काठमाडौं- मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियोमार्फत सम्बोधन गर्ने भएका छन्।
बालुवाटारमा रेकर्ड गरिएको भिडियो सार्वजनिक हुने भएको हो।
प्रधानमन्त्री ओलीले भिडियोमार्फत राष्ट्र र देशबासीका नाममा सम्बोधन गर्नेछन्।
उनको बुधबार मिर्गौला प्रत्यारोपण गरिने समय तालिका छ।
प्रत्यारोपण अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा प्रेम ज्ञवालीको नेतृत्वको टोलीले गर्ने बताइएको छ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा आवश्यक सहयोगका लागि भारतबाट पनि दुई सदस्यीय टोली काठमाडौं आइसकेका छन्। प्रधानमन्त्री ओलीको पहिलो पटक प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्राडा अनन्तकुमार र अर्का एक प्रतिनिधी नेपाल आइसकेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।