बेइजिङ- चीनले बुधबार कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि नेपाललाई अत्यावश्यक सामग्री सहयोग गरेको छ।
नेपालस्थित चिनियाँ राजदूतावास र चीनको परराष्ट्र मन्त्रालयको एसिया सम्बन्ध विभागले संयुक्त रुपमा नेपाललाई मास्क र प्रोटेक्टिभ गगल्सलगायतका सामग्री सहयोग गरेको हो।
नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको सामग्रीमा १० हजार केएन–८५ मास्क, ३३ हजार ८ सय डिस्पोजन सर्जिकल मास्क र ९ हजार प्रोटेक्टिभ गगल्स रहेको चिनियाँ दूतावासले जनाएको छ।
यस्तै, ग्यान्सु प्रान्त र ग्यान्सु प्रान्तको शहरी तथा ग्रामिण लगानी समूहले नेपालको प्रदेश–५ को सरकारलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), मास्क, मेडिकल ग्लब्सलगायतका मेडिकल सामग्री सहयोग गरेको थियो।