काठमाडौं- राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को आज बसेको ७० औँ बैठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान विषयको पाठ्यक्रम विकासका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न सो बैठकले उक्त निर्णय गरेको हो।
परिषद्ले गरेको यो निर्णय स्वागतयोग्य भएको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रका कार्यकारी निर्देशक डा सिद्धार्थ ठाकुरले बताए।
यो निर्णयले समृद्ध नेपाल बनाउने अभियानलाई सहयोग पुग्ने बताउँदै कार्यकारी निर्देशक ठाकुरले गरिबी निवारण र रोजगारीमा सहयोग पुग्ने आशा व्यक्त गरे। रासस