काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका- ८ का एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
गत असोज २७ मा कोरोना संक्रमित भएर घरमै आइसोलेसनमा बसिरहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि यही कात्तिक १ गते अस्पताल भर्ना गरिएको थियो।
उनको सोही दिन मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।