काठमाडौं– अन्ततः सरकार डा गोविन्द केसीसँग गलेको छ। डा केसीले उठाएका सबै माग पूरा गर्न सरकार तयार भएपछि अनसनको २७ औं दिनमा सहमति भएको हो।
माग पूरा गर्न सरकार तयार भएपछि डा केसीले अनसन तोडेका छन्।
नेकपाका नेता सुवास नेम्वाङ र प्राध्यापक केदारभक्त माथेमाले जुस खुवाएर डा केसीकाे अनसन तोडाएका हुन्।
१० वर्षसम्म उपत्यकामा नयँ मेडिकल खोल्ने पाउने कि नपाउने भन्ने विषयमा विवाद भएको थियो। सरकारले डा केसीको मागअनुसार नयाँ मेडिकल नखोल्न तयार भएपछि सम्झौता भएको हो। सहमतिमा डा केसी आफैंले हस्ताक्षर गरेका छन्।
अनसन तोडेपछि डा केसीलाई आइसियूमा लैजाने तयारी छ।
डा केसीको यो १५ औं अनसत हो। यो अनसन सबैभन्दा लामो बन्न पुग्यो।
अनसन तोड्ने कार्यक्रममा नेकपाका नेता सुवास नेम्वाङले अब डा केसीले अनसन बस्न नपर्ने बताएका छन्।