काठमाडौं – अमेरिकामा कोरोनाबाट संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या करिब १ लाख पुगेको छ।
नेपाली समय अनुसार शनिबार बेलुका ८ बजेसम्म अमेरिकामा घर फर्किनेको संख्या ९९ हजार ७९ पुगेको छ।
जर्मनीमा सबै भन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन्। जर्मनीमा उपचारपछि घर फर्किनेको संख्या १ लाख ९ हजार ८ सय पुगेको छ।
त्यस्तै स्पेनमा ९२ हजार ३ सय ५५, चीनमा ७८ हजार १ सय ३८, इरानमा ६८ हजार १ सय ९३, इटालीमा ६० हजार ४ सय ९८ जना मानिस निको भएर घर फर्किसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा ८ लाख २ हजार ७ सय ५ जना मानिस निको भएर घर फर्किसकेका छन्।
संसारभर २८ लाख ३४ हजार १ सय ३४ जना मानिस संक्रमित भएका छन्। मृत्यु हुनेको संख्या १ लाख ९८ हजार ४ सय ५ पुगेको छ।
एशियन देशको अवस्था
टर्कीमा १ लाख ४ हजार ९ सय १२ जना संक्रमित भएका छन्। २ हजार ६ सयको मृत्यु भएको छ।
इरानमा संक्रमित हुनेको संख्या ८९ हजार ३ सय २८ पुगेको छ। ५ हजार ६ सय ५० जनाको मृत्यु भइसकेको छ।
चीनमा ८२ हजार ८ सय १६ जना संक्रमित भएका छन्। मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३२ पुगेको छ।
भारतमा २४ हजार ९ सय ४२ जना मानिस संक्रमित भएका छन्। मृत्यु हुनेको संख्या ७ सय ८० पुगेको छ।
साउदी अरबमा १६ हजार २ सय ९९ जना संक्रमित भएका छन्। १ सय ३६ जनाको मृत्यु भएको छ।
इजरायलमा १५ हजार १ सय ४८ जना संक्रमित भएका छन्। १ सय ९८ जनाको मृत्यु भएको छ ।
जापानमा संक्रमितको संख्या १२ हजार ८ सय २९ पुगेको छ। जापानमा मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ।
सिंगापुरमा संक्रमितको संख्या १२ हजार २ सय २७ पुगेको छ। मृत्यु हुनेको संख्या २ सय ५६ पुगेको छ।
दक्षिण कोरियामा संक्रमितको संख्या १० हजार ७ सय १८ पुगेको छ। मृत्यु हुनेको संख्या २ सय ४० पुगेको छ।
कतारमा ९ हजार ३ सय ५८ जना मानिस संक्रमित भएका छन्। १० जनाको मृत्यु भएको छ।
बंगलादेशमा संक्रमितको संख्या ४ हजार ९ सय ९८ पुगेको छ। १ सय ४० जनाको मृत्यु भएको छ।
अफ्गानिस्तानमा १ हजार ४ सय ६३ जना संक्रमित भएका छन्। मृत्यु हुनेको संख्या ४७ पुगेको छ।
श्रीलंकामा ४ सय ४० जना संक्रमित भएका छन्। ७ जनाको मृत्यु भएको छ।
माल्दिभ्समा १ सय ३७ जना मानिस संक्रमित भएका छन्। १६ जना निको भएर घर फर्किसकेका छन्।
भुटानमा ७ जना संक्रमित भएका छन्। ३ जना निको भएर घर फर्किसकेका छन्।
नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ। १६ जना निको भएका छन्।