को ठूलो, को सानो? कसको पढाइ कति, कसले कति काम गरेको छ, कसको उमेर कति? यस्ता यावत कुराहरुको दोहोरीले कहिलै पनि निकास निस्किँदैन। न यहाँ दोष सिअहेवको छ, न त हेअको नै। जति दोष छ, हाम्रा विगतका खराब नीति–निर्माताहरुको छ। यो विषय सबैले बुझ्न जरुरी छ।
सवाल, कसका मुद्दा सही र कसका गलत भन्नेमा हो। यदि यसको जवाफ दुवैथरीले आफनो पदीय मर्यादा, हैसियत र बालहठबाट माथि उठेर दिने हो भने यसको एउटै जवाफ हुनेछ, दुवैथरीका मुद्दाहरु सहि छ्न, समान छन् अनि सन्दर्भिक पनि छ्न्।
अब कुरा गरौ समाधानको। जब समस्या अनि छन् भने समाधानको खोजी किन फरकफरक बाटो र फरक फरक तरिकाबाट खोजिँदै छ? देश के काँचुली फेरि सक्यो? शासन व्यवस्था परिवर्तन भइसक्यो? देशमा एउटा सरकार होइन, तीन–तीन तहका सरकार भइसके। तर मेरो व्यक्तिक्गत आनुभवको कुरा गर्ने हो भने सिअहेव र हेअमा को ठूलो, को सानो भन्ने द्वन्द्व चलेको थाहा पाएको नि झन्डै एक दशक भइसकेको छ।
हजारौंको बलिदानी दिएको, रगत बगाएको अनि कुनै बेला टाउकाको मूल्य तोक्ने र तोकिनेहरु एउटै ठाउँमा उभिएको इतिहास हाम्रै सामु छर्लङ्ग छ। त्यसैले हाम्रा समस्यालाई साझा बाटोबाट समाधान गर्न सकिँदैन र? के हामी एक ठाउँमा बसेर स्वस्थ वैचारिक बहसबाट निकास निकाल्न सक्दैनौ र?
के हामीले यसको दीर्घकालीन समाधान गर्न सक्दैनौ र? अनि जसको जतिबेला पावर र पहुँच पुग्यो आफू आनुकुल निर्णय गरायो, हिँड्यो। यही हो त हाम्रो नैतिकता? आउनुस् हातेमालो गरौं यो परिस्थितिलाई एउटा निकास दिउँ र सधैंका लागि सामाधन गरौं।
यहाँ हाल सिअहेव र हेअमा देखिएका समस्याको समाधान खोज्ने चेष्टा गरिएको छ:
१. पाँचौ तह र छैटौं तहमा कार्यरत (हेअ/सिअहेव) रहेका पाँचौ तहको लागि न्युनतम शैक्षिक योग्यता भएकाहरुलाई ऎन संशोधन र लोकसेवाको प्रक्रिया पूरा गरी पदस्थापना भएकै दिनदेखि जेष्ठता कायम हुनेगरी छैटौं तहमा पदस्थापना गरिनु पर्ने।(एक चोटीको लागि मात्रै)
२. ऎन संशोधिन गरी अब उप्रान्त हेअको सेवा प्रवेश तह छैटौं बनाउनुपर्ने जसले भविष्यमा पनि विवाद आउँदैन।
३. स्वास्थ्य चौकी, प्रास्वाके र आस्पतालको दरबन्दी टेरिज बनाउदा हेअ छैटौं / जस्वानिको दरबन्दी कायम गरिनु पर्ने।
४. स्वास्थ्य चौकी प्रमुख हेअ छैटौं /जस्वानि हुने व्यवस्था गरिनु पर्ने।
५. जनस्वास्थ्य अधिकृतको सेवा प्रवेश तह आठौं हुनु पर्ने।
(हेल्थ असिस्टेन्ट अवस्थी देउलीकोट स्वास्थ्य चौकी, बझाङमा कार्यरत छन्)