रोग पत्ता लगाउने, रोगको स्थिति पत्ता लगाउने, उपचारपछि रोगको अवस्था के कस्तो छ भनेर जानकारी लिन प्रयोगशाला परीक्षण गरिन्छ । यो बिरामीसँग मात्र सम्बन्धित नभइ स्वास्थ्य क्षेत्रसँग सम्बन्ध राख्ने सबै तह र तप्कासँग अन्तरसम्बन्धित छ । स्वास्थ्य क्षेत्रको आवश्यकतालाई महशुस गर्दै विभिन्न खोज अनुसन्धानबाट आजको ठाउँसम्म आइपुगिएको हो।
स्वस्थ व्यक्ति, स्वस्थ घर, स्वस्थ समाज हुँदै स्वस्थ राष्ट्र विश्व समुदायको चाहना पनि हो । मानव सूचाङ्कमा स्वास्थ्यलाई समेत आधार बनाएर संयुक्त राष्ट्र संघले पनि देश विकसित र विकासशिल गरि वर्गीकरण गरेको पाइन्छ । सामाजिक तथा आर्थिक सुरक्षाको दृष्टीकोणबाट हेर्दा स्वास्थ्य महत्वपूर्ण छ । स्वास्थ्य क्षेत्र बलियो बनाउन प्रयोगशाला विकास समयानुकुल हुनु आवश्यक छ । देश संक्रमणकाल पार गरी नया संरचनामा जाँदै गर्दा यहाँ रहेका केह िसमस्या र समाधानका उपायहरु सुझाउने जमर्को गरिएको छ।
प्रयोगशालामा प्रयोगमा आउने उपकरण तथा औजारहरुको क्वालिटी कन्ट्रोल पास गर्ने र गराउने आधिकारिक धारणा र निकायको अभाव छ। बजारमा के कस्तो उपकरणह चलेका छ, त्यसको उचित नियन्त्रण सर्वेक्षण र मूल्याङ्कन गर्ने निकाय छैन । सरकारी तहबाट प्रयोगशाला सम्बन्धि सामानहरु हेर्ने कुनै नीति वा संरचना हुनपर्छ । जसले गर्दा प्रयोगशालाका उपकरण तथा औजारहरुको गुणस्तरमा ढुक्क हुन सकिन्छ ।
१ प्रयोगशालामा प्रयोग हुने रसायनहरु के कस्ता प्रयोगमा छन् र तिनीहरुको गुणस्तरीयतामा मापन गर्ने गराउने स्पष्ट धारणा सहितको निकायको अभाव देखिन्छ । जस्तो औषधि व्यवस्थापन विभागले औषधिहरुको कम्पनीको नाम र दर तोकेको हुन्छ तर प्रयोगशालामा त्यो व्यवस्थापन गर्ने निकाय देखिँदैन । औषधि व्यवस्थापन विभाग जस्तै प्रयोगशाला व्यवस्थापन विभाग स्थापना गरी रसायन तथा प्रयोगशालामा प्रयोग हुने औषधिहरुमा कडाइ गर्नुपर्छ ।
२ आधारभूत पूर्वाधार बिना प्राविधिक शिक्षालयहरु खोलिएका छन् । यस्ता प्राविधिक शिक्षालयहरुलाई नियन्त्रण तथा गुणस्तरीय बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्छ।
३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट दिँदै आएको अनुमती पत्र पद्धती जो आफैँमा अन्योलपूर्ण र व्यवहारिक छैन । सैद्धान्तिक तथा प्रयोगात्मक परिक्षा गराएर मात्र अनुमति पत्र दिनुपर्छ वा नेपाल स्वास्थ्य व्यवसायी परिषद् जस्तै स्वास्थ्य प्रयोगशाला परिषद् हुनुपर्छ।
४ सरकारी नियकाबाट गर्दै आएको सुपरीवेक्षण र मूल्याङ्कन पनि खासै भरपर्दाे र व्यवस्थित देखिँदैन । सरकारी निकायले सुपरीवेक्षण तथा मूल्याङ्कन हुँदा अनिवार्य रुपमा प्राविधिकको निगरानीमा गर्नुपर्ने हुन्छ।
५ हाल देशमा कम्पनीबाट प्रयोगशालासम्म उपकरण तथा औजारहरु अनि रसायनहरु आइपुग्न जुन माध्यमहरु वर्तमान अवस्थामा देखिन्छन् । ती माध्यामहरुमा देखिने भण्डारण तथा ओसार पसारमा केही समस्या देखिन्छ । यो माध्यममा प्राविधिकहरुको संलग्नता नहुने र व्यापारी वर्गको मात्र उपस्थिति हु्ने हुँदा यो समयमा रसायनहरुको प्रभावकारिता घटेको हुन्छ । वितरणकर्ताहरुको माध्यममा प्राविधिक सहभागिता बढाएको खण्डमा स्वास्थ्य प्रयोगशाला सेवा गुणस्तरीय हुन जान्छ।
६ प्रयोगशलासँग सम्बन्धित पेसागत निकायहरु नीतिनिर्माण गर्ने तहसँग स्पष्ट पार्न नसक्नु मन्त्रालय तथा विभागमा प्रयोगशाला सम्बन्धि नीति तथा नियमहरु बनाउँदा प्रयोगशालाको प्राविधिकहरुको प्रत्यक्ष सहभागि गराई सुझाव लिएर नीति निर्णय गर्दा नितिगत रुपमा केहि सुधार हुने देखिन्छ।
७ रसायन तथा उपकरनहरु खरिदमा धेरैजसो अस्पतालमा प्राविधिक सल्लाह बिना नै प्रशासनिक व्यत्तिीहरुबाट खरिद गरिन्छ। प्रयोगशाला सम्बन्धि मानिसबाट खरिद गर्दा गुणस्तरीय सामान आउने हुँदा गुणस्तरीय सेवा प्रवाह हुन्छ।
८ प्रयोगशालासँग सम्बन्धित सबै परिक्षणह प्रयोगात्मक हुने हुँदा सम्पुर्ण परीक्षण र नतिजा निस्कने बेलासम्म तीनथरी गल्तीहरु हुन सक्छ । प्रिएनालाइटिकल इरर यसमा प्रयोगशालासँग सम्बन्धित व्यवस्थापन (रसायनको भण्डारण), कर्मचारी छनौट तथा कार्य सम्पादन, माथिल्लो निकायबाट गरिने सुपरिवेक्षण र मूल्याङ्कन, प्रयोगशालाको ठाउँको पर्याप्त उपलब्धता आदि पर्दछ। त्यसैगरी एनालाइटिल इरर हटाउने तरिका भनेको उपयुक्त तरिकाबाट परिक्षण गर्नु, स्ट्यान्र्ड अप्रेटिङ प्रोस्युडर हो भने भने पोस्ट एनालाइटिकल इरर घटाउन डकुमेन्टेसन तथा नतिजाहरु विश्लेषण गरी दिइनु हो । यो समयमा हुने विभिन्न चरणहरुको व्यवस्थापन गरी सही तरिकाले कार्य सम्पादन गर्नुपर्ने हुन्छ । यी गल्तिहरुलाई कम गर्नुपर्छ।
९ व्यापारमुखी निजी स्वास्थ संस्थाहरु र चिकित्सकहरुले अनवाश्यक परीक्षण गर्न लगाउनु पनि प्रयोगशाला भित्रको समस्या हो।
१० सरकारी अस्पतालमा हुने बढि भिड जसले गर्दा गुणस्तरीय सेवा प्रवाह गर्न गाह्रो हुने हुँदा विरामीको प्रवाह अनुसारको उचित दरवन्दी सिर्जना गरि गुणस्तरीय स्वास्थ्य प्रयोगशाला सेवा प्रवाह गर्न सकिन्छ।
११ निजी अस्पताल तथा 4 होमहरुले प्रयोगशाला कर्मचारीलाई दिँदै आएको पारिश्रमिक रकम पनि वर्तमान वातावरण अनुकुल नहुनु हो । जसलाई नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकार्षण जरुरी छ।
यी माथिका समस्याहरु विशेष गरी प्रणालीगत, भौतिक तथा मानवीय समस्याहरुसँग सम्बन्धित छन् । जसलाई समय सापेक्ष रुपमा वैज्ञानिक ढंगले समाधान गर्न सकियो भने प्रयोगशालामा देखिने समस्याहरु पूर्ण रुपले हल हुन गई गुणस्तरीय प्रयोगशाला सेवा प्रभावकारी रुपमा कार्यान्वयन हुन्छ।
(लेखक थपिलया नेशनल ट्रमा सेन्टरमा ल्याब्रोटरी टेक्निसियनका रुपमा कार्यरत छन्)