उमेश प्रसाद रौनियार
कोभिड-१९ ले गर्दा देश लकडाउनको स्थितिमा छ। यो विषयम परिस्थितिमा व्यापार व्यवसाय समेत ठप्प छ।
हवाई तथा स्थलमार्गमा सवारी साधनहरु सहज रुपमा चल्न सकेका छैनन्। अधिकांश उद्योगहरु बन्द भएका छन्। त्यसको प्रत्यक्ष असर औषधि आपूर्तिमा परेको छ। वर्तमान परिपेक्ष्यमा मानिस घरभित्रै बसेका छन्।
घर बाहिरको खाना खाजा खाने बानी पनि हराएको छ। घरभित्रै बसेका मानिसहरु शारीरिक व्यायाम पनि गरिरहेका छन्। सुधारिएको स्ववच्छताले पनि मानिसहरु कम बिरामी भएका छन्। अहिले मानिसहरु अस्पताल जाने क्रम करीब ८० प्रशितले घटेको छ।
चिकित्सकहरु समेत अस्पताल एवं क्लिनीकमा सहज रुपले उपस्थित भएका छैनन्। जसको कारणले पनि नयाँ बिरामीहरु धेरै कम देखिएका छन्। यसको सिधा असर औषधिको बिक्रीमा परेको देखिन्छ। औषधिको व्यवसाय चिकित्सकको सल्लाह मार्फत हुने भएकाले औषधि बिक्रीमा धेरै ह्रास आएको छ।
अहिले जीवनभर खाने औषधि जस्तै, उच्च रक्तचाप, मधुमेह, मानसिक रोगको औषधि मात्रै केही हदसम्म बिक्री भएको पाइएको छ। भारतमा अप्रिल २०२० मा औषधिको बिक्रीमा करीब १९ प्रतिशतले ह्रास आएको छ। जुन विगत ३ वर्षकै न्यूनतम बिक्री हो। भारतको नम्बर एक कम्पनीको बिक्रीमा पनि १७ प्रतिशतले ह्रास भएको छ।
औषधिको बजार प्रवर्धन व्यक्तिगत रुपमा हुने भएकाले बजार प्रतिनिधिहरु पनि सहज रुपमा चिकित्सकलाई भेटी औषधि प्रवर्धन गर्ने अवस्था छैन। अन्तर्राष्ट्रिय बजारमा औषधिको कच्चा पदार्थको मूल्यमा अत्यधिक वृद्धि एवं नगदमा मात्र करोबार भएको छ।
यो बाहेक उत्पादित औषधि एवं कच्चा पदार्थको ओसार पसारमा पनि निकै समस्या देखिएको छ। यस्तो विषम परिस्थितिमा केही औषधि उद्योग बाहेक अधिकांश उद्योगहरु बन्द छन्। न्यूनतम बिक्री र भुक्तानीको अवस्था रहेकाले औषधि उद्योगलाई कर्मचारीको तलब दिन पनि धौं धौं परेको छ।
कहिलेसम्म यस्तो अवस्था रहन्छ भन्ने अझै यकिन नहुँदा औषधि उद्योग कसरी सञ्चालन गर्ने भन्ने अन्यौल छ। नेपालको कुल औषधिको खपतको करीब ४५ प्रतिशत उत्पादन नेपाली औषधि उद्योगले गर्छ। यदी स्वदेशी औषधि उद्योग बन्द भए देशमा औषधि अभाव हुने सम्भावना धेरै बढेको छ।
मुलुकको विषम परिस्थितिमा स्वदेशी औषधि उद्योगलाई सरकारले संरक्षण गर्नु आवश्यक छ। सरकारले कर तिरको एवं कम्पनीको स्थापनाकालको आधारमा उद्योगको वर्गाीकरण गरी व्याज एवं सहुलियत ऋण तथा थप पुँजीको व्यवस्थापन गरी ठोस नीति ल्याई उद्योगलाई बचाउन सक्छ। उद्योगको आपूर्तिमा श्रृंखलालाई सहज गरी औषधि आपूर्तिमा सघाउ पुग्ने थियो।
सबै सरोकारवाला निकायहरु (नेपाल मेडिकल काउन्सिल, नेपाल औषधि उत्पादक संघ, औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत) बीच आपसमा निरन्तर छलफल गरी औषधिको उद्योग संरक्षणको लागि नयाँ नीति तर्जुमा गर्न सकिन्छ।
हेल्थ केयर प्रोफेसनललाई आत्मनिर्भर औषधिको बारे सचेतना गराई स्वदेशी उत्पादनलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन पहल गर्न सकिन्छ। नेपाल औषधि उत्पादक संघ (एपोन)का सबै सदस्यले छलफल गरी सबै सरकारी स्वास्थ्य संस्थामा आत्मभिर्नर नेपाली उत्पादनलाई प्रतिष्पार्धात्मक मूल्यमा आपूर्ति गर्न सरकारसँग अनुरोध गर्न सकिन्छ।
औषधि उद्योगले नयाँ नयाँ थोराप्युटिक सेग्मेन्टको पहिचान गरी न्यू थोरापि एप्रोचमा गृहकार्य गरी अति शिघ्र नयाँ उतपदन ल्याउन सक्छन्। सामाजिक दूरीको कारणले अब आउने दिनका लागि सबै फिल्ड फोर्सलाई सुरक्षित तरिकाले काम गराउने विधि एवं वातारण तयार गर्नुपर्ने देखिन्छ। बजार प्रर्वधन पूर्ण एवं आशिंक रुपमा डिजिटल प्लाटफर्ममा स्थानान्तरण गर्नुपर्ने आवश्यक छ।
टेलीमेडिसिनलाई आगामी दिनमा उद्योगले बजार रणनीतिको रुपमा प्रयोग गर्न सक्नेछन्। क्वास फ्लो को अभावको अवस्थामा उद्योगले अनावश्यक खर्च कटौटी गरी अर्थ व्यवस्थापन गर्न सक्नेछन्।
यस विपदको अवस्थामा मानव संशाधनलाई मानसिक एवं आर्थिक रुपमा व्यवस्थापन गरी मनोबललाई उच्च राख्न अति आवश्यक छ। स्थिति सामान्य भएको बेला यसले सहज प्रतिवद्धताको विकास गर्नेछ।
अन्त्यमा अरबौंको लागनी एवं रोजगार दिने औषधि उद्योगको संरक्षणमा सबै सरोकारवालाको समयमै ध्यान पुगोस्।
(रौनियार प्राइम फर्मास्युटिकल्स प्रा.लिका मार्केटिङ्ग डाइरेक्टर हुन् )