औषधि ऐनको कार्यान्वयन गर्नका लागि थुप्रै नीतिनियमहरु बनेका छन्। जसमध्ये अस्पताल फार्मेसी निर्देशिका एक हो। स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न फार्मेसी विषयका दक्ष जनशक्ति मार्फत् अस्पतालहरुबाट आफ्नै फार्मेसी सेवा सञ्चालन गरी बिरामी एवं सेवाग्राहीहरुलाई सुलभ एंव गुणस्तरीय सेवा पुराउन उद्देश्यले निर्देशिका जारी गरिएको हो । निर्देशिकाले अस्पताल फार्मेसी संचालनका निम्ति आवश्यक विषय समेटेर सोही अनुरुप अघि बढ्न निर्देशित गरेको छ।
के छ निर्देशिकाभित्र ?
कुल २४ दफा रहेको निर्देशिकाभित्र अस्पताल फार्मेसी संचालनका निम्ति आवश्यक अस्पताल फार्मेसी तथा थेराप्युटीक समिति, अस्पताल फार्मेसी संचालन समिति, औषधि र औषधीजन्य सामाग्री र पदार्थको खरिद प्रक्रिया ,अस्पताल फार्मेसीको लागि चाहिने जनशतिm, अस्पताल फार्मेसीको भौतिक पूर्वाधार, अस्पताल फर्मुलरी निर्माण लगायतका विषय समेटिएकधा छन्।
अस्पताल फार्मेसी तथा थेराप्युटीक समिति
अस्पतालमा औषधि र औषधीजन्य पदार्थबाट दिईने सेवा व्यवस्थित एंव प्रभावकारी रुपमा संचालनका निम्ति अस्पताल प्रमुख अध्यक्ष ,फार्मेसी प्रमुख सदस्य सचिव र अन्य विभाग प्रमुख सदस्य रहने गरी समिति गठनको व्यबस्था गरीएको छ । उक्त समितिको केही मुख्य काम, कर्तव्य र अधिकार यसप्रकार रहने व्यवस्था छः
- अस्पताल फार्मेसीमा राखिने औषधि र औषधिजन्य पदार्थको सूची निर्धारण गर्ने
- अस्पताल फर्मुलरीको स्वीकृति दिने वा थपघट गर्ने
- औषधीको प्रतिकुल प्रभावको अनुगमन गर्ने
- अस्पताल फर्मुलरीमा आधारीत औषधीको सूचीसहितको प्रेस्क्रिप्सन ढांचा तयार गर्ने
- अस्पताल फार्मेसीको लागी जनशक्ति
- अस्पतालको संरचनाअनुसार अस्पताल फार्मेसी सञ्चालनका निम्ति निम्न अनुसार स्थायी जनशक्तिको व्यबस्था हुनुपर्ने प्रावधान छः
वर्तमान अवस्था
निर्देशिका बनेको बर्सौं भइसक्दा पनी आजको दिनसम्म पूर्ण कार्यान्वयन नहुनु बिडम्बना हो । बिरामी एंव सेवाग्राहिलाई दक्ष जनशक्ति मार्पmत सुलभ एवं गुणस्तरीय सेवा दिनु सरकारको दायित्व भएपनि उचित अनुगमन र समय सापेक्ष परिमार्जित नहुँदा अस्पताल फार्मेसीले अप्ठ्यारा ब्यर्होनु परेको छ । ती यसप्रकार छन्ः
साबिकका केन्द्रीय, क्षेत्रीय, जिल्ला अस्पतालमा आफ्नै अस्पताल फार्मेसी बनाउने गरी केन्द्र सरकारले बजेट व्यबस्थापन गरेकोमा हालसम्म पनि सबै ठाउँमा फार्मेसी खोलिएको छैन।
खोलिएका फार्मेसीमा पनी जनशतिm व्यबस्थापन कमजोर छ । अधिकांस फार्मेसीमा अन्य समूहका कर्मचारीबाट औषधि वितरण हुन्छ ।
चौबिसै घण्टा खुल्नुपर्नेमा अधिकांस फार्मेसी १० देखि ५ बजेसम्म मात्र खुल्ने गरेका छन्।
अस्पतालले अस्पताल फार्मेसीलाई प्राथमिकतामा नराखेको र आवश्यक सहयोग नगर्दा सेवा प्रवाहमा कमी आएको कार्यरत फर्मासिस्टको गुनासो छ।
सरकारी औषधि खरिद प्रक्रिया जटिल र लामो समय लाग्ने हुँदा माग अनुसार आपूर्तिमा कठिनायी हुने गरेको छ । जसको प्रत्यक्ष असर सेवाग्राहीलाई पर्ने गरेको छ।
अस्पताल हाताभित्र र वरीपरी निजी फार्मेसी राख्न नपाइने भएकाले हटाउन पटक–पटक सर्वाेच्च अदालतको आदेश बिपरित हालसम्म पनि निजी फार्मेसी सञ्चालित हुँदा अस्पताल फार्मेसीको सेवामा असर परेको छ।
अस्पताल फार्मेसी तथा थेराप्युिटक समिति गठन नहुँदा अस्पतालभित्रका सबै स्वास्थ्य समूहसँगको समन्वयन गरी फार्मेसीमा हुनुपर्ने र गरिनुपर्ने अन्य कार्य गर्न नसक्दा प्रभावकारी रुपमा फार्मेसी ञ्ंचालनमा कठिनाई हुने गरेको छ।
अन्त्यमा निर्देशिकाको मर्म बुझेर निर्देशिकाले निर्देश गरेअनुरुपका सम्पूर्ण बुँदाहरुको कार्यान्वयनमा सम्बन्धि निकायको ध्यान जानु अति आवश्यक छ । यस्तो भएमा मात्र अस्पताल फार्मेसी खोलिनुको औचित्य रहन्छ र बिरामी वा सेवाग्राहीले सुलभ एवं गुणस्तरीय सेवा पाउनछन् अन्यथा निर्देशिका मात्र थुपारेर जनताको गुणस्तरीय सेवा पाउने अधिकारबाट बन्चित गराइएको ठहरिनेछ।
तिमिल्सेना स्वास्थ्य कार्यालय प्युठानमा फार्मेसी अधिकृतका रुपमा कार्यरत छन्।