ल्याब लगायतका विभाग, जनशक्ति, सर्पाेटिभ जनशक्तिसहित प्रमुखतया सर्वसाधारणका लागी विशेषज्ञ सेवा दिन अस्पताल खोलनु पर्ने निष्कर्ष निकालिएको छ,’ डा बुढाथोकीले भने, ‘अस्पतालले रोकथाम, उपचारात्मक, पुनस्र्थापना लगायतका सबै सेवा दिनसक्ने हुनुपर्छ।’
प्राविधिक कार्य समुहको सुझाबअनुसार काठमाडौं उपत्यका, दाङ, पोखरा र चितवनमा सम्भाव्यता अध्ययन गरिएको थियो । प्राविधिक कार्य समुहको विज्ञहरुमा पुर्व स्वास्थ्य सचिव प्राडा प्रविण मिश्र, डा शुसिल कोइराला र प्रा डा शुरजराम भक्त माथेमा थिए।
सम्भाव्यता अध्ययनको सुझाव र विज्ञहरुसँग थप सुझाव लिन गोष्ठीको आयोजना गरिएको डा बुढाथोकीले जानकारी दिए। कार्यशाला गोष्ठीको उदघाटन शत्रको अध्यक्षता उपचारात्मक सेवा महाशाखाका निर्देशक डा पवनजंग रायमाझीले गरेका थिए। उनले ओझेलमा परेको दाँत तथा मुख सेवा स्वास्थ्यको तल्लो तहदेखी नै शुरु गर्दै संघीय रेफरल अस्पताल बन्ने गरी काम अगाडि बढाउन आवश्यक रहेको बताए।
गोष्ठीमा अस्पतालको मस्यौदाका बारेमा परामर्शदाता प्राडा शैली प्रधानले प्रस्तुतीकरण गरेकी थिइन्।
कार्यशाला गोष्ठीमा नेपालगन्ज, कान्तिपुर, किष्ट, काठमाडौं, नेपाल, पिपल्स डेन्टल कलेज, चिकित्सा वि१ान राष्ट्रिय प्रतिष्ठान, पाटन, पोखरा प्रतिष्ठान, निजी डेण्टल अस्पताल तथा सैनिक, शसस्त्र, प्रहरी, वीर, लुम्बिनी, वीरगन्ज, भरतपुर, भक्तपुर लगायतका अस्पतालमा कार्यरत ३० जना कन्सल्टेण्ट दन्त चिकित्सकहरु र सरोकारवालाको सहभागिता थियो।