जुन गतिले जनसंख्या बढिरहेको छ । रोग पनि त्यही हिसाबमा बढिरहेको छ । संगै रोगअनुरुपका अस्पताल, क्लिनिक, डायग्नोस्टिक सेन्टर, ट्रमा सेन्टर, मेडिकल स्टोर पनि बढेका छन् । तर विचार गर्नुपर्ने कुरा के छन् भने वास्तुशास्त्रीय सिद्धान्तलाई अनुसरण गर्दै निर्माण गरिएका संरचनाले व्यवसायिक सफलता पाउन सकिन्छ ।
अस्पताल, क्लिनिकजस्ता स्वास्थ्यसंस्था निर्माणका लागि भूमिचयन गर्दा राम्रोसँग सोचविचार गर्नुपर्दछ । बस स्ट्यान्ड्, रेल्वे स्टेशन, एयरपोर्ट, राजमार्ग, घना आवादी भएको ठाउँमा जमिन मिलेमा राम्रो हुन्छ । संरचनामा यातायातको सहज आवागमन एवं भूमिको अगाडि र छेउछाउमा खुल्ला र पर्याप्त जमीन हुनु राम्रो हुन्छ । फोहोर थुपारेको स्थान, श्मसान, चिहान, नाला बग्ने खालको भूमिमा अस्पताल निर्माण गर्नु हँुदैन । बनाउनैपर्ने अवस्थामा भूमिशुद्धि र अन्य वैदिक शुद्धि गरेर मात्र अस्पताल बनाउनुपर्छ ।
अस्पतालको मुख पूर्व वा उत्तर फर्काएर बनाउनुपर्छ । आग्नेय अथवा वायव्य कोणमा मुख फर्काएर अस्पताल बनाउनु हँुदैन । अस्पतालको अगाडि र दायाँ बायाँ सकेसम्म खुल्ला स्थान हुुनु आवश्यक छ । ढोकाबाट प्रवेश गर्ने बेलामा, अगाडि नै प्रत्यक्ष रूपमा बेडमा सुतेका बिरामी देखिने गरी ढोका राख्नु राम्रो हुँदैन । ढोकाको ठीक सामुन्ने डाक्टर बसेर बिरामी जाँच्ने खालको कोठा बनाउनु हुँदैन । इन्जेक्सन, मलमपट्टीकक्ष पनि ढोकाको ठीक अगाडि राख्नु हुँदैन । अस्पताललाई आवश्यक पर्ने जेनेरेटर, इन्भर्टर, विद्युतीय उपकरण, स्टेरिलाइजेशन, इन्जेक्सन, एक्सरे मेसिनआदिलाई अस्पतालको आग्नेय कोणमा व्यवस्थित गर्नुपर्दछ । त्यसैगरी अप्रेशन थिएटर, 4 स्टाफ कोठासमेत आग्नेय कोणमा राख्नुपर्दछ । ओपीडी स्थापना भवनको वायव्य कोणमा अर्थात् पूर्व वा दक्षिणमा गर्नुपर्दछ । इन्डोर वार्ड वायव्य वा दक्षिणमा बनाउनुपर्दछ ।
आपत्कालीन वार्डको निर्माण अस्पतालको वायव्य अथवा नैऋत्य कोणमा बनाउनुपर्छ । बिरामीलाई परीक्षण गर्ने बेला डाक्टरको मुख दक्षिणतर्फ हुनुपर्छ । सम्भव नभए पूर्व वा पश्चिमतर्फ पनि डाक्टरलाई फर्काउन सकिन्छ । विचार गर्नुपर्ने कुरा के छ भने बिरामीलाई परीक्षण गर्दा रोगीको मुख दक्षिणतर्फ नहोस् भन्ने हो । परीक्षण कोठामा प्रकाशको राम्रो प्रबन्ध भएको हुनुपर्छ । सकेसम्म सूर्यकै प्रकाश परीक्षण कक्षामा परेमा अति नै राम्रो हुन्छ । अप्रेशन थिएटरलाई पूर्व वा उत्तरतर्फ फर्काएर राख्नुपर्छ ।
अप्रेशन गर्ने समयमा मुख्य डाक्टरको मुख पूर्व वा उत्तरमा हुनुपर्छ । अप्रेशनका बेला बिरामीहरु नडराउने हिसाबले अप्रेशन थिएटरलाई मिलाएर राख्नुपर्छ । अप्रेशनका लागि आएका बिरामीका आफन्त एवं नातेदारलाई बस्नका लागि बाहिरपट्टि प्रतीक्षालय बनाउनुपर्छ । टेलिभिजन, ज्ञानवद्र्धक एवं धार्मिक पत्रिका र पिउने पानीको राम्रो व्यवस्था हुनुपर्छ । इशान कोणलाई खाली एवं सबैभन्दा हलुका राख्नु उचित हुन्छ । पूर्वको तुलनामा उत्तरमा बढी झ्याल राख्नुपर्छ । वार्डमा हावा एवं प्रकाशको समुचित व्यवस्था हुनुपर्छ । साथै भेन्टिलेसन पूरा ध्यान दिई बनाउनुपर्छ । कार पार्किङ्स्थल अस्पतालको पूर्व वा उत्तरमा राख्न सकिन्छ । अस्पतालको वरिपरि विभिन्न प्रकारका फलफूल र वृक्षहरू लगाउनुपर्छ ।
अन्धकार, घृणा, अहंकार, अस्वच्छता, अज्ञानता, लालच एवं फोहरका कारण मनुष्यको मस्तिष्कमा नकारात्मक उर्जा उत्पन्न हुन्छ । यसकारण अस्पताललाई सकारात्मक उर्जाले ओतप्रोत राख्नुपर्छ । अस्पतालमा मेडिकल स्टोर राखिन्छ भने त्यसको ढोका उत्तर वा पूर्वमा हुनुपर्छ । अस्पतालमा भएका बिरामीलाई उत्तर दिशामा राख्नुपर्दछ । विकल्पमा पश्चिम वा वायव्यकोणमा पनि राख्न सकिन्छ । अस्पतालमा पिउने पानीको व्यवस्था इशानकोणमा हुनुपर्दछ । अस्पतालको दक्षिण–पश्चिम दिशातर्फ क्यास काउन्टर राख्नुपर्दछ । आवत–जावतका लागि ढोका उत्तर वा पूर्वतर्फ खुल्ने गरी बनाउनु पर्दछ । शल्यचिकित्सा कक्ष अस्पतालको पश्चिम दिशामा बनाउनुपर्दछ । अप्रेशन कक्षमा अपरेशन गरिने बिरामीको टाउको दक्षिण दिशामा हुनुपर्छ । अस्पतालको शौचालय दक्षिण वा पश्चिममा हुनुपर्दछ ।
यस्तै, अस्पतालको स्नानघर पूर्व वा उत्तर दिशामा बनाउनुपर्छ । भित्ताहरुको रङ सेतो या हल्का निलो हुनुपर्छ । अस्पतालमा बिरामीको ओछ्यानको रङ सेतो र ओढ्ने रङ गुलाबी एवं रातो हुनु पर्छ । किनभने बिरामीका लागि रातो रङ स्वास्थ्यवद्र्धक हुन्छ र रोग छिटो निको हुन्छ ।
अस्पतालको रङ
वास्तुशास्त्रमा अस्पतालको सजावट एवं रङले हाम्रो मनमा प्रभाव पर्दछ भन्ने विषयमा चर्चा भएको पाइन्छ । ऋषि, ज्योतिषी एवं वास्तुशास्त्रीहरूले मनका भावलाई नौ वटा रसमा वर्गीकरण गरी विभिन्न रङसँग सम्बन्ध जोडेका पाइन्छ । अस्पतालको उच्च सजावटका लागि विभिन्न प्रकारका रङ आवश्यक हुन्छ । सूर्यको प्रकाशमा सात रङ मिसिएको हुन्छ ।
प्रकाशको परावर्तनसँगसँगै त्यहाँ भएका विभिन्न एवं विशिष्ट रङ, किरणद्वारा वातावरणमा फैलिएको हुन्छ । यस्ता रङ र तरङ्गले हाम्रो मानसिक स्थितिलाई विशेष प्रभाव पार्ने गर्छ । रङशास्त्रीहरूका अनुसार रातो एवं केशरीजस्तो पहेँलो रङले हाम्रो मनमा उत्तेजना पैदा गर्दछ । सामान्य पहेँलो छिर्बिरे रङले उत्साह एवं उल्लास बढाउँछ । नीलो वा हल्का खैरो रङले हाम्रो मनमा शान्ति र प्रसन्नता पैदा गर्दछ । कालो रङले शोक र निराशा पैदा गर्दछ ।
कुन रङ कहाँ लगाउने ?
भोजन बनाउने तथा खानेकुरा खाने कक्षमा, खेल (मानसिक उपचार) सम्बन्धी कक्षमा, दिनमा बस्ने कक्षमा एवं बैठक कोठामा रातो रङ लगाउनुपर्छ । अस्पतालको शयनकक्ष लबी एवं मानसिक (मनोरञ्जन) कक्षमा गुलाबी रङ लगाउनु पर्छ । त्यसले गर्दा अस्पतालका बिरामीलाई सदैव आनन्दको अनुभूति प्राप्त हुन्छ । भोजनकक्ष, रोग अध्ययनकक्ष, भगवानकक्ष आदिमा पहेँलो, रातो र मिश्रित रङ लगाउनुपर्छ । यसबाट बिरामीको मनमा उमंग, उत्साह एवं हर्ष बढ्न जान्छ । अस्पतालको प्यासेज वा बाहिरी पर्खालमा सेतो वा हल्का पहेँलो वा हल्का नीलो रङ लगाउनु राम्रो हुन्छ । यसले गर्दा उत्साह एवं मनोबल बढ्न गई राम्रोसँग कार्य सम्पादन हुन्छ ।
बिरामीले पत्रिका पढ्ने ठाउँ, आगन्तुक बस्ने कक्ष र शयनकक्षमा हल्का पहेँलो रङ लगाउनुपर्दछ । पहेँलो रङ प्रसन्नता र शान्ति दुवै प्रदान गर्ने रङ हो । अस्पतालको दक्षिणतर्पmको शयनकक्ष, पूजाघरको बाहिरी वाल, धेरै चलखेल गर्ने खालको कोठामा गाढा नीलो रङ लगाउनुपर्छ । यसको प्रभावले बिरामीहरूले रोग र अन्य तनाउबाट शीघ्र मुक्ति प्राप्त गर्न सक्छन् । शयनकक्ष एवं अस्पतालको प्रवेशद्वारमा जामुनी रङ लगाउनुपर्दछ । अस्पतालका भित्ताको रङ सेतो वा हल्का नीलो लगाउनुपर्छ ।
यस्ता खालको रङको शक्तिले आत्मविश्वास बढाउने र मानसिक तनावबाट मुक्ति दिने हुन्छ । त्यसैगरी बिरामीहरूको खाना बन्ने कक्ष, स्नान कक्ष, र दिनमा धेरै प्रयोग हुने कक्षाआदिमा हरियो रङ वा हल्का नीलो रङ लगाउनुपर्छ । यस्तो रङका प्रभावले मनमा आशा, हर्ष, उल्लास, परस्पर स्नेह, सौहार्दभाव एवं सुखसन्तोष प्राप्त हुन्छ । रङको मनुुष्य जीवनमा निकै ठूलो एवं विशिष्ट योगदान छ । विभिन्न ग्रहका दुष्प्रभाव तथा व्यापारव्यवसायमा समस्या हटाउन रङको महत्वपूर्ण भूमिका हुन्छ । बिरामीको शीघ्र स्वास्थ्यलाभका लागि र अस्पतालको उन्नतीका लागि समेत रङको र वास्तुको महत्वपूर्ण भूमिका हुन्छ ।
अस्पतालको प्रवेशमार्गमा वृक्ष, खाँबा, कुवा, सेफ्टीट्याङकी, दुषित हावा निस्कने पाइपआदि हुनु हँुदैन र अस्पतालको मुख्य प्रवेश मार्गका भित्तामा कालो रङ लगाउनु हुन्न । यस्ता वास्तुसम्बन्धी नियम पालना गर्नाले अस्पतालमा धनात्मक उर्जा उत्पन्न भई छिटो रोग निको हुने र बिरामीहरूलाई आराम, सुख शान्ति मिल्छ । सबै प्रकारका बाधक तत्व निवारणार्थ मुख्य भवनको उचाइ अधिक हुनुपर्छ । ढोका एवं गेट राख्दा वास्तु नियम पालनागरी राख्नु पर्दछ । उत्तर वा पूर्व दिशातर्फ अस्पतालको मुख्य गेट राख्नु उपयुक्त हुन्छ । गेट वा ढोकामा रातो वा पहेँलो रङ लगाउनुपर्छ । कालो र खैरो रङ गेटमा कहिल्यै लगाउनु हुँदैन ।
वास्तु र रङ
रङ रस आश्रय मनोभाव
हरियो/नीलो श्रृंगार सुन्दरी, सुसज्जित नारी उत्साह, उमङ्ग
सेतो हाँस्य आनन्द दृश्य हाँसो
खैरो करुणा विरह, दया प्रसन्नता
पहेँलो वीर योद्धाको चित्र दृढ निश्चय
रातो रुद्र न्यायपूर्ण व्यवहार क्रोध
कालो भय मृत्युपीडाको शङ्का भय, जडता
गाढा पहेँलो अद्भूत आश्चर्यपूर्ण दृश्य जिज्ञासा प्रसन्नता
नीलो विभत्स मलिन विरक्ति
बैजनी शान्त प्राकृतिक दृश्य मनमा सन्तोष
(लेखक वास्तुशास्त्री हुन्)