काठमाडौैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव लिलाराज पौडेलको सरुवा भएको छ। स्वास्थ्य मन्त्रीको सचिवालयमा कार्यरत पौडेललाई रुकुम पूर्वमा सरुवा गरिएको हो।
मन्त्रालयको नीति योजना महाशाखामा रहेका पौडेल स्वास्थ्य मन्त्री भानुभक्त ढकालको निजी सचिवका रुपमा सेवारत थिए।
पौडेलले स्वास्थ्यखबरसँग भने 'सरुवा भएको हो। मैले भर्खरै चिठ्ठी बुँझे।'