संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यले सन् २०३० सम्म विश्वव्यापी रुपमा स्वास्थ सेवामा पहुँच पुर्याउने लक्ष्य लिएको छ तर विश्वका विकासोन्मुख र अविकसित राष्ट्रहरुको सिमित स्रोत र साधन लक्ष्य पूरा गर्नमा चुनौती बनिरहेका छन्।
नयाँ स्रोत वा मोडलबाट स्वास्थ सेवा प्रवाह गर्ने सोचहरुको विकास भइरहेको छ। सरकारी-निजी साझेदारीमा स्वास्थ सेवा प्रवाह गर्ने मोडेल लोकप्रिय बन्दैछ।
नेपालको संविधानले सम्पूर्ण नेपालीहरुको आम स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरेसँगै बिगत को दुर्इ दशकमा नेपालले बाल स्वास्थ्य, मातृस्वास्थ्यमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। नेपाल मा पनि सरकारी–निजि साझेदारी मोडल मा स्वास्थ सेवा प्रणाली विकास गर्ने बहस चल्दै गर्दा नेपालमै पहिलो उक्त मोडेलमा स्वास्थ सेवा प्रणाली सुरु बयलपाटा अस्पताल अछाम र चरिकोट प्राथमिक स्वास्थ केन्द्र दोलखा चरिकोटबाट सुरु भएको हो।
२०७३ माघदेखि सुरु भएको चरिकोट प्राथमिक स्वास्थ केन्द्रको फार्मेसी विभागमा करिब २५८ प्रकार का औषधिहरु नि:शुल्क पाइन्छन् । यो फार्मेसी एक नमूना फार्मेसीका रुपमा रहेको छ।
आपूर्ति ब्यबस्थापन
फार्मेसी विभागमा क्यान भन कार्डको मध्यामबाट औषधिहरु को भौतिक मात्रा र आवश्क परिणाम निर्धारण गरिन्छ । क्यान भनको माध्यमबाट औषधि भण्डार तथा आपूर्ति शाखासँग माग गरिन्छ।
औषधि प्रिजर्भिङ तथा डिस्पेन्सिङ
यस प्राथमिक स्वास्थ केन्द्रको आफ्नै अस्पताल फर्मुलरी बनाइएको छ र सोहि फर्मुलारीमा सूचीकृत औषधि बमोजिम डाक्टर तथा पारामेडिक्सहरुले औषधि सिफारिस गर्नुहुन्छ। सवै औषधिहरु फर्मुलरी तथा आवश्यकताअनुसार नन फर्मुलरी औषधि जेनेरिक नाममा सिफारिस गरिन्छ। औषधिको डिस्पेन्सिङ दक्ष फर्मसिस्ट र फार्मेसी सहायकले बिरामीलाई भरपुर परामर्सका साथै औषधिको सम्पूर्ण ज्ञान दिनुहुन्छ।
प्रविधि तथा सफ्टवेरको उपयोग
यस अस्पताल मा सम्पूर्ण स्वास्थ सेवा तथा बिरामीको जानकारी इलेक्ट्रिकल मेडिकल रेकर्ड प्रणालीमा गरिन्छ । बिरामीको दर्ता प्रक्रियादेखि स्वास्थ जाँच, प्रयोगशाला जाँच, एक्सरे र उपचार को सम्पूर्ण रेकर्ड यही प्रणालीमा रहन्छ भने बिरामीलार्इ यूनिक आइडी (CKT-ID)नम्बर दिइन्छ र बिरामी को उपचार सकिए लगत्तै सम्पूर्ण स्वास्थ जाँचको रेकर्ड एउटा पेपरमा दिइन्छ जसलाई वन पेजर सिस्टम भनिन्छ।
औषधिको रेकर्ड प्रणाली
यस स्वास्थ केन्द्रबाट डिस्पेन्सिङ गरिने सम्पूर्ण औषधिहरु ओपन इअरपी सफ्टवेयरका माध्यमबाट रेकर्ड गरिन्छ र फार्मेसीमा भएको दैनिक औषधि खपत तथा भण्डारणको सम्पूर्ण जानकारी ओपन इअरपी सफ्टवेयरबाट लिइन्छ।
न्याय हेल्थ नेपाल तथा नेपाल सरकारको साझेदारी मा सञ्चालित यस प्राथमिक स्वास्थ केन्द्र मा दैनिक २५०-३५० जना बिरामीहरुले प्रतक्ष रुपमा नि:शुल्क स्वास्थ्य सेवा पाइरहेका छन् र फार्मेसी विभागले पनि सोहीअनुसार बिरामीलार्इ औषधिको समुचित प्रयोग तथा औषधिको नकारात्मक असर बारे परामर्स दिइ औषधिको दुरुपयोग, रेसिस्टेन्स बचाउन र अप्टिमम प्यासेन्ट कम्पिलिएन्स सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
(घिमिरे न्याय हेल्थ नेपाल चरिकोट प्राथमिक स्वास्थ केन्द्रकी फार्मेसी इन्चार्ज हुन्)