केटाकेटी हुन् या वयस्क, महिलाहुन् या पुरुष, घरमाहोस् या रेष्टुराँमाआजकालजताततै जंकफुडको बोलवाला बढ्दै गएकोछ । सजिलै पाइने र पकाउन पनि मिहिनेत गर्न नपर्ने भएकाले बढ्दो रुपमा नेपालीको रोजाईमा जंकफुड पर्दैगएको देखिञ्छ।
के हो जंकफुड ?
हानिकारक चिल्लो,नुन र चिनी बढी भएको र पोषण कमहुने खाना नै जंकफुड हो । यसले मानिसहरुलाई क्षणिक स्वाद र झुठो सन्तुष्टि प्रदान गर्छ । आकर्षणका लागि विभिन्न किसिमका रङ, रसायन र टेष्टमेकर राखेर बनाइने यस्ता खानेकुराले दीर्घकालमा शारीरिक र मानसिक असर पर्छ । यस्तो खाना बनाउनुका ेमुख्य उद्देश्य नै पैसा कमाउनु हो । यसमा विभिन्न खालका हानिकारक रसायन राखेर लामो समयसम्म राख्न मिल्ने बनाइन्छ । जसले गर्दा यसले शारीरिक असर पर्छ । यस्तै, मान्छेको जिब्रोमा झुण्डिने खालको स्वादिलो बनाइएको हुन्छ र यो खाएपछि कुनै नशाजस्तै लत लाग्न सक्छ।
जंकफुडको मुख्य विशेषता भनेकै अत्यन्त न्यून मात्रामा पाइने पोषकतत्व हो । यसमा शरीरलाई चाहिने खनिज, फाइवर, प्रोटिननिकै कम मात्रामा पाइन्छ । यस्तो खानामा क्यालोरी मात्र बढी हुन्छ, जसले खाना खाने बित्तिकै शक्ति प्राप्त हुन्छ । त्यस्तो खानाले शरीरको पाचनप्रक्रियामा पनि असर पुर्याउँछन् । कुनैको असर तत्कालिन हुन्छ भने कुनै दीर्घकालिन जस्तै क्यान्सर, मधुमेह, मुटुरोग आदि हुन्छ।
जंक फुडहरु विशेषगरी शहरी क्षेत्रमा बढी प्रयोग गरिन्छन् । तर आजकालगाउँ–गाउँमापनि यो समस्याको रुपमा देखिन थालिसकेको छ।
जंकफुडले गर्दा हाम्रा स्थानीय तथा परम्परादेखि खाइदैं आएकाखानाहरु विस्थापित हुँदैं गइरहेका छन् । ती भन्दा आकर्षक प्याकेटमा राखिएका खानेकुरा नै राम्रा मान्ने प्रवृत्ति विद्यमान छ । सबैभन्दा गम्भीर कुरा के हो भन ेकतिपय बच्चाहरुमा यस्ता खानेकुराको कुलतजस्तै बसेको हुन्छ । घरको खाना, दूध, फलफूल खान नमान्ने, पसलमा किनेका प्याकेटका खानेकुरामा चाहिँ आकर्षित हुने गर्छन् आजकालका बच्चाहरु ।
हामो समाजको रितिरिवाजमा पनि यो समस्या छिरेको छ । हामीकसैको घरमा भेट्न जाँदाखालीहातजाँदैनौं ।केहीन केही लगेर जान्छौं । खानाभनेको संस्कृतिसँगपनिजोडिएको हुन्छ । पहिलाहामी सानो हुँदा कसैका घरमा भेट्न जादादही, फलफूललगेर भेट्न जान्थ्यौं । तर आजभोलि त्यसमापनि यस्तो कुरिति छिरेको छ कि कसैको घरमाजाँदा कोक फेन्टा लिएर जाने चलन छ । प्याकेटका खानेकुरा, बट्टाका जुस लिएर गईन्छ । यस्तो खानेकुरा लिएर जानु भनेको चुरोट सूर्तिहरु लिएर जानुजस्तै हो । किनभने चुरोट, रक्सी, लागूपदार्थले जति असर गर्छ, त्यो भन्दा बढी असर यस्ता खानेकुराले गर्छनन् । यसबाट पनिथाहा हुन्छ यस्तो खानाको असर कस्तो हुन्छ भनेर ।
यस्ता खानेकुरामा उच्च क्यालोरी हुने हुनाले मोटोपन बढाउँछ । यस्तो खानेकुरा खाने र शारीरिक कसरत पनि कमी हुँदा शारीरिक समस्या निम्त्याउने गर्छ । यस्तो खानेकुराको बढी प्रयोग र शारीरिक कसरतको कमीले पहिला ६०–७० वर्ष पुगेपछि लाग्ने रोगहरु अहिले युवाउमेरमै लागेको देखिएको छ । गर्भवती अवस्थामात यस्तो खानेकुरा छुनु पनि हुँदैन।
समस्याको समाधान कसरी ?
यस्तो खानेकुराको प्रयोग हटाउन जनचेतना मुलक कार्यक्रमहरु गर्न जरुरी हुन्छ । सबैभन्दा पहिले यसको प्रयोग र बजारमा भित्र्याउने काम नै बन्द गरिनुपर्छ।
हरेक चिजको शुरुवात घरबाटै हुने भएकाले घरमा बच्चाहरुलाई सम्झाउनुपर्छ । यस्तो खानाखानु भनेको गलत कुरा हो भनेर सिकाउनुपर्छ । साना बच्चाहरुलाई घरमै बनाएको खाना दिनु पर्छ । बजारबाट जंकफुड किनेर ल्याउनुको साटो पोषिला खाना खाने बानी बसाउनुपर्छ । बच्चाहरुलाई घरका खानाको महत्व बुझाउन सकियो भने उनीहरुले जीवनभर बिर्सदैंनन् ।
साना बच्चाहरुलाई सानो प्रिस्कूलदेखि नै यस्तो कुरा सिकाउनुपर्छ । स्कूलहरुले पनि जंकफुडमा प्रतिबन्ध नै लगाउनुपर्छ । स्कुलमा पठाइने खाना पनि पोषिलो हुनुपर्छ । स्कूलमा दिइने खानेकुरा पनि पोषिलो हुनैपर्छ र यसमा अभिभावक पनि सचेत हुनैपर्छ ।
जंकफुड बिक्रीवितरणमा रोक लगाउनुका साथै तिनका आकर्षक 23 सन्चारमाध्यमबाट प्रकाशन प्रसारणमा प्रतिबन्ध लगाउनुपर्छ ।
जंकफुडले बालबालिकालाई मात्र होइन, जुनुसकै उमेर समूहका मानिसलाई असर गर्ने भएकाले स्वास्थ्य केन्द्रमा सेवा लिन जाने मानिसलाई जंकफुडको प्रभावबारे जानकारी गराउनुपर्छ । जंकफुडलाई निरुत्साहित गर्ने खालका खानासम्बन्धी नीति कडा बनाइनुपर्छ । स्वस्थ खानालाई प्रोत्साहन गर्नुपर्छ । जंकफुड निर्माताले पनि त्यस्ता खाना स्वस्थकर र पोषिलो बनाउनुपर्छ । व्यापार गर्नु राम्रो कुरा भएपनि सही तरिकाले र जनउत्तरदायी तरिकाले गर्नुपर्छ । जंकफुडविरुद्ध एक जनाले मात्र पहल गरेर हुँदैंन, शिक्षा, स्वास्थ्य, कृषि, स्कुल, घर सबै क्षेत्रका मानिसले आ–आफ्नो हिसाबबाट जिम्मेवारी निर्वाह गर्नुपर्छ।