काठमाडौँ- कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका सेयरधनीहरुको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ।
काभ्रेको धुलिखेलमा सम्पन्न साधारण सभाले लेखा परीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात र सोही मितिमा समाप्त आव २०८०/०८१ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु पारित गरेको छ।
साथै, उक्त सभाले सञ्चालक समिति सदस्यहरुको रुपमा सुना सुवेदी, नवराज पौड्याल, अनिश बडाल, दिबेश थापा निर्विरोध निर्वाचित गरेको छ भने स्वतन्त्र सञ्चालकको हकमा निरज कार्कीलाई नियुक्ति गरेको छ।
त्यसैगरी, कम्पनीको कुल चुक्ता पूँजीको १४.८६ प्रतिशत सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरी नवनिर्वाचित सञ्चालकहरुलाई निर्वाचन अधिकृत अधिवक्ता गणेश सिग्देलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।