मुलुकी अपराध ऐन–२०७५ लागु भएसँगै मेरो चिकित्सक वृत्तमा धारा २३१ र धारा २३२ को विषयले चर्चा पायो। गुगलमा खोजी हेर्दा थाहा पाएँ धारा २३१ मा व्यवस्था गरिएको छ– बदनियत चिताई इलाज गर्न नहुने। त्यस्तै, २३२ मा उल्लेख छ– लापारबाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न नहुने उल्लेख रहेछ। एक त कानुनमा शब्द–शब्दको महत्व हुन्छ, पेसा डाक्टरी भएकाले कानुनका रकमी-कलमी भाषा त्यति नबुझिने । आफ्नो एक वकिल मित्र लाई सोधें । उनले ओठे जवाफ फर्काए, 'ऐन हो नि साथी यसको व्याख्या नियमावली आउनै बाँकी छ। ऐनमा यस्ता शब्दावली कति फितलो र असमान्जस्यपूर्ण छ ढंगले राखिएको छ। यस विषयमा अगुवाहरुले कुरा उठाइराख्नुभएको छ, सुनिवार्इ हुनुपर्छ र छिटो होस्। आज म यस्तै नियमको जन्जालले बिकसित हुने डिफेन्सिभ मेडिसिन र त्यसबाट प्रत्यक्ष्य लाभ लिने सरोकारवालाहरु कस्ता हुन सक्छन् भन्ने पाटो केलाउँदै छु।
एकछिज सोच्नुस्, ऐन लागु भयो, डाक्टरहरु कोही जेलमा कोही दैनिक तारिख धाउन थाले। सुरुमा त सोच्दै उदेक लाग्छ, खएर सोच्नुस्, अब दमले ग्रस्त श्रीराम पण्डित पुन: सास फेर्न गाह्रो भएर अस्पातल पुर्याइए, डाक्टरले हेर्दा बुढा ठिकै थिए। छोरा हरेराम भट्याउँदै थिए, 'डा साहब् ग्यारेन्टी गर्न सक्नुहुन्छ? भोलि तलमाथि पर्ला नि, होस् गर्नुस् है । हामी त छोड्दैनौ नि फेरि।'
बुझ्नुस् यस्ता शब्दवली एउटा डाक्टरले नेपालमा दिनकै ४-५ चोटी सुन्छ। ठीक छ डाक्टरले एउटा रगतको सामान्य जाँच र छातीको एक्स रे गरौं न त भने। एक्स रे भयो, दाहिने फोक्सोको टुप्पोमा एउटा ३ मिलिमिटरको सानो तिलको गेडो जात्रो दाग (नोड्युल) देखियो। डाक्टरले आफ्नो ज्ञान र बिबेकले भने, 'बुवाले खासै चुरोट पिउनु भाको होइन, उहाँको दम आज्मा हो र यसैपनि ४ मिलिमिटर भन्दा साना नोड्युलको क्यान्सर हुने सम्भब्यता न्युन हुन्छ, डराउनु पर्दैन।'
छोरा हरेराम पण्डितले पुन: भट्यायो, 'डा साहब ग्यारेन्टी गर्न सक्नुहुन्छ? भोलि तलमाथि पर्ला नि, होस् गर्नुस् है, हामी त छोड्दैनौ नि।' डाक्टर साहबले बिनम्रता पूर्वक भने, 'हेर्नुस् ग्यारेन्टी भन्ने कुरा हुँदैन, यसका लागि थप जाँच गर्न सिटी स्क्यान गर्न सकिन्छ। त्यसो भए गर्नुस्, भने, ठीक छ सिटी भो। सिटी हेर्ने रेडियोलोजीको डा साहबले रिपोर्ट लेख्नु भो, 'नोड्युल लेस देन ४ मिलिमिटर लेस लाइक्ली टू बि म्यालिग्नेन्ट भन्नाले ४ एमएम भन्दा कम साइजको दाग क्यन्सर हुने सम्भावना कम।' फेरी श्रीरामका छोरा हरेरामलाई यस्तो देखियो र भनियो, 'डा साहब ग्यारेन्टि गर्न सक्नुहुन्छ? भोलि तलमाथि पर्ला नि, होस् गर्नुस् है, हामी त छोड्दैनौ नि।'
अब ग्यारेन्टी कसले गर्ने ? डाक्टर साहबले भन्नु भो हेर्नुस्, 'हामीले पनि बैज्ञानीक तथ्यांकमा टेकेर भन्ने हो, तथ्यांकमा यस्ता प्रकृतिका दाग क्यन्सर हुने सम्भावना न्युन देखिएको छ तर ग्यरेन्टी त कसरी भन्नु हजुर?'
एवम प्रकारले बृद्ध श्रीराम पण्डितको सिटी गाइडेड एफएनएसि भन्नाले सिटि स्क्यानमा हेरेर, फोक्सोको मासु, सियोले झिकेर ल्याबमा पारीक्षणका लागि पठाइने भो। दुर्भाग्य श्रीराम बालार्इ यो प्रक्रियाका क्रममा 'टेन्सन न्युमोथोरेक्स' भो, यो भनेको फोक्सोमा भएको हावा फोक्सो र छातीको बिचमा भरिनु हो। हावा झिक्न चेस्टट्युब हालियो, पछि त्यही ट्युब हालेको ठाउँमा संक्रमण भो, इन्फेक्सन फैलियो। बुढा बिते।
अब हेरौं के गल्ती भो, ओभर डुइङ। हो सोच्नुस् चिकित्सहरुले मुद्दा खेप्नु पर्नेभो, जेल जानु पर्नेभो भने, स्वाभाविक रुपमा सम्भावना न्युन भएपनि हुन सक्ने अवस्थाका लागि ओभर रिइन्भेस्टिगेट ( रोग निदानका धेरै प्रक्रिया) गर्नुपर्ने अवस्था हुन्छ। यस हिसाबले गरिने टेस्टले अनावस्यक खर्च त छँदैछ, बिरामी र आफन्तलाई अनावश्यक मानसिक तनावका साथै बिरामीको स्वास्थ्यमै समेत गम्भीर असर पुग्न सक्छ। माथिको लगु कथामा फर्केर सोच्नुस् अनि हरेरामको ठाउँमा आफू र श्रीरामको ठाउँमा आफ्नो कोहीलाई राखेर सोच्नुस्।
डिफेन्सिभ मेडिसिन के हो भन्ने कुरा आयो। चिकित्सकिय अभ्यास बिज्ञानमा टेकेर तथ्यांकहरुको आधारमा तर्कसंगत रुपमा सोचेर निर्णयहरु लिँदै गरिने एक अभ्यास हो, शब्द धेरै भए यसलाई एक शब्दमा भन्दा हामी 'रेसनल प्राक्टिस' भन्छौं अर्थात् बिरामीको उपचारका लागि चाहिने अत्यावश्यक निदान र उपचार बाहेक भविष्यमा केही भइपरी आएमा आफू बाँच्न गराइने निदान र उपचार। अब दुनियाँमा डाक्टरले सबैभन्दा धेरै मुद्दा खेप्ने मुलुक अमेरिका हो। अब सोच्नु होला, ओ हो अमेरिकामा पनि त यस्तो कानुन रहेछ, हामीले पनि ल्यायौं, यो त चल्तीको भाषामा अग्रगामी छलाङ हो आदि इत्यादि। मान्यवर यसलार्इ केलाएर हेरौं। सन् २००५ मा पेन्सिल्भेनिया राज्यमा भएको एक अध्ययन ले के देखायो भने ९२ प्रतिशत डाक्टरहरु समभावित मुद्दा र कानुनी जन्जालबाट बच्न खासै नचाहिने जाँच गराउँदा रहेछन्।
डिफेन्सिभ मेडिसिन अमेरिकाको ठूलै समस्या हो। अमेरिकामा मेडिकल सर्भिस अती महँगो हुनुमा धेरै हदसम्म त्यहाँ गरिने डिफेन्सिभ मेडिसिन अभ्यासको भूमिका छ। अब नचाहिने इन्भेस्टिगेसन गर्दै जाँदा, त्योसँग असरहरु कुन हदसम्म हुन सक्छन् भनेर श्रीराम र हरेराम पण्डितको कथा अघि सुनाइसकें। यो भन्दा अझ डर लाग्दो उदाहरण छ, क्यालिफोर्निया राज्यमा २००१ देखी २००५ सम्म कारीब ५ प्रतिशत सर्जनहरु राति गरिनुपर्ने इमर्जेन्सी सर्जरी पनि फसिने डरले अर्को दिन दिउसो पूरै टिम भएको अवस्थामा गर्दा रहेछन्। अब सोच्नुस् – यस्तै अवस्था नेपालमा भो, एक अति गरिब 'एक्लाम्प्सिय'ले ग्रस्त सुत्केरी महिला कालिकोट अस्पातलमा पुगिन्। आाइसियु छैन। दुर्इजना मेडिकल अफिसर छन्, डिसिजन के लिने ? हिम्मत गरेर अप्रेसन गर्ने कि 'यो छैन त्यो छैन' भनेर सुर्खेत र नेपालगञ्ज पठाउने। यसले घुमाउरो रुपमा बिरामीलार्इ नै समस्या पार्ने हो।
अब सोच्नुस् डाक्टर लाई मुद्दा लाग्दै गयो । प्रती ब्यक्ति ५ को दरले मुद्दा लाग्यो । अब कानुनी राज्यमा मुद्दा खेपे पछि वकिल खोज्नै पर्यो। महंगो हुने नै भये । भीडले क्षतिपूर्ति तिराउन थालेको लगभग १५ वर्ष भो। अब डाक्टरले खर्च धान्नै नसक्ने अवस्था आयो रे । यस्तै क्रममा कुनै ठूलाबडा पुत्रपुत्री इन्स्योरेन्स प्रालि देखि ठग्-ठाग बहुउद्देस्यीय सहकारीसम्मले डाक्टरलाई लाक्षित गरेर लाग्न सक्ने मुद्दा र तिर्नुपर्ने क्षतिपुर्तिको बिमा स्किम ल्याउनेछन्।
नयाँ नसोच्नुस्, यो पश्चिम तिर फस्टाएको धन्धा हो। याद गर्नुहोला, अब यो खेलोमा केही वर्षपछि माल्प्राक्टिस इन्स्योरेन्सको नाममा नयाँ प्रायोजकहरु थपिनेछन्। यो त फाइनान्स र इन्स्योरेन्स सेक्टरलाई सम्भावित नयाँ व्यवसाय भयो। सबै डाक्टर र अस्पातलले माल्प्राक्टिस इन्स्योरेन्स किन्न पर्ने भएपछि सेवा शुल्क त अवस्य बढ्छ। यसको प्रत्यक्ष असर बिरामीलाई नै पर्छ।
यो दृष्टान्त उल्लेख गर्दैगर्दा सबै डाक्टर अब्बल छन् । खराब कोही छैनन् भन्ने मेरो आशय होइन, खराबलाई कानुनी दायरामा ल्याउनुपर्छ। बिगत १०-१५ वर्षदेखि नेपाली समाजमा डाक्टर प्रति नकारात्मक धारणाको विकास हुँदै गएको छ। यो कानूनले संस्थागत गरिदियो ।
'रणबहादुर शाहकी अति मन परेकी बाल विधवा ब्राह्मणी महारानी नम्बर ३ कान्तिवतीको क्षयरोगले मृत्यु भयो। उपचार गर्ने बैद्यलाई ब्यथा नचिनेको आरोपमा कारबाही स्वरुप छाला काडेर नुनचुक दलेर काटियो। बैद्यका सन्तान लाई ४ भञ्ज्याङ कटाइयो। बैद्यलाई काट्ने डुमलाई राजाको धित मर्ने गरी काटेको भनेर क्षत्रीमा जातोन्नती गराइयो र रण-निगाहपुरको बिर्ता दिइयो। सुनिएको इतिहास हो । सत्यता पनि होला।'
यो प्रशंग किन उठाइएको हो भने अहिलेको परिस्थित हेर्दा त्यही समाज र त्यही चेतनाको झल्को देखिन थालेको छ।