काठमाडौँ – संस्कृति, अध्यात्म तथा मानसिक स्वास्थ्य सम्बन्धी दुई दिने अन्तराष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ।
सम्मेलनमा टिचिङ अस्पतालको साइक्याट्रिक डिपार्टमेन्ट,ओस्लो युनिर्भसिटि नर्वे र म्यागिल युनिर्भसिटि क्यानडाले संयुक्त रुपमा आयोजना गरेका हुन्।
उक्त सम्मेलनमा अमेरिका ,क्यानाडा, टर्कि, नर्वे, इन्डोनेसिया,नेपाल, भारत लगायत करिब १०० सय जना विज्ञहरुको सहभागिता रहेको वरिष्ठ मनोरोग विशेषज्ञ डा.सरोज प्रसाद ओझाले जानकारी गराए।
सम्मेलनमा विभिन्न देशका विज्ञहरुले धर्म,आध्यामिक र मानसिक स्वास्थ्यसँगको सम्बन्धबारेमा कार्यपत्र पस्तुत गर्ने छन्। डब्लुएचओका अनुसार विश्वमा एक अर्ब २० करोड मानिसमा मानसिक स्वास्थ्य सम्बन्धी समस्याबाट पिडित छन्।
मानसिक स्वास्थ्य समस्याका कारण हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्दछन्।
नेपालमा यकिन तथ्यांक नभएपनि २० प्रतिशत मानिसलाई मानसिक समस्या भएको अनुमान गर्न सकिन्छ।