काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चैत ७ गते हुने भनिएकोे तेस्रो दीक्षान्त समारोह स्थगित भएको छ।
न्याम्सले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण रोकथाम र जोखिम कम गर्न सर्तकता अपनाउनु सबैको कर्तव्य भएकोले दीक्षान्त समारोह स्थगित गरेकाे जनाएकाे छ।
सरकारले कोरोनाको संक्रमणबाट जोगिन भीडभाड, भोजभतेर नगर्न, धेरै जना एकै ठाउँमा भेला नहुन र बिनाकारण घरबाट बाहिर ननिस्कन पनि आग्रह गरेको छ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै न्याम्सले अर्को सुचना जारी नहुँदासम्मका लागि दीक्षान्त समारोह स्थगित भएको जनाएको छ।
यसअघि, कोरोना संक्रमणकै कारण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि दीक्षान्त समारोह स्थगित गरेको थियो।