प्रयोगशालाको क्षेत्रमा चितवनमा जनशक्ति धेरै कम छ। भरतपुर अस्पतालमा दैनिक ६ सयको हाराहारीमा नमुना आउने गर्छ। तर, जनशक्ति जम्मा १८ जनाको छ। भरतपुर अस्पतालमा सबै खालका विशेष परीक्षणहरु हुन्छन्। यहाँबाट २४ सै घण्टा सेवा दिइन्छ। चितवनमा अस्पताल र स्वास्थ्य संस्था बढेसँगै ल्याबको संख्या पनि बढिरहेको छ। काठमाडौं बाहिरको ल्याब भन्नेबित्तिकै सबै नराम्रा नै हुन्छन् भन्ने बुझाइ छ। तर, काठमाडौं बाहिर पनि राम्रा ल्याब छन्। सबै ल्याबमा गुणस्तरीय सेवा छ भन्न सक्ने अवस्था भने छैन।
केही अपवादबाहेक निजी ल्याबमा गुणस्तरको समस्या छ। चितवनका सरकारी अस्पतालमा नै गुणस्तरीय ल्याब सेवा छ। निजी संस्थामा कसरी नाफा कमाउने भन्ने नै बढी ध्यान हुन्छ। विभिन्न कारणले ल्याबको समान समयमा नै किन्न नसक्नु नै सरकारी अस्पतालमा ल्याबको मुख्य समस्या हो। चितवनलाई मेडिकल हबको रुपमा देख्न चाहने हो भने एउटा नियमनकारी निकाय हुनुपर्छ। जसले क्रिटिकल ल्याब टेष्टहरुको गुणस्तर मापन गर्नुपर्छ। ल्याबको अनुगमन गरेर गुणस्तर कायम गर्नुपर्छ।
अर्को कुरा, ल्याबमा हुने सबै परीक्षणको शुल्क पनि तोक्न आवश्यक छ। सर्वप्रथम त मेडिकल सिटीमा जानुभन्दा अगाडि नै नियमनकारी निकायले केमिकल सामग्रीहरुको लिस्ट तयार गरेर मूल्य तोक्नुपर्छ। अहिले मूल्यमा पनि मनपरी छ। ल्याब टेष्टहरुमा पनि कतिसम्म शुल्क लिन पाउने, कुन क्लासको ल्याब हो र सामग्रीको मूल्य कतिसम्म लिन पाउने भन्ने निश्चित हुनुपर्छ।
यो पनि पढौं :
स्थलगत रिपोर्ट :