काठमाडौं- वरिष्ठ गीतकार राजेन्द्र थापा अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।
उनको सीसीयुमा उपचार भइरहेको छ। ‘बायाँ काँधमा दुखाइका कारण अस्पताल आएको थिए। चेकअपका कारण एक्कासी बेहोस भएपछि डाक्टरले केही गम्भीर रहेको आशंकामा आकस्मिक कक्षमा राखिएको थियो’ उनले सामाजिक संजाल मार्फत भनेका छन् ‘अहिलेसम्म एक्सरे र अन्य सामान्य छन्। डाक्टर हृदय अवलोकन गर्न चाहन्छन्। त्यसैले मलाई एक रातको लागि सीसीयूमा निगरानीमा राखे।’