प्राडा रेवतीरमण मल्ल
प्रत्येक दिनजसो कोरोनाको ल्याब परीक्षणका रिपोर्टहरु एउटा टेष्टमा पोजिटिभ त अर्कोमा नेगेटिभ, कुनैमा दुवै पोजिटिभ त कुनैमा दुवै नेगेटिभ भनेर सुन्ने गरिन्छ। यसबाट जन-मानसमा केही अलमल जस्तो विभिन्न भ्रम, आशंका र अडकलबाजी भएको पाइन्छ। यी टेष्टहरुको विश्लेषण गर्न हरेक नेपाली नागरिकले जान्नैपर्ने आजको आवश्यकता र चुनौती हुन गएको छ।
जबसम्म हामीले यी तथ्यहरुको यथार्थ अर्थबारे जानकारी हासिल गरी विश्लेषण गर्न सक्दैनौं तबसम्म मनभित्रैबाट जागरुक हुन सक्दैनौं। एकले अर्कोलाई उत्प्रेरित गराउन सक्दैनौं। कहाँ कमजोरी भएको हो थाहा पाउन सक्दैनौं। यस्ता विभिन्न तथ्य र तिनका विश्लेषण स्वयं हरेक तहका राजनीतिकर्मी, उच्च अधिकारी, प्रदेश तथा स्थानीय निकायका अधिकारी तथा अन्य कर्मचारी, सुरक्षा निकायका अंगहरु, मानवअधिकारकर्मी, न्यायालय तथा कानुन व्यवसायी, पत्रकार, सामाजिक कार्यकर्ता, उद्योगी व्यापारी, शिक्षक, विध्यार्थी तथा प्रत्येक साधारण नेपाली नागरिक सबैले नबुझेसम्म हामी आफ्नो देशलाई कोरोनाबाट मुक्ति दिन सक्ने छैनौं।
अकस्मात महामारी हुँदै विश्व महामारीको रुप धारण गरेको र पृथ्वीमा कोरोना भाइरसको प्रकारमध्ये कहिल्यै मानव जातिमा हानिकारकको रूपमा देखा नपरेको नौलो किसिमको कोरोना भाइरस सार्स २-कोभ-१९ ले छोटो समयमा नै ठूलो संख्यामा मानिसलाई मृत्युको काखमा पुर्याकएको छ। यस परिस्थितिको डरलाग्दो अवस्थामा ल्याब परीक्षण कसरी गर्ने, परीक्षण प्रविधि कुन अपनाउने भन्ने चुनौतीलाई निकास दिन अमेरिकाको सिडिसी (सेन्टर फर डिजिज कन्ट्रोल) ले उपलब्ध प्रविधिलाई इमर्जेन्सी एप्रोभलको रुपमा आकस्मिक स्वीकृति दिँदै काम अगाडि बढाउनुका साथै नयाँ प्रविधिको विकास गर्न तथा ठूलो मात्रामा उत्पादन गर्न प्रेरित गर्योा।
केही विकास भएका वा हुँदै गरेका प्रविधि, मेसिनहरुको उत्पादन बढाउन निर्देश गर्योव। बिल्कुलै नयाँ किसिमको भाइरसलाई चिन्नको लागि कुन विधि, प्रविधि सर्वोत्तम हो भन्न लामो समयको अध्ययन, अनुसन्धान पृष्ठभूमिबाट स्थापित आधारभूत रुपमा सबैभन्दा बढी उपयोगी सिध्द भएको डायग्नोस्टिक औजार कुन हो भन्न सकिने अवस्था थिएन। कोभ-१९ भाइरसको कम समयमा धेरै मानिस र भौगोलिक क्षेत्रमा सार्ने र धेरैको मृत्यु गराउन सक्ने प्रभाव देखिएको अवस्थामा यो सम्भव नहुनु स्वभाविक थियो। त्यसैले तत्कालको लागि उपलब्ध प्रविधिलाई उपयोग गर्दै नयाँ प्रविधिको पनि विकास गर्दै जाने विश्वले लिएको रणनीति आजको अवस्थामा सर्वश्रेष्ठ र जायज छ भन्ने कुरामा कुनै शंका छैन।
सबैभन्दा पहिले हाल उपलब्ध र प्रयोगमा आएका परीक्षण विधि तथा तिनका राम्रा तथा कमजोर पक्ष र तिनले दिने दिशानिर्देशबारे छोटकरीमा छलफल गरौं।
साधारणतया कोरोना परीक्षणको लागि तीन किसिमका प्रविधि प्रयोग भएको पाइन्छ।
क) आरटी-पिसिआर टेष्ट (रिभर्स ट्रान्स्कृप्टेज पोलिमेज चेन रियाक्सन टेष्ट)
यो साधारणतया भाइरसको जेनेटिक कोड- नियुक्लिक एसिड पहिल्याउने विधिमा आधारित मोलेकुलर परीक्षण हो। कोरोनाको निदानको लागि यो प्रविधि हाल सबैभन्दा बढी विश्वब्यापी रूपमा प्रयोग भैरहेको छ। कोभिड-१९ का बिरामीहरुको अग्रिम पहिचानको लागि यो सबैभन्दा भरपर्दो निदान विधि हो। यो दशकौंदेखि नै विभिन्न भाइरसको निदान तथा अनुसन्धान को लागि प्रयोग भैरहेको स्थापित प्रविधि रिभर्स ट्रान्स्कृप्टेज पोलिमेरेज चेन रियाक्सन (आरटी-पिसिआर) मा आधारित विधि हो।
व्यक्ति मा कोभ-१९ भाइरसको संक्रमण भएपछि त्यसको लक्षणहरु देखा पर्न २ देखि १४ दिनसम्म समय लाग्छ। औसतमा भन्नुपर्दा ५-६ दिनको समय लाग्न सक्छ। तर कोरोना भाइरसको आरएनए संक्रमण भएको पहिलो दिनदेखि ८ हप्तासम्म संक्रमित व्यक्तिको रगतमा रहन्छ। त्यसैले यो टेष्टबाट कोभ-भाइरसको संक्रमण भएको पहिलो दिनदेखि नै अथवा अर्को शब्दमा भन्ने हो भने कोरोनाको लक्षण देखिनुभन्दा २ देखि १४ दिनअघि वा औसतमा भन्नु पर्दा ६ दिनअघि नै व्यक्ति कोभ-१९ भाइरसबाट संक्रमित भएको छ वा छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी पाउन सकिन्छ।
आरटी-पिसिआर टेष्टको प्रक्रिया
यसमा सबैभन्दा पहिले एउटा टुप्पो भागमा पातलो ३ मिलिमिटर भन्दा कम वाक्लो कपासले बेरिएको सिन्का व्यक्तिको नाकको वाटो हुँदै घाँटीको भित्री भागमा पठाएर करिब १५ सेकेन्डसम्म दुवैतिर घुमाएर त्यहाँ जम्मा भएको सिँगान, कफ जस्तो वाक्लो पदार्थ म्युकसलाई त्यसमा रहेको कपासमा निकालेर कपास सहितको त्यो सिन्कालाई सुरक्षित सिसी वा कार्ट्रिजभित्र राखी विशेष प्रविधियुक्त केन्द्रीय ल्याबमा पठाइन्छ। मुखको वाटो हुँदै घाँटीको भागबाट पनि यसरी नै स्याम्पल लिन सकिन्छ। त्यस्तै खोक्दा भित्रबाट निस्केको खकारलाई पनि स्याम्पलको रूपमा पठाउन सकिन्छ। अझ ब्रोन्कोस्कोपीबाट श्वासप्रश्वास प्रणालीको तल्लो भागबाट निकालिएको स्याम्पलमा सबैभन्दा बढी भाइरस देखिने सम्भावना हुन्छ। तर व्यावहारिक हिसाबले त्यो सबैलाई गर्न सम्भव हुँदैन।
ल्याबमा विभिन्न केमिकलहरु प्रयोग गरी त्यसमा रहेका प्रोटिन, फ्याट तथा अन्य मोलेक्युलहरुलाई हटाएर भाइरसका न्युक्लिक एसिडलाई सुरक्षित निकालिन्छ, जसभित्र भाइरसको आरएनए रहेको हुन्छ। त्यसपछि रिभर्स ट्रान्सकृप्टेज पोलिमेरेज चेन रियाक्सन विधिको प्रयोगबाट भाइरसको आरएनएको आनुवान्सिक तत्व स्थानान्तरित गरी त्यसलाई डिएनएमा रुपान्तरण गराइन्छ। त्यसपछि त्यसलाई केही केमिकल सहित आरटी-पिसिआर मेसिनमा राखिन्छ। करिब ३० हजार न्युक्लिओटाइड्सबाट डिएनए बनेको हुन्छ, जसलाई बिल्डिङ ब्लक्स पनि भनिन्छ।
कोभ-१९ भाइरससँग सम्बध्द केवल १०० वटा न्युक्लिओटाइड्सलाई टार्गेट गर्ने गरी मेसिन सेट गराइएको हुन्छ। त्यसपछि उक्त मेसिनमा थर्मल साइक्लिङ विधिबाट तापक्रम बढाउने र घटाउने प्रक्रियाको चालीस साइकलपछि यो एउटा डिएनए उस्तै आकार र गुण भएका अनगिन्ती ३५ बिलियनको संख्याका डिएनएका कपीहरुमा परिणत हुन जाने हुँदा त्यसलाई अध्ययन गर्न सजिलो हुन्छ। विशेष किसिमको फ्लुओरेस्सेन्ट लाइट सिग्नल भाइरल डिएनएहरुमा पठाउँदा उक्त सिग्नल डिएनएसँग मिलेर अलग किसिमको प्रकाश निकाल्छन्, जसलाई मेसिनले रिड गरेर नतिजा देखाउन सक्छ। यदि स्याम्पलभित्रबाट निस्केका प्रकाशको इन्टेन्सिटी निश्चित थ्रेसहोल्ड भन्दा बढी पुगेमा त्यसलाई पोजिटिभको रुपमा लिइन्छ भने कम भएमा नेगेटिभको रूपमा लिइन्छ।
अर्को कुरा यस प्रविधिमा भाइरस चिन्नको लागि प्रयोग भएको तापक्रमको साइकल जति कम आवश्यक पर्योप त्यति बढी उक्त स्याम्पलमा भाइरस छ भन्ने बुझिन्छ।
आरटी-पिसिआर टेष्टका राम्रा पक्षहरू
१) यो प्रविधिको परीक्षणलाई विश्वभरिका वैज्ञानिक तथा चिकित्सकले बृहत् रुपमा प्रमाणित र बलियो प्रविधि मान्दछन्।
२) यसले वर्तमान अवस्थामा व्यक्ति भाइरसबाट सक्रिय रूपमा संक्रमित भए नभएको स्पष्ट दिशानिर्देश गर्नसक्छ; अर्थात् यसले वर्तमान समयमा पोजिटिभलाई पोजिटिभ र नेगेटिभनलाई नेगेटिभ स्पष्ट भन्न सक्छ चीनको अनुभवमा यो टेष्ट्को एक्युरेसी ६० देखि ७० प्रतिशत मानिएको छ।
३) यसको नतिजाबाट व्यक्ति संक्रमित भएको दिनदेखि नै पोजेटिभ भए नभएको स्पष्ट जानकारी, छ वा छैनमा दिन सक्छ; अथवा लक्षण भएको वा नभएको अवस्थामा पनि यसले संक्रमण भए नभएको स्पष्ट जानकारी दिन सक्छ।
४) यस परीक्षणको नतिजाको सेन्सिटिभिटी (सम्बेदनशीलता) र इस्पेसिसिटी (विशिष्टता) र पोजिटिभ प्रोडक्टिभ भ्याल्यु अन्य टेष्टको भन्दा बढी हुने मानिएकोले यसलाई भरपर्दो विधि मानिन्छ। तर यसको सेन्सिटिभिटीलाई संक्रमण भएको कुन समयमा स्याम्पल लिइएको छ, स्याम्पलको किसिम वा श्रोत र गुणस्तरीयता कस्तो छ, संक्रमण भएपछिको कुन समयमा जाँच प्रक्रिया गरिँदै छ, कत्तिको सही टेक्निक अपनाइएको छ, आदि सबै कुराले प्रभाव पार्न सक्छ। यसको सेन्सिटिभिटी संक्रमण भएको पहिलो हप्तामा ६७ प्रतिशत जति हुन्छ भने, दोस्रो हप्तामा ५४ प्रतिशत, तेस्रो हप्तामा ४५ प्रतिशत र त्यसपछि कम हुँदै जाने मानिएको छ।
५) त्यस्तै यसबाट ट्र्यु पोजिटिभ रिपोर्ट आउने सम्भावना बढी हुन्छ भने फल्स पोजेटिभ आउने चान्स धेरै कम हुने मानिएको छ। अथवा यसले करिब सबैजसो संक्रमित स्याम्पललाई पोजिटिभ देखाउन सक्छ भने सबैजसो संक्रमण नभएको नर्मल स्याम्पललाई नेगेटिभ देखाउन सक्छ।
६) शंकास्पद क्षेत्रबाट आएका वा संक्रमित व्यक्तिको सम्पर्कमा रहेका तर कोरोनाको लक्षण नदेखिएका मानिसहरुमा पनि पनि यस परीक्षणले संक्रमित भएको वा नभएको निश्चित ठोस जानकारी दिन्छ। यस प्रकार सन्क्रमित भएर पनि एसिम्प्टोमाटिक भएका मानिसहरुले उति नै स्वस्थ मानिसहरू लाई रोग फैलाउन सक्ने भएकोले यस्ता मानिसहरूलाई समयमै पहिचान गरी आइसोलेसन वा अस्पतालमा राखी रोग फैलिनबाट बचाउन सकिन्छ।
आरटी-पिसिआरका कमजोर पक्षहरु
१) यस परीक्षणबाट वर्तमान समयमा पोजिटिभ नदेखाएको अवस्थामा संक्रमण हुँदै नभएको हो वा संक्रमण भएर निको भैसकेको हो भन्ने कुरा को स्पष्ट जानकारी दिन सक्दैन।
२) संक्रमित मानिसको श्वासप्रश्वास प्रणालीको विभिन्न भागमा अवस्थित हुन सक्ने भाइरसको घनत्व व्यक्ति व्यक्तिमा समय अनुसार फरक हुन सक्छ। त्यसैले व्यक्ति संक्रमित भए पनि यात नाकको पछाडि हुँदै घाँटीको भागबाट लिइएको स्याम्पलमा वा खोक्दा भित्रबाट निस्केको खकारको स्याम्पल दुईमध्ये एक स्याम्पलमा मात्र पोजिटिभ देखिने हुन सक्छ; अथवा दुवैबाट लिइएको स्याम्पलमा पनि व्यक्ति सन्क्रमित भएर पनि नदेखिने भै फल्स नेगेटिभ रिपोर्ट आउन सक्छ। अत स्याम्पलको गुणस्तरीयताले रिपोर्टको सत्यतामा प्रभाव पार्न सक्छ। स्वासप्रस्वास प्रणालीको तल्लो भागबाट क्याथेटर वा ब्रोङ्कोसकोपीको मद्दतले लिएको स्याम्पलमा कोभ-१९ भाइरस देखिने सम्भावना सबैभन्दा बढी हुन्छ।
अमेरिकामा २०५ जना कोभिड संक्रमित मानिसहरूका विभिन्न भागबाट स्याम्पल लिएर पिसिआर टेष्ट गरिएको एउटा अध्ययनमा सबभन्दा बढी ९५ प्रतिशतमा श्वासप्रश्वास प्रणालीको तल्लो भागबाट लिएको स्याम्पलमा, ७२ प्रतिशतमा खकारको स्याम्पलमा र ३२ प्रतिशतमा मुखको वाटो भएर घाँटीबाट लिइएको स्याम्पलमा कोभ-१९ भाइरसको आरएनए पाइएको थियो। यसबाट भाइरल आरएनएको लेभेल घाँटीबाट लिएको स्याम्पलमा भन्दा नाक भित्रबाट लिइएको स्याम्पलमा बढी देखिने र सबैभन्दा बढी श्वासप्रश्वास प्रणालीको तल्लो भागबाट लिइएको स्याम्पलमा देखिन्छ भन्ने स्पष्ट हुन्छ।
३) नाक वा घाँटीबाट निकालिने थ्रोट स्वाबको मान्यता कोभ-१९ भाइरसको संक्रमणको पहिलो हप्तासम्म मात्र विश्वासिलो हुन्छ। एक हप्तापछि कोभ-१९ भाइरस घाँटीबाट हराउने र त्यसपछि फोक्सोमा गुणात्मक संख्यामा फैलिने भएकोले सक्सन क्याथेटरको मध्दतले स्वास नलिको भित्री तल्लो भागबाट लिइएको स्याम्पलमा देखिने सम्भावना बढी हुन्छ। त्यस्तै खोक्दा भित्रैबाट कफ निस्केको खन्डमा त्यसमा भाइरस देखिने सम्भावना थ्रोट स्वाबमा भन्दा बढी हुन्छ। अझ ब्रोन्कोस्कोप मसिनको सहायताले स्वास नलीभित्र तल्लो भागबाट निकालिएको स्याम्पलमा सबैभन्दा बढी भाइरस देखिने सम्भावना हुन्छ। तर प्यानडेमिकको समयमा यो व्यावहारिक हिसाबले सम्भव हुँदैन।
४) नाक वा मुखको बाटो भएर पछाडि घाँटीबाट स्वाब लिने प्रक्रियामा टेक्निसियनको संयमता, धैर्यता र कुशलता सही गुणको स्याम्पल र त्यसले दिने रिपोर्टको लागि महत्वपूर्ण हुन्छ। किनकि यो स्याम्पल निकाल्ने प्रक्रिया कसैलाई पनि राम्रो लाग्ने वा मनपर्ने प्रक्रिया हैन। प्राविधिकले उसको नाक र मुखको अगाडिबाट स्याम्पल निकाल्नुपर्ने भएकोले हरेक पल उसलाई आफूलाई नै सर्ने हो कि भन्ने डर हुन्छ। त्यसैले उसले बढी समय दिन नचाहने भै काम मात्र छिटो सक्नेमा मात्र ध्यान केन्द्रित हुन जाने मानवीय कमजोरी रहन सक्ने सम्भावना रहन सक्छ।
हाम्रो सन्दर्भमा यसबाट बच्नको लागि हात र पाखुरा मात्र छिराउन मिल्ने प्वाल बनाएर प्राविधिक भित्र कोठामा बसेर बाहिर रहेको व्यक्तिको स्याम्पल निकाल्ने ब्यवस्था गरिएमा यो समस्या हल हुनसक्छ।
५) स्याम्पल लिएपछि त्यसको लागि स्वीकृत गरिएको स्पेसल भाइरस ट्रान्स्फर मिडिएम (भिटिएम) ९ डिग्री सेन्टिग्रेडको तापक्रम मिलाएर केन्द्रीय ल्याबमा ट्रान्स्पोर्ट गर्नुपर्ने हुन्छ। उल्लेख्य विधिमा कमजोरी भएमा स्याम्पलको गुणस्तरीयता बिग्रनुको साथै भाइरस फैलिने डर हुन्छ।
धेरै समयपछिको स्याम्पलमा भन्दा ताजा स्याम्पलमा भाइरसको आरएनए देखिने सम्भावना बढी हुन्छ। यो टेष्टमा स्याम्पलको गुणस्तरीयता महत्वपूर्ण हुन्छ।
६) यो टेष्ट दक्ष प्राविधिकबाट उच्च प्रविधि युक्त केन्द्रिय ल्याबमा मात्र गर्न सकिन्छ। आरटी-पिसिआर मेसिन चाहिने भएकोले यो परीक्षण फिल्डमा वा हट्स्पटमा गर्न सम्भव हुँदैन।
७) यो टेष्ट र्याकपिड टेष्ट भन्दा धेरै समय लाग्ने परीक्षण विधि हो। बिरामीको स्याम्पल केन्द्रीय ल्याब मा पुर्यावएर परीक्षण प्रक्रिया सरु गरेपछि रिपोर्ट निकाल्न कम्तीमा दुईदेखि चार घण्टा समय लाग्छ। तर यदि टाढाबाट केन्द्रीकृत ल्याबमा स्याम्पल पठाउनुपर्ने भएमा दुईदेखि चार दिनसम्म समय लाग्न सक्छ। हाल हाम्रो सेन्ट्रल ल्याब टेकुमा १२ देखि ९६ वटा स्याम्पल मात्र एकै पल्ट हेर्न सकिने मसिन छ। ब्यस्तता हेरेर सकेसम्म ६ घण्टाभित्र रिपोर्ट दिने व्यवस्था गरिएको छ।
८) बीचबीचमा केमिकल तथा रियाजेन्ट्सको अभावमा परीक्षण प्रक्रिया रोक्नुपर्ने हुन्छ। आवश्यकता भन्दा कम उत्पादन क्षमता र कम आपूर्तिको कारणले थुप्रै देशले बीचबीचमा यो समस्या भोगेको अनुभव छ। हाल विस्तारै यसमा सुधार भएको स्थिति छ।
कहिलेकाहीँ अस्पष्ट वा अनिश्चित रिपोर्ट आएको अवस्थामा चिकित्सकले बिरामीको बारेमा थप छलफल गरी कोरोना डायग्नोसिसको लागि गर्ने गरिएका स्पेसिफिक टेष्ट बाहेक रगतका अन्य अप्रत्यक्ष रुपमा कोरोनाको पक्षमा समर्थन गर्ने रगतका अन्य ल्याब टेष्टहरुको लागि निर्देशन दिनुपर्छ। यदि बिरामीका लक्षण तथा अन्य आधारहरु कोभिडको पक्षमा बढी भएमा त्यसलाई पोजेटिभ मानी उपचार सुरु गर्नुपर्छ।
९) कहिलेकाहीँ अरु भाइरससँग क्रस रियाक्टिभिटी हुनाले कोरोनाको संक्रमण नभए पनि फल्स पोजिटिभ नतिजा देखिन सक्छ।
१०) कहिलेकाहीँ यो प्रक्रियामा धेरै पटक रिपिट गरेपछि मात्र सही रिपोर्ट पाउन सकिन्छ। चीनमा ५१ जना अस्पतालमा भर्ना भएका मानिसहरूमा गरिएको एउटा अध्ययनमा २९ प्रतिशत बिरामीमा घाँटीबाट लिइएको स्याम्पलमा पटकपटक यो टेष्ट नेगेटिभ पाइएको थियो। त्यस्तै सिंगापुरमा ७० जना मानिसमा गरिएको अध्ययनमा ११ प्रतिशत मानिसमा पटकपटक नेगेटिभ रिपोर्ट पाइएको थियो। दुवै अध्ययनमा ४ पटक भन्दा बढी पल्ट यो टेष्ट गरेपछि मात्र पोजिटिभ रिपोर्ट देखिएको थियो।
११) गुणस्तरीय केमिकल र रियाजेन्टहरुको अभावमा व्यक्ति संक्रमित नभए पनि फल्स पोजिटिभ रिपोर्ट आउन सक्छ।
स्वयम सिडिसीको सुरुका दिनका अनुभवमा एउटा केमिकलले कोभ-१९ कोरोना भाइरसलाई जस्तो अन्य किसिमका कोरोना भाइरसको जिनले पनि प्रतिक्रिया गरेको पाइयो। यसबाट फल्स पोजेटिभ केस धेरै देखिएको थियो।
त्यसैले मेसिन तथा त्यसको लागि उपलब्ध केमिकल/रियाजेन्ट्सहरुको गुणस्तरीयता, ल्याब टेक्निसियनको अनुभव तथा गर्ने विधि, स्याम्पल लिने तरिका, श्रोत, पठाउने विधि तथा पठाउन र जाँच सुरु गर्न लागेको समय, यी सबै कारणले सृजना गर्नसक्ने स्याम्पलको गुणस्तरहिनता, पिसिआर मसिनको पूर्व तयारी अवस्था, प्राविधिकको तालिम तथा अनुभव, समय अनुसार हुनसक्ने मानवीय कमजोरी, आदि सबै कारणले पिसिआर टेष्टको रिपोर्टको सत्यता र विश्वसनीयतामा प्रभाव पार्न सक्छ।
यी छलफलबाट पनि पिसिआर टेष्टको एउटा नतिजा नै व्यक्तिमा कोभ-१९ को संक्रमण छ वा छैन भन्न पर्याप्त हुँदैन भन्ने तथ्य स्पष्ट हुन्छ।
धेरै स्याम्पललाई एकैपल्ट जाँच गर्न मिल्ने अटोमेटेड आरटी-पिसिआर मेसिनबाट हुने परीक्षण केन्द्रीय ल्याब वाहेक साना अस्पतालमा गर्न सम्भव हुँदैन। सेफेइड, एबोट जस्ता अमेरिकाका केही स्तरीय कम्पनीले नयाँ जेनेरेसनका कम क्षमता भएका तर पोर्टेबल आरटी-पिसिआर मेसिनहरुको पनि उत्पादन शुरु गरेको छ भने केही शुरु हुने क्रममा छन् ; जसले १५ मिनेटदेखि ४५ मिनेट भित्र रिपोर्ट दिन सक्छन्। साना अस्पतालको लागि कम महँगो र साना मेसिनहरु तुलनात्मक धेरै प्रयोगमा ल्याइनुपर्ने हुन्छ।
आरटी-पिसिआर टेष्टका रिपोर्टलाई कसरी विश्लेषण गर्ने?
क) यदि पिसिआर टेष्टको नतिजा पोजिटिभ देखिएमा वर्तमान समयमा उक्त व्यक्तिको स्याम्पलमा कोभ-१९ भाइरसको सक्रिय संक्रमण छ भन्ने बुझ्नु पर्छ।
ख) यदि पिसिआर टेष्टको रिपोर्ट नेगेटिभ भएमा निम्न तथ्यहरु बुझझ्नु पर्छ:
१) वर्तमान समयमा व्यक्ति कोभ-१९ भाइरसबाट संक्रमित छैन भन्ने बुझ्नुपर्छ; वा
२) उक्त स्याम्पलमा भाइरस छैन भन्ने; वा
३) परीक्षण गरिएको स्याम्पल गुणस्तरीय छैन भन्ने; वा
४) व्यक्ति संक्रमित भएको भए पनि जुन स्रोतबाट स्याम्पल लिएको हो त्यो स्रोतबाट लिईएको स्याम्पलमा भाइरस देखिएन भन्ने, त्यस्तो अवस्थामा घाँटीको स्याम्पल लिइएको थियो भने नाकको स्याम्पल लिने र नाकको स्याम्पल लिइएको थियो भने खकारको स्याम्पल वा श्वासप्रश्वास प्रणालीको तल्लो भागको स्याम्पल लिएर २-३ दिनपछि फेरि परीक्षण गर्नुपर्छ भन्ने; वा
५) परीक्षण कार्य संक्रमण भएको समय भन्दा अघि वा पछि हुन गएको छ भन्ने; वा
६) राम्रोसँग ननिकालिएको वा स्याम्पललाई तयारी गर्ने प्रक्रिया नमिलेकोले गुणस्तरहीन स्याम्पल भएको भन्ने; वा
७) व्यक्तिमा भएको संक्रमण निको भैसकेकोले सक्रिय भाइरस नभेटिएको हुन सक्छ भन्ने; वा
८) यसैले पुन अर्को श्रोतबाट स्याम्पल लिएर केही दिनपछि फेरि गर्नु पर्छ भन्ने बुझिन्छ।
ख) ल्याम्प टेष्ट (लुप-मेडिएटेड आइसोथर्मल एम्प्लिफिकेसन टेष्ट)
यो आरटी-पिसिआरसँग मिल्दोजुल्दो प्रक्रियामा आधारित परीक्षण विधि हो। तर यसमा डिएनएका प्रतिलिपी बनाउन को लागि तापक्रम बढाउने र घटाउने प्रक्रियाको साइकलको सट्टा ६० देखि ७० डिग्री सेन्टिग्रेडको स्थिर तापक्रम मिलाएर जाँच प्रक्रिया सम्पन्न गरिन्छ। आरटी-पिसिआरको तुलनामा यसबाट अझै बढी संख्यामा डिएनएका कपीहरु बन्दछन्। यसमा रिपोर्ट हेर्नको लागि मेसिनको साटो आँखाबाट नै हेर्न सकिन्छ।
यो आरटी-पिसिआरको तुलनामा अलि नयाँ प्रविधिमा आधारित सामान्य र प्राविधिकलाई तुलनात्मक रूपमा सजिलो हुने उपयोगी परीक्षण विधि हो। यसमा अन्तिम रियाक्सन मिस्चरमा देखिने धुवाँलोपन वा रङ्गमा देखिने परिवर्तन हेरी पोजिटिभ वा नेगेटिभ भएको निर्क्योल गर्न सकिन्छ। यसलाई उच्च सेन्सिटिभिटी वा समबेदनशिलता भएको बिश्वासिलो परीक्षण विधिको रूपमा मानिएको छ।
ल्याम्प टेष्टका राम्रा पक्षहरु
१) यसबाट कम समयमा २-३ घण्टा भित्र रिपोर्ट लिन सकिन्छ।
२) यसको नतिजा आँखाले नै हेरेर भन्न सकिन्छ।
३) यो सामान्य र सस्तो प्रबिधि भएको र सामान्य अस्पतालका ल्याबहरुमा पनि गर्न सकिने भएकोले स्याम्पल लिएर केन्द्रीय ल्याबसम्म पठाउन र आरटी-पिसिआरलाई जस्तो लामो प्रक्रिया सम्पन्न गर्न लाग्ने समय बचाउन सकिन्छ।
४) साथै यसमा स्याम्पल लिँदासाथ हेर्न सकिने भएकोले स्याम्पलको गुणस्तरियता बिग्रने डर कम हुन्छ।
५) यसबाट वर्तमान समयमा व्यक्ति संक्रमित छ वा छैन स्पष्ट भन्न सकिन्छ।
ल्याम्प टेष्टका नराम्रा पक्षहरु
१) आरटी-पिसिआरको तुलनामा यो प्रबिधि नयाँ भएकोले यो लामो समयको अनुसन्धानको पृष्ठभूमिमा आधारित छैन।
२) यसको निर्माण तथा उत्पादनको लागि आबश्यक बैज्ञानिक आधार बढी जटिल किसिमको छ।
३) पहिले संक्रमण भएर निको भैसकेको हो वा संक्रमण नै नभएको हो भन्नेबारे यसले स्पष्ट जानकारी दिन सक्दैन।
४) आरटी-पिसिआरमा जस्तै श्वासप्रश्वास प्रणालीको कुन भागबाट स्याम्पल लिइएको हो त्यो श्रोत अनुसार नतिजालाई प्रभाव पार्न सक्छ।
यो ल्याम्प टेष्टको नतिजालाई कसरी विश्लेषण गर्ने?
(क) यदि यो टेष्ट पोजिटिभ देखिएमा बर्तमान समयमा व्यक्ति सक्रिय संक्रमणमा छ भन्ने बुझ्नुपर्छ।
(ख) यदि यो टेष्ट नेगेटिभ देखिएमा निम्न कुराहरू बुझ्नुपर्छ:
१) वर्तमान समयमा व्यक्ति संक्रमित छैन; अथवा
२) परीक्षण गरिएको स्याम्पलमा भाइरस छैन; अथवा
३) यो परीक्षण व्यक्ति संक्रमण हुनुभन्दा अघि वा पछि हुन गएको छ भन्ने; अथवा
४) व्यक्ति पहिले संक्रमित भएको थियो भने पनि हाल निको भैसकेको हुनुपर्छ भन्ने।
५) त्यसैले रिपोर्ट फल्स नेगेटिभ हैन भन्ने साबित गर्न केही दिनपछि फेरि नयाँ श्रोतबाट स्याम्पल लिएर पुनः परीक्षण गर्नुपर्छ भन्ने बुझ्नु पर्छ।
ग) र्यागपिड टेष्ट/सेरोलोजिकल टेष्ट/इन्जाइम- लिन्क्ड इम्युनोसर्बेन्ट एसे (एलिसा टेष्ट)
र्यापिड टेष्ट दुई किसिमका छन्
क) एन्टिबडी पत्ता लगाउने विधिमा आधारित
ख) एन्टिजेन पत्ता लगाउने विधिमा आधारित
एन्टिबडी हेर्ने विधिमा आधारित
हाल नेपालमा यस विधिमा आधारित र्यारपिड डायग्नोस्टिक टेष्ट किट आरडिटी प्रयोगमा ल्याइएको देखिन्छ। साधारणतया कोभ-१९ भाइरसको संक्रमणपछि व्यक्तिको शरीरमा दुई किसिमको इम्युनोग्लोबुलिनहरु पैदा हुन्छन्- आई.जि.एम. र आई.जि.जि. इम्युनोग्लोबुली वा एन्टिबडी। आई.जि.एम. इम्युनोग्लोबुलिन कोभ-१९ भाइरसको संक्रमण भएको ८ दिनपछि पैदा भएर २१ दिनपछि शरीरबाट हराउँछ। यसैले सेरोलोजिकल टेष्ट वा हाल नेपालमा प्रयोग भैरहेको र्याजपिड टेष्टमा कोरोनाको संक्रमण भएको ८ दिनपछि मात्र पोजिटिभ देखिन्छ। अर्थात यदि संक्रमण भएको ८ दिनभित्र यो परीक्षण गरियो भने कोरोना बाट संक्रमित भए पनि रिपोर्ट नेगेटिभ देखिन्छ। त्यस्तै आई.जि.जि. एन्टिबडी कोरोना भाइरस को संक्रमण भएको १४ दिनपछि पैदा हुन शुरु भै ४ हप्तामा पिकमा पुग्दै लामो अबधिसम्म रहिरहन्छ भन्ने मानिएको छ।
अमेरिकामा १७३ जना कोभिड-19 का बिरामीहरुमा गरिएको एउटा अध्ययनमा संक्रमण भएको दिनदेखि एन्टिबडीहरु देखिने मिडियन टाइम आइजिएमको लागि १२ दिन र आइजिजीको लागि १४ दिन लागेको पाइएको थियो। ४० प्रतिशत भन्दा कम मानिसमा मात्र लक्षण देखिएको पहिलो हप्तामा यस्ता एन्टिबडी पाइएको थियो। १५ दिनपछि आइजिएम एन्टिबडी ९४ प्रतिशतमा र आइजिजी एन्टिबडी ८० प्रतिशतमा पाइएको थियो।
र्यापिड एन्टिबडी टेष्टको प्रक्रिया
सेरोलोजिकल टेष्ट अन्य रोगको लागि पनि प्रयोग हुँदै आएको पुरानै प्रबिधिमा आधारित परीक्षण बिधि हो। साधारणतया हाम्रो शरीरमा जिवाणुहरु (एन्टिजेन) ले प्रवेश गरेपछि त्यस विरुद्ध लड्नको निमित्त हाम्रो रगतमा भएको बि-लिम्फोसाईट ले बचाउ प्रोटिनहरु पैदा गर्छन् जसलाई इम्युनोग्लोबुलिन वा एन्टिबडी भनिन्छ। यही इम्युनोग्लोबुलिन व्यक्तिको रगतको स्याम्पलमा छ वा छैन भनी हेरिने परीक्षण नै र्यापिड टेष्ट वा एलिसा टेष्ट हो।
यस्ता र्यापिड किटमा सार्स-२-कोभ-१९ भाइरसको स्पेसिफिक भाइरल एन्टिएन्टिजेनहरु त्यसमा रहेको पेपरमा फिक्स गरी प्लास्टिकको केसले बेरिएको हुन्छ।
जब व्यक्तिको ब्लड अथवा सेरमको स्याम्पल उक्त किटमा राखिन्छ, यदि त्यस स्याम्पलमा कोरोना भाइरसको एन्टिबडी रहेको खण्डमा,
यी एन्टिबडीहरु किटको स्पेसल पेपरभित्र रहेका कोभ-१९ भाइरसको खास प्रोटिन-एन्टिजेनसँग टाँसिन पुग्छन्। जसलाई खास इन्जाइमले थप मध्दत गर्दछ। यी दुईकाबीच हुने एन्टिजेन-एन्टिबडी रियाक्सनबाट त्यसमा लाइनहरुमा हुन जाने रङ्गको परिवर्तनको आधारमा उक्त स्याम्पल पोजिटिभ वा नेगेटिभ भएको भन्न सकिन्छ। अथवा उक्त व्यक्तिको स्याम्पलमा इम्युनोग्लोबुलिनहरु (एन्टिबडी) छन् भन्ने बुझिन्छ।
यसको खासियत यो छ कि यदि यो टेष्ट पोजिटिभ देखिएको खण्डमा व्यक्ति कम्तीमा आठ दिनअघि संक्रमित थियो भन्ने बुझ्न सकिन्छ। यसलाई कन्फर्म गर्न पिसिआर टेष्ट गरिन्छ। यदि पिसिआर टेष्ट पोजिटिभ भएमा व्यक्ति वर्तमान समयमा संक्रमित छ भन्ने कन्फर्म हुन्छ भने यदि पिसिआर टेष्ट नेगेटिभ भएमा व्यक्तिमा पहिले संक्रमण थियो तर अहिले निको भैसकेको छ भन्ने बुझ्नु पर्छ। यो टेष्टलाई इम्युनोएसे पनि भनिन्छ।
र्यापिड एन्टिबडी टेष्टका राम्रा पक्षहरु
१) यो सस्तो र सामान्य खालको हुनुको साथै कम समयमा धेरैलाई गर्न सकिने टेष्ट हो। यसबाट ३ देखि १३ मिनेट भित्र रिपोर्ट निकाल्न सकिन्छ। यसमा थुप्रै स्याम्पललाई एकैपटक परीक्षण गर्न सकिने भएकोले महामारीको बेलामा कम संख्यामा धेरै जनसंख्यालाई स्कृनिङ्ग गर्न यसको महत्त्व हुन्छ।
२) यो दक्ष जनशक्ति बिना सामान्य तालिम लिएका मानिसहरूबाट पनि गर्न सकिने टेष्ट भएकोले यसको लागि ल्याबको जरुरत पर्दैन। यो फिल्ड वा हटस्पटमा पनि गर्न सकिने टेष्ट हो।
३) यो र्या पिड एन्टिबडी टेष्टले व्यक्तिमा कुनै लक्षण भए वा नभएपनि संक्रमित भएको एक हप्ता अघिको कुनै पनि समयमा उक्त व्यक्ति पहिले संक्रमित थियो थिएन भन्ने जानकारी दिन सक्छ।
४) पिसिआर टेष्ट सबैलाई उपलब्ध गर्न नसकिने अवस्थामा व्यक्तिमा कोभिड-१९ रोगको लक्षण भएको वा संबेदनशील स्थानबाट आएको वा कोभिड-१९ को बिरामीको सम्पर्कमा आएको हिस्ट्री भएको अवस्थामा उसलाई कोभिड संक्रमण भएको मानेर यस्ता व्यक्तिलाई पछि पिसिआर टेष्ट गर्ने गरी क्वारेन्टाइनमा पठाउन यो टेष्ट उपयोगी हुनसक्छ।
५) संक्रमित भएको १ हप्तापछि मात्र यस्ता टेष्टमा पोजेटिभ देखिने भएकोले यस्ता सेरोलोजिकल स्कृनिङ्ग गर्ने टेष्टहरु ठूलो स्केलमा व्यापक रुपमा प्रयोगमा ल्याउदा कुन भूगोलको कति समुदायमा पिसिआर टेष्ट नेगेटिभ पाइएका, सामान्य लक्षण मात्र देखिएका वा रोगका कुनै पनि लक्षण नदेखिएका सब-क्लिनिकल इन्फेक्सन भएका कोभिड-१९ संक्रमित मानिसहरु कति भारी रूपमा समुदायमा फैलिएको रहेछ भन्ने कुराको तस्बिर थाहा हुन सक्छ। तर यस्ता टेष्टहरुले दिने रिपोर्टको सत्यताको मूल्यांकन र प्रमाणीकरण हुन भने बाँकी नै छ।
६) यो टेष्टको सेन्सिटिभिटी पहिलो हप्तामा ३८ प्रतिशत हुन्छ भने दोस्रो हप्तामा ९० प्रतिशतसम्म हुन्छ भन्ने मानिएको छ। तर यसको थप मूल्यांकन तथा प्रमाणीकरणको लागि थप अनुसन्धान हुन बाँकी छ।
७) महामारीको बखतमा पिसिआर टेष्ट धेरै भन्दा धेरै जनसंख्यालाई उपलब्ध गराउन नसकिने अवस्थामा यस्ता र्या)पिड एन्टिबडी टेष्टले केही मानिसलाई समात्न वा चिन्न सक्यो भने पनि धेरैलाई फाइदा हुन सक्छ भन्ने अर्थमा यो टेष्टलाई प्रयोगमा ल्याइएको हो।
कन्टयाक्ट ट्रेसिङ्ग तथा निगरानी (सर्भेइलेन्स) गर्ने कामसँग यो टेष्टलाई उपयोग गर्न सकिन्छ।
८) यसबाट सामान्य लक्षण भएका वा कुनै लक्षण नभएका के कति संख्याका मानिसहरू समुदायमा छन् भन्ने कुरा पत्ता लगाउन सकिने भएकोले सामान्य मात्र लक्षण भएकोले शंका नगरिएका वा लक्षण नै नभएका तर ६-७ दिनअघि संक्रमित भएको हुन सक्ने मानिसहरूलाई स्वस्थ समुदायबाट अलग आइसोलेसनमा राखी स्वस्थ समुदायमा रोग सर्नबाट केही हदसम्म बचाउन सकिन्छ। तर यसलाई कन्फर्म्ड रिपोर्टको रूपमा लिन भने सकिँदैन।
९) यसबाट माहामारीको बखतमा सक्रिय संक्रमण भएका मानिसहरुको सम्पर्कमा आएका तर कुनै लक्षण नभएका मानिसहरू कति रहेछन् भन्ने अप्रत्यक्ष जानकारी पाउन सकिन्छ।
साथै समुदायको कति जनसंख्यामा सामूहिक इम्युनिटी (हर्ड इम्युनिटी) को विकास भएको रहेछ भन्ने पनि तथ्य पनि थाहा पाउन मध्दत मिल्न सक्छ। तर इम्युनिटिको सन्दर्भमा थप अनुसन्धान हुन बाँकी छ।
१०) माहामारीको बखतमा सक्रिय संक्रमण भएका मानिसहरुको सम्पर्कमा आएका तर कुनै लक्षण नभएका मानिसहरू कति रहेछन् भन्ने अप्रत्यक्ष जानकारी पाउन सकिन्छ।
११) एन्टिबडी पोजिटिभ भएका मानिसहरुसँग यो रोगसँग लड्न सक्ने क्षमता हुने मान्यता रहेको हुँदा यस्ता बिरामीलाई आफ्नो काम कम संकोचका साथ गर्न अनुमति दिन सकिन्छ। तर संक्रमित व्यक्तिमा विकसित भएको एन्टिबडीले कति पछिसम्म र कुन मात्रामा यो भाइरसबाट इम्युनिटी दिन्छ भन्ने कुरा अझै स्पष्ट भैसकेको भने छैन।
१२) यस्ता व्यक्तिको रगतमा रोगसँग लड्ने एन्टिबडी हुने हुँदा यिनको रगतबाट प्लाज्मा निकालेर विभिन्न देशमा कोरोना संक्रमणबाट मृत्युसँग लडिरहेका मानिसलाई दिने गरिएको र त्यसबाट केहीमा फाइदा भएको प्रारम्भिक रिपोर्ट आएको भएपनि पछिल्लो समयमा मिश्रित नतिजा देखिएको छ। हालसम्म यसलाई उपचारको निमित्त उपयोगी भएको भनी ठूलो स्केलको अध्ययनबाट प्रमाणित भै स्थापित भैसकेकोको अवस्था छैन।
१३) कहिलेकाहीँ ढिलो गरी उपचारको लागि आएका मानिसमा डायग्नोसिसको पनि काम गर्न सक्छ।
र्यापिड एन्टिबडी टेष्टका कमजोर पक्षहरु
१) यदि कुनै मानिसको रगतको स्याम्पल संक्रमित भएको ८ दिन भित्र र्याकपिड किट टेष्टबाट परीक्षण गरिएमा व्यक्ति संक्रमित भए पनि यो टेष्टमा पोजिटिभ देख्न सकिँदैन। अथवा सो अवधिभित्र फल्स नेगेटिभ रिपोर्ट निस्कने चान्स बढी हुन्छ। कोभ-१९ भाइरसको संक्रमणपछि शरीरमा एन्टिबडी बन्न ८ दिन लाग्ने भएकोले संक्रमित भएको ८ दिनपछि परीक्षण गरे मात्र यो टेष्ट पोजिटिभ देख्न सकिने हुन्छ।
२) कोरोना भाइरसका सात वटा किसिममध्ये चार वटा टाइप हाम्रो नजिकको वातावरणमा नै हुन्छन्, जसले आफैं सञ्चो हुने खालका सामान्य रुघाखोकी लगाउने खालका हुन्छन्। बाँकी दुईमध्ये एउटाले सन् २००२-२००३ मा चीन, हङकङ, कोरिया आदि देशमा फैलाएको जस्तो सार्स फ्ल्युको महामारी र अर्कोले २०१४ मा मिडिलइष्टमा फैलाएको फ्ल्युको महामारी जस्तो मर्स फ्ल्यु गराउन सक्छन। यदि यीमध्ये कुनै पनि कोरोना भाइरसको एन्टिबडी व्यक्तिको रगतमा भएको खण्डमा कोभ-१९ भाइरसको एन्टिबडीले जस्तै र्याेपिड किटको एन्टिजेन प्रोटिनसँग रियाक्ट गरी फल्स पोजिटिभ रिजल्ट दिन सक्छन्। यसलाई क्रस रियाक्टिभिटी भनिन्छ। तर यीमध्ये कुनै पनि कोरोना भाइरसको संक्रमण सँगसँगै कोभ-१९ भाइरसको पनि संक्रमण हुँदैन भन्ने चाहिँ पटक्कै हैन।
३) प्यान्डेमिकको शुरूवातसँगै आधुनिक प्रविधियुक्त ल्याबमा मात्र गर्न सकिने मोलेकुलर पि.सि.आर. ल्याब टेष्टका लागि आवश्यक औजार, केमिकल तथा रियाजेन्ट्सहरुको आपूर्ति गर्ने क्षमतामा गम्भीर रूपमा कमी हुन गयो। त्यसपछि विभिन्न कम्पनीले ल्याब बाहिर फिल्डमा गर्न सकिने यस्ता र्या पिड टेष्ट किटहरु बिक्री गर्न शुरु गरे। डब्लुएचओले नयाँ विचार प्रयोग गरी विश्व जनसंख्याको आवश्यकता पूरा गर्न समर्थन मात्र गर्यो । अहिलेसम्म डब्लुएचओले यस्ता किटहरुलाई अध्ययन अनुसन्धानको लागि मात्र प्रयोग गर्न अनुमति दिएको छ। तर व्यक्तिमा उपचारको लागि कोभ-१९ भाइरसको संक्रमण भएको छ वा छैन भनी हेर्नको लागि यो टेष्टलाई प्रयोगमा ल्याउन अनुमति दिएको छैन।
प्रभावकारी ट्रेसिङ्ग र निगरानी (सर्भेइलेन्स) हुन नसकेको कुन भूगोलका कति जनसंख्यामा रोग फैलिएको छ भन्ने अप्रत्यक्ष रूपमा थाहा पाउन र यो टेष्टको आफ्नै बिश्वसनियता कति छ भन्ने थाहा पाउन मात्र यसको प्रयोगको लागि सिफारिस गरेको हो। रोग छ वा छैन भनी उपचारात्मक क्लिनिकल निर्णय गर्नको लागि अध्ययन अनुसन्धानबाट प्रमाणहरु स्पष्ट नभएसम्म यसलाई प्रयोगमा ल्याउन स्वीकृति दिइएको हैन। त्यसैले कोभ-१९ को क्लिनिकल डायग्नोसिस गर्न र यसको रिपोर्टको आधारमा कोभ-१९ को संक्रमण छैन भनी पन्छाउनको लागि यो टेष्टलाई प्रयोगमा ल्याउनको लागि एफ.डि.ए. ले पनि स्वीकृति दिएको छैन।
४) र्यापिड टेष्टहरु कोरोना भाइरसको निदानको लागि स्थापित परीक्षण विधि हैन। त्यसैले कोरोनाको निदानको लागि यसको नतिजा कत्तिको सही हुन्छ भन्ने कुरा अध्ययन र मूल्यांकन कै अवस्थामा छ। यस परीक्षणले दिने रिपोर्टको सत्यता र विश्वसनियताको थप वैधानिकता तथा प्रमाणीकरण हुन बाँकी छ।
५) यो टेष्टले संक्रमण नभएका मानिसलाई फल्स पोजिटिभ रिपोर्ट दिने र संक्रमण भएका मानिसलाई फल्स नेगेटिभ रिपोर्ट दिने सम्भावना रहन्छ।
६) धेरैजसो एन्टिबडी रेस्पोन्स रिकभरी स्टेजमा या दोस्रो हप्तामा मात्र विकास भएको पाइएको छ। जतिखेर रोग फैलिनबाट रोक्नको लागि अत्यावश्यक क्लिनिकल तथा इपिडेमिओलोजिकल हस्तक्षेपपूर्ण औजारहरु प्रयोग गर्ने महत्त्वपूर्ण समय बितिसकेको हुन्छ, त्यस्तै त्यतिखेरसम्म अरु समुदायलाई रोग फैलाइसकेको हुन्छ।
७) अर्को कुरा आर.डि.टी. टेष्टले देखाउने भनिएको एन्टिबडी कति बृहत रूपमा, कति कम वा बढी मात्रामा, कति समयसम्म र कति स्थिर रूपमा पैदा हुन्छ, भन्ने कुरा नै अहिले विश्वभरि विवाद, अध्ययन र मूल्यांकनको विषय बनेको छ।
८) आरडिटीबाट देखिएको एन्टिबडीले व्यक्तिलाई फेरि कोरोनाको पुन संक्रमण हुनबाट बचाउँछ भन्ने बारेमा अहिलेसम्म कुनै स्पष्ट प्रमाण भेटिएको छैन।
९) कोभिड-१९ बाट ग्रसित कतिपय मानिसहरूमा यस्ता एन्टिबडीहरु कतिपयमा कमजोर मात्रामा मात्रै थोरै बनेको, कतिमा ढिलो बनेको र कतिपयमा बन्दै नबनेको पनि अध्ययनले देखाएको छ। विश्वभरिका वैज्ञानिकहरुमा अहिले यो हट टपिक बनेको छ र अनुसन्धान प्रक्रिया जारी छ।
१०) व्यक्तिमा उत्पादन हुने एन्टिबडी थुप्रै अवस्थाहरु जस्तै उमेर, पोषण, डायबेटिज, मुटु, कलेजो, मृगौला, फोक्सो, रगतका दीर्घरोगहरु, क्यान्सर, इम्युन सिस्टम कमजोर हुने एचआइभी तथा अन्य रोगहरु र स्टेरोइड, इम्युनिटी कम गर्ने इम्युनोसप्रेस्यान्ट ग्रुपका औषधि लिइरहेको अवस्था आदि सयौं कारणमा भर पर्दछ। यस्ता मानिसहरूमा कोभ-१९ भाइरसका एन्टिबडी कम बन्ने वा कहिलेकाहीँ बन्दै नबन्न सक्छ; अर्को शब्दमा यस्ता बिरामीमा संक्रमण भए पनि र्यासपिड एन्टिबडी टेष्ट नेगेटिभ आउने चान्स बढी हुन्छ। त्यति मात्र नभै कोरोनाका लक्षणहरु पनि नदेखिने सम्भावना बढी हुन्छ। यदि यस्ता मानिसमा र्याटपिड टेष्ट नेगेटिभ छ भनेर घर पठाइएमा व्यक्ति, समुदाय र राष्ट्रलाई नै घातक सिध्द हुनसक्छ।
११) आरडिटी किटको गुणस्तरीयता सम्बन्धमा अमेरिका, इटाली, बेलायत, भारत थुप्रै मुलुकहरूमा शंका उब्जेको र जाँच प्रक्रिया रोक्नु परेको अवस्था छ। यसमा विभिन्न कम्पनीका उत्पादनमा खोट भएको आशंका गरिएको छ।
र्यापिड एन्टिबडी टेष्टको रिपोर्टलाई कसरी बुझ्ने?
(क) यदि र्यापिड एन्टिबडी टेष्ट पोजिटिभ देखिएमा निम्न कुरा बुझ्नुपर्छ:
१) उक्त व्यक्ति कम्तीमा ८ दिनदेखि कोभ-१९ भाइरसबाट संक्रमित छ भन्ने बुझ्नुपर्छ; अथवा
२) उक्त व्यक्ति ८ दिनअघि कुनै पनि समयमा संक्रमित भएको थियो भन्ने बुझ्नुपर्छ।
(ख) यदि यो र्यापिड टेष्ट नेगेटिभ भएमा निम्न कारणहरु हुन सक्छन भन्ने बुझ्नु पर्छ:
१) पहिलो, व्यक्तिमा ८ दिन भित्रको समयसम्म कोभ-१९ बाट संक्रमण छैन भन्ने; अथवा
२) स्याम्पलमा एन्टिबडी छैन भन्ने; अथवा
३) यो परीक्षण गर्ने कार्य संक्रमण भएको ८ दिनभित्र वा एन्टिबडी देखिने समयभन्दा छिटो भयो भन्ने;
४) अर्को आरडिटी किट गुणस्तरीय छैन कि? भन्ने बुझ्नुपर्छ।
एन्टिजेन हेर्ने विधिमा आधारित र्यापिड टेष्ट:
यो टेष्ट एन्टिबडी हेर्ने टेष्ट जस्तै भए पनि यसको किटमा स्पेसल भाइरल एन्टिबडी रहेको हुन्छ जसमा व्यक्तिको रगतको स्याम्पलमा एन्टिजेन रहेको खन्डमा किटको एन्टिबडीसँग हुने प्रतिक्रियाबाट किटमा हुने रङको परिवर्तनको आधारमा उक्त स्याम्पलमा भाइरसको एन्टिजेन भए नभएको थाहा हुन्छ।
एन्टिबडी हेर्ने आरडिटीभन्दा एन्टिजेन हेर्ने यस्ता किटबाट संक्रमण भएको शुरुको दिनमा नै संक्रमण भएको छ छैन थाहा हुन्छ। तर यसमा ५० प्रतिशत भन्दा बढी मानिसहरूमा संक्रमण भएर पनि नदेखिने हुँदा छुट हुन सक्ने सम्भावना हुन्छ। त्यस्तै कोभ-१९ कोरोना भाइरस बाहेकका अन्य भाइरसको एन्टिजेन पनि किटमा भएको एन्टिबडीले पहिचान गरेको अवस्थामा फल्स पोजिटिभ रिजल्ट पनि आउने सम्भावना हुन्छ। यसको रिपोर्टको सत्यता स्थापित भैनसकेको कारणले डब्लुएचओले हालको अवस्थामा यो टेष्टलाई प्रयोगको निमित्त स्वीकार गरेको छैन। भविष्यमा थप अध्ययन अनुसन्धानपछि यसलाई प्रयोग ल्याइन सक्छ।
अब समग्रमा कोभ-१९ भाइरसका सबै प्रविधिका परीक्षणहरुका सबै रिपोर्टहरुको आधारमा हामी सबैले कसरी समीक्षा र विश्लेषण गर्ने भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण छ। यसलाई संक्षेपमा निम्न बमोजिम उल्लेख गरिएको छ:
क) यदि पिसिआर टेष्ट पोजिटिभ छ तर आइजिएम र आइजिजी एन्टिबडी नेगेटिभ छ भने बिरामी संक्रमणको विन्डो पिरेडमा छ भन्ने बुझ्नु पर्छ।
ख) यदि पि.सि.आर. टेष्ट र आइजिएम एन्टिबडी पोजेटिभ छ, तर आइजिजी एन्टिबडी नेगेटिभ छ भने व्यक्ति संक्रमणको शुरुको अवस्थामा छ भन्ने बुझ्नु पर्छ।
ग) यदि पि.सि.आर. टेष्ट, आइजिएम एन्टिबडी र आइजिजी एन्टिबडी तिनै वटा पोजिटिभ भएमा व्यक्ति संक्रमणको सक्रिय अवस्थामा छ भन्ने बुझ्नु पर्छ।
घ) यदि पि.सि.आर. टेष्ट र आइजिजी एन्टिबडी पोजेटिभ छ तर आइजिएम एन्टिबडी नेगेटिभ छ भने व्यक्ति संक्रमणको पछिल्लो अवस्थामा छ अथवा व्यक्तिमा पटकपटक संक्रमण भैरहेको छ भन्ने बुझ्नु पर्छ।
ङ) यदि पि.सि.आर. टेष्ट र आइजिजी एन्टिबडी नेगेटिभ छ तर आइजिएम एन्टिबडी पोजिटिभ छ भने व्यक्ति संक्रमणको सुरुको अवस्थामा छ वा पिसिआर टेष्ट फल्स नेगेटिभ छ भन्ने बुझ्नुपर्छ।
च) यदि पि.सि.आर. टेष्ट र आइजिएम एन्टिबडी नेगेटिभ छ तर आइजिजी एन्टिबडी पोजेटिभ छ भने व्यक्ति विगतमा संक्रमित थियो तर अहिले निको भैसकेको छ भन्ने बुझ्नुपर्छ।
ञ) यदि पि.सि.आर. टेष्ट नेगेटिभ छ तर आइजिएम र आइजिजी एन्टिबडी दुवै पोजिटिभ छ भने व्यक्ति संक्रमणबाट सञ्चो हुँदै गरेको अवस्थामा छ अथवा पिसिआर टेष्ट फल्स नेगेटिभ छ भन्ने बुझ्नु पर्छ।
पाँच करोड जनसंख्या भएको दक्षिण कोरियाले ६ सय ल्याब सेन्टर स्थापना गरी आफ्ना ६ लाख २० हजार भन्दा बढी नागरिकमा ल्याब परीक्षण गरिसकेको छ।
जबकी २ करोड ५० लाख जनसंख्या भएको दक्षिण कोरियाको थेगु सहरमा मात्र कोभ-१९ भाइरसको संक्रमण सीमित थियो। चीनको हुबेई प्रान्तको उहान र ग्याङ्डोङ्ग सहरमा मात्र कुल ५२ लाख ६६ हजार नागरिकको कोभ-१९ भाइरसको टेष्ट गरिसकेको छ। त्यस्तै भारतले कुल १४ लाख ३१ सय र अमेरिकाले आफ्ना ६५ लाख ५३ हजार ४ सय नागरिकको कोभ-१९ भाइरसको परीक्षण गरिसकेको छ। नेपालमा हालसम्म १७ वटा सेन्टरबाट ६० हजार ३ सय जनाको परीक्षण भएकोमा कुल १३ हजार ९८ जनाको मात्र पिसिआर परीक्षण हुन सकेको छ।
हाम्रो देशमा पछिल्लो समयमा भारतबाट भित्रिएका कोभ-१९ संक्रमण पुष्टि भएका मानिसहरू थपिएका छन्। केही समुदायका मानिसमा पनि कोभिड-१९ पुष्टि भएका समाचार आएका छन्। क्वारेन्टाइन भित्र बसेका कोभ-१९ नेगेटिभ भएको भनी घर पठाइएका कतिपयमा पि.सि.आर. पोजिटिभ भएको पाइएको छ। लकडाउन पूर्णतया सफल हुन सकेको छैन। लकडाउनको समय भित्र जुन तदारुकताका साथ पि.सि.आर. टेष्टलाई प्रत्येक जिल्लामा व्यापक गराइनु पर्ने हो त्यो हुन सकेको छैन। हामीसँग सीमित क्षमता भए पनि टेष्ट सेन्टरहरु सकेसम्म बढाउदै लैजानुको विकल्प छैन। हामीसँग कट्याक्ट ट्रेसिङ, ट्रयाकिङ तथा निगरानी वा सर्भेइलेन्स कार्यलाई अझै बढी प्रभावकारी बनाउन सक्नु पर्ने चुनौती छ। देशभरिका क्वारेन्टाइन र आइसोलेसनका मापदण्ड र क्षमता अझै बढी सुदृढ बनाउँदै अर्थपूर्ण बनाउन अझै बढी मिहिनेत गर्नु छ।
कम स्वास्थ्य शिक्षा र कम उत्प्रेरणताको कारणले कतिपय मानिसहरूलाई प्रशासनले क्वारेन्टाइनमा बस्न सुझाव दिँदा पनि घर गएका, कोही त क्वारेन्टाइनबाट भागेको पाइएको छ। स्वास्थ्य शिक्षा र जागरुकता ल्याउने काम टेलिभिजन र एफएममा मात्र भर पर्दा पर्याप्त नहुन सक्छ। हजारौं संयन्त्रहरु (टोलीहरु) निर्माण गरी गाउँगाउँ, टोलटोल र घरघरमा पठाई स्वास्थ्य शिक्षा दिने, ट्रेसिङ गर्ने, निगरानी वा सर्भेइलेन्स गर्ने कामलाई अझ बढी ऊर्जाका साथ युद्धस्तरमा लागू गर्नुपर्ने छ। सदियौंदेखि नै केन्द्रका निर्णयहरुलाई गाउँगाउँमा पुर्या ई कार्यान्वयन गर्ने प्रणाली पहिलेदेखि नै कमजोर अवस्थामा थियो। जसलाई कम समयमा विकसित गर्न हाम्रो सामु चुनौती छ।
सीमापारि भारतमा संक्रमितको संख्या बढ्दो छ। एकपल्ट भर्ना भई निको भएर घर पठाइएका मानिसहरु फेरि फर्केर भर्ना गर्नु परेको रिपोर्टहरु देशविदेशबाट आइरहेका छन्। भारतमा क्वारेन्टाइनमा बसेर पि.सि.आर. टेष्ट नगरी शुक्रबार पठाइएका नेपाली दाजुभाइहरुको व्यवस्थापन गर्ने काम चुनौतीपूर्ण बनेको छ। सीमापारिबाट नेपाल भित्रिने मानिसहरूलाई रोक्न त्यति सजिलो देखिन्न। भारतमा कोभ-१९ को संक्रमण पिकमा पुगी झर्ने क्रममा हाम्रो देशमा बढ्ने हो कि जस्तो आशंका देखिँदै छ।
लकडाउन खुकुलो गर्दा नदेखिएका संक्रमितबाट रोग फैलिने हो कि भन्ने डर छ। यसलाई रोक्नको लागि लकडाउनको अवधिमा अरु गर्नुपर्ने महत्त्वपूर्ण कामहरू भैरहेकोमा त्यसलाई अरु गतिका साथ कार्यान्वयन गर्नु छ। सुरुमा जुन जोस जाँगरका साथ हामी लागेका थियौ, त्यति नै गतिशीलताका साथ अगाडि बढ्दै जानु छ। यो समयमा हामीले कोरोनाको रोकथामको लागि गर्नुपर्ने नियन्त्रणका कामहरू, उपचारात्मक योजना र तयारीलाई पुनरावलोकन गर्दै अघि बढ्नु छ। लकडाउन आफैंमा सबथोक हैन। यसबाट देशको अर्थव्यवस्था अस्तब्यस्त भैसकेको र अरु बढी तहसनहस हुनेमा कुनै शंका छैन।
अन्तमा कोभ-१९ भाइरसको निदानको लागि गरिने स्पेसिफिक टेष्टहरु वाहेक व्यक्तिमा देखिएका कोभिड-१९ का लक्ष्यणहरु, संवेदनशील ठाउँबाट आएको हिस्ट्री, कन्ट्याक्ट हिस्ट्री, कन्ट्याक्ट ट्रेसिङ, कन्ट्याक्ट् ट्र्याकिङ, निगरानी (सर्भेईलेन्स) तथा कोभिड-१९ को लागि गरिने स्पेसिफिक ल्याबटेष्ट वाहेकका अप्रत्यक्ष रूपमा कोभिड-१९ को पक्षमा पुष्टि दिने अन्य ल्याबटेष्टका विवरणहरु कोभिड-१९ को नियन्त्रण र व्यवस्थापनको लागि त्यति नै बढी महत्त्व राख्छन् भन्ने तथ्य हामीले बिर्सनु हुँदैन।
कोभिड-१९ सँग हामी तर्सेर हैन, सावधानी अपनाएर, आलोचना गरेर हैन एक अर्काको परिपूरक बनेर, साथ, सहयोग, हौसलाका साथ एक अर्कालाई जागरुक र उत्प्रेरित गराउँदै दृढताका साथ सामूहिक रुपमा निरन्तर अघि बढेर मात्र हामीले यसमाथि जित हासिल गर्न सक्ने छौँ। हामी सबै दृढ इच्छाशक्तिका साथ मिलेर काम गरेमा निश्चित रूपमा हामीले यसमाथि विजय हासिल गर्ने छौँ।