क्यान्सरको नाम सुन्ने वित्तिकै हामी डराउँछाैँ ।पुरुषमा प्रायः गला,प्रोस्टेट,जीब्रो, खानाको नली आदिको क्यान्सर देखिन्छ भने महिलामा प्राय गर्भाशय, स्तन, पित्ताशय, थाइरायड आदिको क्यान्सर देखिन्छ।
महिलामा हुने स्तन क्यान्सर आजको समयमा निकै चुनौतीपूर्ण बन्दै गइरहेको छ। स्तनकाे मुन्टाेमा अलग महसुस हुनु, स्तनकाे मुन्टाेबाट तरल पदार्थ अाउनु,स्तनमा बदलाव आउनु जस्ता लक्षणहरु स्तन क्यान्सरमा देखिन सक्छन्।
समयमानै स्तन क्यान्सरको पहिचान गरेमा निकाे पार्न सकिन्छ।
आयुर्वेद अनुसारका आहार विहार पद्धति र विभिन्न योग आसनलाई जीवनमा उपयोग गर्न सके यसबाट हुने जटिलतालाई रोकथाम गर्दै स्वास्थ्य लाभ लिन सकिन्छ।
आयुर्वेद:
-आयुर्वेदका अनुसार अलसी बीजमा क्यान्सरसँग लड्न सक्ने क्षमता भएका धेरै चिजहरु जस्तै ओमेगा ३,लिगनानस आदिमा पाइन्छन् . त्यसैले सहजताका लागि यसको पाउडर बनाएर दाल,तरकारी,सलादसँग मिलाएर खान सकिन्छ।
-बेसारले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथ साथै शरीरको दोषहरुलाई बाहिर निकाल्न मद्दत पुर्याउदछ।पकाएर भन्दा नपकाइकन शुद्ध बेसार प्रयोग गर्नु उपयुक्त छ।
-देसी गाईको मूत्र ,ग्रीन टी,गहूँ,आटा,सोयाबीन र अनारको सेवन स्तन क्यान्सरका निम्ति फलदायी छ।
-लसुनमा धेरै मात्रामा एंटीअंक्सीडेंट प्रोपटी पाइने हुनाले काँचो लसुन नियमित खाँदा क्यान्सर फैलाउने काेषिकाहरूबाट बचाउदँछ।
-आर्गेनिक फलफूल, तरकारीको सेवन तथा रातभरी तामाको भाँडोमा जम्मा गरेको पानी बिहान खाली पेटमा पिउँदा समेत स्तन क्यान्सरको उपचारमा फाईदाजनक हुनसक्छ।
योग:
विभिन्न अनुसन्धानका अनुसार, स्तन क्यान्सरका बिरामीहरु जसले नियमित योग अभ्यास गर्छन् उनीहरुको स्वास्थ्य र जीवनमा गुणस्तरीय सुधार आएको देखिन्छ।
योगले हाम्रो शरीरमा नसाहरूकाे सन्जाल दुरूस्त राख्दै स्तनमा रगत जाने प्रणालीलाई सफा बनाउनमा मद्दत गर्दछ।
योगले क्यान्सर पीडित बिरामीको निन्द्रा ,एकाग्रता र सकारात्मक सोचमा समेत बढवा ल्याउँछ।विशेषज्ञ क्यान्सर उपचार पद्धति (विकिरण उपचार, हर्मोनल उपचार,कीमोथेरापी,सर्जरी) अन्तर्गत रहँदा पनि रोगीले डाक्टरको परामर्श र योग विशेषज्ञको निगरानीमा योग अभ्यास गर्न सक्दछन्।
निम्न योग आसनहरु आफूलाई सहज हुने किसिमले आफ्नै गतिमा गर्दा स्तन क्यान्सरसँग जुध्न सकिन्छ :
१.अर्धमत्स्येन्द्रासान
२.वीरासान
३.शवासान
४.वीरभद्रासान २
५.सेतुबंधासन
६.अंजनेयासन आदि।
यसरी रोग लाग्नु अगावै, आयुर्वेद र योगलाई प्राथमिकताका साथ जीवन पद्धतिमा नै लागू गर्न सके स्तन क्यान्सर हुने भयबाट हामी र हाम्रो समाज टाढै रहन सक्छ।
स्मरण रहोस क्यान्सर भइसकेको अवस्थामा भने अस्पतालमा गएर उपचार गर्नुपर्छ।
(लेखक घिमिरे चिकित्सा शास्त्र अध्ययन संस्थान, व्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरीमा अध्यनरत छन्)