डा द्वारकानाथ रेग्मी स्वास्थ्य मन्त्रालयको पूर्व अतिरिक्त सचिव हुन्। उनी स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक समेत हुन्। चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का संस्थापक सहायक डीन र महाराजगञ्ज क्याम्पस प्रमुखका रुपमा चिकित्सा शिक्षालाई प्रवद्र्धन गर्न उनले ठूलो भूमिका निर्वाह गरे। स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव र लोकसेवा आयोगका सदस्यजस्ता नीति निर्माण गर्ने ठाउँमा पुगेर उनले आफ्नो विज्ञता देशका निम्ति खर्चिएका छन्। ८९ वर्षका डा. रेग्मीसँग नेपाली चिकित्साको मात्रै होइन, नेपालकै इतिहास छ। उनीका थुप्रै अनुभव र सम्झनामध्येको एक सम्झनालाई हामीले यहाँ प्रस्तुत गरेका छौं :
झण्डै ५२ वर्षअघिको कुरा हो। त्यो समयमा नेपालको गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला हुनुहुन्थ्यो। गृहमन्त्री या कुनै मन्त्री पनि उच्च ओहदाको पदको कुर्सीमा सधैँ फूलैफूलले भरिएको मात्र नभई कहिलेकाहीँ काँडामा पनि बस्न पुगिन्छ। इो बाध्यता र तथ्य हो। राजकाल चलाउँदा मनमा दया–माया भएता पनि देखाउँदा कहिलेकाहीँ गोली पनि चलाउनु पर्दछ।
त्यस्तै, कुनै घटना घट्न गयो, गोली चल्यो। एक व्यक्तिको गोडामा गोली लाग्यो, त्यो व्यक्तिले भरखरै प्राप्त वाकस्वतन्त्रताको अधिकार प्रयोग गर्यो। आफ्नो गोडाको फुटेको हाड देखाउँदा भूगोलपार्कमा भीड थियो, नाराबाजी भयो। भर्खरै सिकेको जिन्दाबाद–मूदावादले नयाँ सडक गुञ्जियो। इतिकैमा पुलिसले कसैलाई समातेर थानातिर लग्यो।
ज्नसमूहको हुल पनि थानातिर बढ्यो। यो सबै भाषण, नाराबाजी र हुलपछि लागेको म पेटीमा बसेर हेरिरहेको थिएँ। सबैजसो निकै पर पुगेपछि मलाई पनि त्यतै जान मनलाग्यो र म पनि उतै लागेँ। म त्यहाँपुग्दा त हनुमान ढोकाको प्रहरी कार्यालयको ढोकामा विशाल हुल देखेँ। केहीबेर अघिसम्म हुलबाट पर सडकको पारि पेटीमा बसेर तमासा हेर्ने म केले कुत्कुत्याएछ थानाको ढोकामा बसेको हुललाई छिचोलेर के भएको रहेछ भनेर अगाडि पुगेँ।
थानाको ढोकालाई छोडेर भीड झन्डै लाम कसेर गोलाकार जस्तो गरी सबै बसेका रहेछन्। किन यिनीहरु ढोकाभन्दा यति टाढा बसेका र किन अगाडि नबढेको भन्ने कुरा म पछि भएकाले थाहा पाउन सकेको थिइन। म यो कुरा कसैलाई नसोधी त्यो घेरा काटेर भित्र पसेँ।
एकैछिनमा त्यहाँ जम्मा भएका सबै मानिसको मुखबाट हा..हा.. भनेको आवाज आयो। पिरो पिरो हुँदै गयो। धुँवा पुतपुत आइरह्यो। पहिला त केही बुझिनँ। पछि पो थाहा पाएँ। घेरा काटेर भित्र छिरेको देखेपछि थानाबाट अश्रुग्यास (टियरग्यास) त मलाई नै लक्ष्य गरेर हानेको रहेछ। टियरग्यास देखेपछि मैले पनि त्यसलाई विगतमा अन्य मानिसले समातेर जसले हानेको हो उसैलाई हाने झैँ समातेर फालिदिएँ। तर मैले समातेको टियरग्यास मैले पहिला पहिला देखेजस्तो लाम्चो र समात्न हुने कागजको नली भएको जस्तो थिएन। त्यो त डल्लो थियो। त्यो डल्लो ग्यासलाई समातेर थानको झ्यालभित्र फाल्न त सफल भएछु।
तर, मेरो हात पनि पोल्यो र त्यो बेगले निस्केको धुवाँ मेरो मुख, नाकमा यस्तो जोडले पस्यो कि म त तत्कालै बेहोस भएर ढलेछु। म लडेको देखेपछि कसैले ‘म¥यो, म¥यो’ भनेको मात्र सुनेँ। त्यसपछि अरु सुनिनँ। पछि थाहा भयो कि मैले त्यो डल्लो फालेपछि थानाबाट गोली नै हानेछन्। तर मलाई लागेनछ। धेरै दिनपछि कालभैरव मन्दिरको भित्तामा हामी साथीहरुसँगै गएर हेर्दा पो भित्ताको दर्शनढुंगाको चोइटा देख्यौँ।
म लडेपछि मलाई साथीहरुले उठाएर काठमाडौं मेडिकल हल पु¥याएछन्। त्यहाँ सबैको रायअनुसार मलाई धारामा नुहाइदिइरहेका थिए र केही बेरपछि मेरो होस आयो। सारा शरीर पोलिरहेको र वाक्य बन्दजस्तो थियो।
होसमा आउँदा त चारैतिर भीड जम्मा भएको रहेछ। म्ेरो साथी मोहनराम, शंकर गिरी, बासुदेव ढुंगाना र अरुहरु सबैलाई त्यहाँ देखेँ। त्यसपछि के–के औषधि खुवाए।
भीडबाट त कसैले माया गरेको, कसैले गाली गरेको र केके–केके भनेको सुन्दा आफूलाई लाज र किन यस्तो गरेँहुँला भन्ने ग्लानि भयो।
अहिले पनि मलाई म त्यतीबेला त्यो थानाको ढोकाको घेराभित्र किन पस्न पुगेँ भन्ने कारण थाहा छैन। त्यतीबेला मलाई हानेको गोली किन लागेन, यही नै आश्चार्य लाग्छ। उनीहरुले गोली चलाउनुपर्ने पनि स्थिती भइसहेको रहेछ र थानाभित्र पस्न खोज्नेलाई गोल्ी हानिन्छ भनेर अग्रिम सूचना पनि भइसकेको रहेछ। टियरग्यास हातले उतै फालेपछि म किन पछाडि फर्किन? यी सबै कुरा सम्झँदा कताकता दुःखेको जस्तो अनुभव हुन्छ।