भारत- गुजरातको अहमदाबादमा भएको हवाई दुर्घटनाले थुप्रै जिन्दगी लिइसकेको छ। सो दुर्घटनामा परेका एक परिवारको तस्वीर अहिले सामाजिक मिडियामा निकै भेरै सेय भइरहेको छ - तीन बच्चाहरू र तिनीहरूको अभिभावकहरूको सेल्फी, ती जोडी पेशाले चिकित्सक थिए।
यो परिवार लामो समय पछि एकसाथ बस्ने आफ्नो सपना पूरा गर्न बेलायत जाँदै थियो।
उडान अघि खिचिएको यो सेल्फी अब तिनीहरूको आफन्तहरूको लागि तिनीहरूको अन्तिम सम्झना बनेको छ।
यो दुःखद दुर्घटनामा डा. प्रतीक जोशी, उनकी पत्नी डा. कौमी व्यास, उनकी आठ वर्षीया छोरी मिराया र पाँच वर्षका जुम्ल्याहा छोरा प्रद्युत र नकुलको मृत्यु भएको छ। गुजरातको सिमाना नजिकको राजस्थानको बाँसवाड़ा जिल्लाका डा. प्रतीक जोशी एक रेडियोलोजिस्ट थिए। उनी चार वर्षदेखि बेलायतमा बस्दै थिए र रोयल डर्बी अस्पतालमा रेडियोलोजिस्टको रूपमा काम गरिरहेका थिए।
उनकी पत्नी, पाथोलोजिस्ट डा. कौमी व्यास, उदयपुरको एक निजी मेडिकल कलेजमा एसोसिएट प्रोफेसरको रूपमा काम गर्दै थिइन्। उनले एक महिना अघि राजीनामा दिएकी थिइन्।
अहमदाबादमा रहेका डा. प्रतीक जोशीका कजिन डा. चिन्तन जोशीले भने, 'लगभग बार वर्ष अघि डा. प्रतीक र डा. कौमीको विवाह भएको थियो। उनीहरूको आठ वर्षकी छोरी र पाँच वर्षका जुम्ल्याहा छोरा थिए।'
डा. चिन्तनका अनुसार डा. प्रतीकका पिता डा. जयप्रकाश जोशी रेडियोलोजिस्ट र आमा डा. अनिता जोशी फिजिशियन हुन्। उनीहरू बाँसवाड़ामा अभ्यास गर्छन्।
कौमी व्यासका माता-पिता अब सेवानिवृत्त हु्न्। उनका पिता पीडब्ल्यूडी विभागका इन्जिनियर थिए र आमा निकुन्ज व्यास सरकारी स्कूलमा शिक्षिका थिइन्। उनीहरू अहिले बाँसवाड़ामा बस्दैछन्। डा. प्रतीक जोशी र डा. कौमी व्यासका माता-पिता र थुप्रै परिवारका सदस्य अहमदाबादबाट लन्डन यात्रा गर्न लागेको यस परिवारलाई विदाइ गर्न पुगेका थिए।
अब यी सबै आफन्तहरूले आफ्ना प्रियजनका शवको पहिचानको लागि डीएनए नमूना दिएका छन् र रिपोर्टको प्रतिक्षा गर्दैछन्।