सन् २०१६ मा थाई इम्प्लान्ट एसोसिएसनको इम्प्लान्ट सिम्पोजिममा भाग लिन थाइल्यान्डको बैंकक गएको थिएँ। त्यहाँ डा पिन्टो लगायतका अन्य प्रोफेसरको लेक्चर मोडिएटर गर्ने जिम्मा मलाई दिइएको थियो।
दन्त चिकित्सा र इम्प्लान्टका विषयमा प्रस्तुति थिए।करिब१ हजार जनाको सहभागिता थियो।त्यही सम्मेलनमा चिलीका प्रोफोसर डा पिन्टोबारे थाहा पाएँ।उहाँको प्रस्तुतिमा एलपिआरएफका विषयमा थियो।
घाउ निको पार्न अपनाइने उक्त विधिबारे उहाँले सरल ढंगले प्रस्तुति दिनु भयो। डा पिन्टोले क्रोनिक घाउलाई त्यही प्रविधि प्रयोग गरेर निको बनाइएका ८–९ वटा स्लाइड देखाउनु भयो। इम्प्लान्ट जस्ता कमर्सियल उत्पादन भन्दा पनि मलाई त्यो प्रस्तुतिले छोयो। घाउ निको बनाउने त्यो पनि सहज र निकै कम खर्चमा।
डा पिन्टोसँग नेपालमा जटिल घाउ भएका धेरै बिरामी छन् भनेर जानकारी गराएँ। उहाँ नेपाल आउन तयार हुनु भयो।त्यसपछि आफ्नै खर्चमा डा पिन्टोलाई नेपाल बोलाएँ। विभिन्न अस्पताल घुमाएँ।
सबैले उहाँको प्रविधिलाई राम्रो भने तर प्रयोगमा ल्याएनन्।डा शंकरमान राईले भने कीर्तिपुर अस्पतालमा सुरु गर्छु भन्नु भयो। सुरु पनि गर्नुभयो। आनन्दवनका डा इन्द्र नापितले पनि गर्छु भनेर चासो दिनु भयो र सुरु भयो। कुष्ठरोगका घाउ निको पार्न डा पिन्टोले एलपिआरफ प्रविधिलाई खासै प्रयोग गर्नु भएको रहेनछ।यहाँको नतिजा देखेपछि डा पिन्टो पनि खुसी हुनु भयो।
जटिल घाउका बिरामीको उपचारमा चामत्कारिक सुधार आएपछि अब यो प्रविधि नेपालका सबै जिल्ला अस्पतालमा पुर्याउने लक्ष्य लिएका छौं। हामी १ सय १ वटा उपकरण नेपालभरि चन्दा दिन तयार छौं।यो उपकरणलाई साढे २ लाख रुपैयाँ जति पर्छ। हामीले नेपालका लागि न्यूनतम मूल्यमा यी मेसिन मगाएका हौं।हामीले सस्तोमा ल्याएपछि भारतका व्यापारीले किन्न खोजेका छन्।
यो मेसिन डा पिन्टोले चिनेका मानिसले बनाउने भएकाले सस्तोमा नेपालका लागि भित्र्याएका हौं। तर, हामी उपकरणको व्यापार गर्दैनौं।
नेपालका दुर्गम तथा ग्रामीण भेगमा भिरबाट, रुखबाट लडेर, ढुंगाले लागेर तथा अन्य विभिन्न कारणले जटिल घाउ लिएर बसेका धेरै बिरामी छन्। धेरै गरिब बिरामी पैसा नभएका कारण उपचार गर्न पनि आउँदैनन्।
तर, यो प्रविधि सबै जिल्ला अस्पतालमा पु¥याउने हो भने उनीहरुले नयाँ जीवन पाउनेछन्। यो विधिबाट उपचार गर्दा बिरामीले धेरै रकम खर्च गर्नुपर्ने छैन।सामान्य ड्रेसिङका लागि गर्ने खर्चको हाराहारीमा मात्र पैसा खर्च गरे पुग्छ। यसका लागि आवश्यक जनशक्ति तयार पार्न हामी 4 तथा स्वास्थ्यकर्मीलाई तालिम दिन पनि तयार छौं।