काठमाडौं- विश्व मधुमेह दिवसको अवसरमा एसियन कलेज फर एडभान्स स्टडिज, सातदोबाटो ललितपुरमा अध्ययनरत विद्यार्थीद्वारा शान्तिपुर्ण र्यालीको आयोजना गरिएको छ ।
'मधुमेह शिक्षामा पहुँच' भन्ने मुल नारासहित करिब २०० जना विद्यार्थीहरु सरिक शान्तिपूर्ण र्याली बिहान ९ बजे कलेज प्रांगणबाट निस्किएको थियो। र्यालीपछि कोणसभामा मधुमेह सम्बन्धी जानकारी मुलक प्रस्तुतिकरणको राखिएको थियो।
कोण सभालाई सम्बोधन गर्ने क्रममा एसियन कलेज फर एडभान्स स्टडिजकी प्रिन्सिपल तारा रम्तेलले मधुमेह बारे सचेतना जरुरी भएको र विद्यार्थीले यस्ता जनचेतनामुलक कार्यक्रम गर्दै जानूपर्ने बताइन्।
समापनका क्रममा एसियन युथ रेडक्रस सर्कलका अध्यक्ष जीवन शाहीले मधुमेहबाट बच्नको लागि युवाहरु अहिलेदेखि नै यसबारे सचेत हुनुपर्ने बताए। उनले अहिले सजग भए भविष्यमा हुनसक्ने मधुमेहबाट बच्न सकिने र युवाहरुले यस सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै जानुपर्ने बताए।