करिब १५ वर्षअघि नेपालमा नवजात शिशुको अवस्था विकराल थियो। नवजात शिशु मृत्युदर पनि उच्च थियो। यसैका लागि भनेर धेरै कार्यक्रम पनि बनेका थिएनन्।
त्यो समय म सेभ द चिल्डे«नसँग आवद्ध थिएँ। सन् २००४ मा मातृ तथा नवजात शिशु मृत्युदर रोक्न विभिन्न पहल सुरु भएको थियो। २००४ मै नवजात शिशु रणनीति पनि बनेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकै पछि रणनीति बनाएको हो।
त्यसका लागि निकै कसरत गर्नुपरेको थियो। त्यो बेलामा परिवार स्वास्थ्य महाशाखा र बालस्वास्थ्य महाशाखा पनि अलगअलग थियो। काम गर्न निकै कठिन। एकै ठाउँमा भए काम गर्न सजिलो हुन्थ्यो भनेर निकै कोसिस पनि गरेको थियौँ।
आमा र बच्चाको कार्यक्रम यी दुई महाशाखाबाट छुट्टाछुट्टै हुन्थे। गर्भवतीको विषय परिवार महाशाखा र बच्चा जन्मिएपछि बालस्वास्थ्यले हेर्थे। निकै समस्या हुन्थ्यो काम गर्न। अहिले यी महाशाखा गाभिएका छन्। सायद काम गर्न सजिलो भएको होला।
त्यो रणनीति बनाउँदाको एक सदस्य हुँ म। हामीले निकै मिहिनेत गरेर बनाएका थियौँ। त्यस अघिसम्म मातृमृत्यु दर घटाउने मात्र कुरा हुन्थ्यो। धेरै त्यसकै लागि कार्यक्रम थिए।
अहिले पनि जुन रुपमा कार्यक्रम र लगानी भएको छ, त्यो रुपमा नवजात शिशुको मृत्युदर घट्न सकेको छैन। तर पहिलेभन्दा निकै कम भएको भने पक्कै हो।
तर, घट्न नसक्नुमा नेपालको भौगोलिक अवस्था, पर्याप्त जनशक्तिको अभाव, सबै स्थानमा स्वास्थ्य सेवाको पहुँच नहुने कारण पनि छन्।
हामीले नवजात शिशु रणनीति बनाउँदा सितांग भएर नवजात शिशुको मृत्यु हुने दर निकै उच्च थियो। यो देखेर हामी आश्चर्यमा परेका थियौँ।
किनभने हामीले निस्सासिएर समयअघि नै जन्मिने शिशुको मृत्यु धेरै हुन्छ भनेर पढेका थियौँ। हुन त समग्र हेर्ने हो भने निस्सासिएर मर्नेको दर नै धेरै हो। तर, रियालिटीमा हेर्दा त चिस्सिएर अथवा सिताङ्ग भएर मर्नेको पो संख्या धेरै रहेछ।
२००४ सालतिरै होला, हामी एउटा अस्पतालमा पुगेका थियौँ। त्यहाँको बालरोग विशेषज्ञले भन्नुभएको थियो, ‘यहाँ आउने सबैभन्दा धेरै बच्चाहरुमा सितांग देखिएको छ।’
त्यसको कारण के थियो भने बच्चा बोेकेर आँउदा बच्चालाई राम्रोसँग कपडा नबेरेको, कि टाउको खुला, कि खुट्टा खुला भएकोले सितांग हुन्थ्यो।
त्यसपछि हामीले २००७ मा बच्चालाई सितांगबाट बचाउन ‘कम्युनिटी कङ्गारु मदरकेयर’ कार्यक्रम सुरु गर्ने भयौँ।
स्वास्थ्य मन्त्रालयसँग मिलेर प्यालटिङ्ग कार्यक्रम कञ्चनपुर जिल्लामा सुरु ग¥याँै। त्यो कत्तिको प्रभावकारी हुन्छ भनेर त्यहाँ गरिएको थियो।
हामीले बच्चालाई यो कार्यक्रममा बच्चालाई सितांगबाट बचाउन न्यानो लुगा दिने सेट बनाएका थियौँ।
त्यो पनि निकै गाह्रो थियो। हामी काठमाडौँ बसेका र किताबी कुुरामा भर परी ‘फलाटिन कपडा’ न्यायो लुगा बनाएर लगेका थियाँै। तर त्यो अनुमान गलत भयो।
त्यसमा हामी अलिकति गलत भयौँ। त्यहाँका लागि काठमाडौँंका लागि उपयुक्त मानिएको कपडा काम लाग्ने रहेनछ।
चिसोबाट बचाउन प्लानेटको सेट बनायाँै। स्किन टु स्किन छातीमा टाँसेर राख्न फलाटिनको लुगा बनायौँ।
त्यो ठाउँमा त्योे लुगा त कामै नलाग्ने रहेछन्। त्यो दुई महिना पनि चल्न सकेन। पछि हामीले त्यो कपडा नै परिवर्तन ग¥याँै। त्यसपछि मात्र कटनको लुगा बनायौँ। त्यसको रिजल्ट एकदम राम्रो भयो। अनि अन्यत्र सुरु गरिएको थियौँ।
व्यावहारिक रुपमा सोच्नुपर्छ, पढेको कुरा सही हुँदैन भन्ने कुरा त्यसबेला सिक्यौँ। हामीले हाइपोथर्मिया रणनीति पनि बनाएका थियाँै तर त्यो निस्कन पाएन।
(लामो समय सेभ द चिल्ड्रेनमा रही नवजात शिशुका लागि काम गरेकी शर्मा प्रिनेटल सोसाइटी अफ नेपालकी महासचिव हुन्।)