धनी सिंह
युनिसेफले प्रकोपको प्रभावलाई प्राथमिक र माध्यमिक गरी दुई भागमा बाँडेको छ। प्राथमिक प्रभावहरू मानव स्वास्थ्यमा महामारीको प्रत्यक्ष र तत्काल परिणामको रूपमा परिभाषित छन्। माध्यमिक प्रभावहरू महामारीले अप्रत्यक्ष रूपमा हुनेगरी परिभाषित गरिएको छ। यी अप्रत्यक्ष प्रभाव या त मानिसमा डरको प्रभावको माध्यमबाट या यसलाई नियन्त्रण गर्नका लागि गरिएका उपायहरूको कारण देखा पर्छन्।
कोभिड-१९ नयाँ रोग हो । भाइरस खासगरी व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको थोप्लामार्फत फैलिन्छ। कोभिड-१९ रगतको माध्यमबाट सर्दैन। आजसम्म महिलाको मासिक चक्रमा कोभिड-१९ को प्रभावको कुनै प्रमाण छैन तर तनाव, चिन्ता र कुपोषणले प्रजनन् स्वास्थ्यलाई असर गर्न सक्छ।
कोभिड-१९ महामारीले महिला/केटीमा दुवै (माध्यमिक र प्रथामिक) प्रभाव पर्छ। सबैभन्दा बढी प्रभावित गरिब, आर्थिक अवस्था कमजोर, अपांग र सामाजिक रुपमा पिछडिएका महिला बढी जोखिममा छन्। केही महिलालाई पेसाले बढी जोखिम ल्याउँछ। जस्तै: नेपालमा सम्भवतः फ्रन्ट-लाइनहेल्थ वर्कर्स महिला हुने सम्भावना बढी हुन्छ। विशेषगरी नर्स, सुँडेनी र सामुदायिक स्वास्थ्य कार्यकर्ता फ्रन्ट-लाइन हेल्थ वर्कर्स हुन्। त्यसैले महिलाहरु पेसागत रूपमा पनि बढी जोखिममा छन् भन्न सकिन्छ।
नेपालमा लगभग ४० प्रतिशत स्वास्थ्यकर्मी महिला छन्। यदि महिनावारी स्वच्छतामा ध्यान दिन सकिएन भने महिलाको कार्यक्षमता घट्नेमा कुनै शंका छैन। महिलाको कार्यक्षमता घट्दा अप्रत्यक्ष रूपमा स्वास्थ्य प्रणालीकै कार्यदक्षतामा कमी आउँछ। फलस्वरुप हामी माहामारीको सिकार बन्न पुग्छौं। यो अवस्थालाई निर्मूल पार्न महिलाको महिनावारी स्वच्छतामा ध्यान दिन जरूरी छ।
यो लेखमा महिनावारी भएका महिलालाई समाजमा र स्वास्थ्य संस्थामा (बिरामी महिला र महिला स्वस्थ्यकर्मी) कोभिड-१९ को प्रभाव, चुनौती र समधानका उपायहरु प्रष्ट पार्ने प्रयास गरिएको छ, जुन सरकारलाई सुझावको रुपमा जाओस्।
माहामारीका बेला महिनावारी हुँदा समाजमा महिलालाई आइपर्ने चुनौती र यसको दिगो समाधानका उपाय
समुदायमा किशोरी र महिला बढी चुनौतीको सामना गर्न बाध्य छन्। यी चुनौतीबाट महिलालाई माथि उठाउन निरन्तर रुपमा सही सूचनाहरूको पहुँच महिलामा पुर्याउनु जरूरी छ। माहामारीका बेला महिनावारी हुँदा महिलामा देखापर्ने चुनौती र यसको दिगो समधानका उपाय यस प्रकार छन:
चुनौती
• पानी र सरसफाइ सेवाको प्रबन्धमा गडबडी, जस्तै: सुरक्षित पानीको आपूर्तिमा अवरोध वा ढल निकास प्रणाली मर्मतको अभाव हुन सक्छ।
• घरमा क्वारेन्टाइन वा पृथक बसेका महिलामा पानीको आपूर्ति या सरसफाइमा अभाव हुनु।
• महिनावारी स्वच्छता सामग्रीहरूमा पहुँच नहुनु।
• टेक्नोलोजीको आभावका कारण गम्भीर जानकारीको लागि सीमित पहुँच हुनु।
• यौन र प्रजनन् स्वास्थ्यको राम्रो ज्ञान नहुनु।
• महिनावारीको बेला घरबाट टाढा (छाउघर) मा बस्नुपर्ने, जसले महिलामा शारीरिक, मानसिक र सामाजिक समस्या देखा पर्ने।
दिगो समाधानका उपाय
• जनचेताना जगाउने।
• घर तथा समाजका मानिसलाई महिलालाई सहयोग गर्न प्रोत्साहन गर्ने।
• घर-घरमा सम्भव भएसम्म वास सेवाहरूको निरन्तरता दिन समर्थन गर्ने।
• किशोरी र महिलालाई खाना र गैर-खाद्य वस्तुहरू पूर्ण रुपमा उपलब्ध गराउने।
• सेनेटरी प्याड र अन्य आवश्यक वस्तुहरू पूर्ण रुपमा उपलब्ध गराउने।
• महिनावारी स्वच्छता सामग्रीहरू निशुल्क रूपमा उपलबध गराई पहुँच बढाउने।
• किशोरी र महिला सक्षम छन् कि छैनन् निर्धारण गरी डिजिटल जानकारीका स्रोतहरुको उपयोग गर्ने।
• उपयुक्त सञ्चार माध्यम प्रयोग गरी महिनावारी सम्बन्धी चेतनामूलक जानकारी प्रदान गर्ने।
• यौन र प्रजनन सेवा-सुविधाको पहुँच बढाउने।
• महिनावारीको बेला छाउघरमा बस्नु गलत हो र यसको असरको बारेमा सचेतना जगाउने।
• छाउपडी प्रथा पूर्ण रुपमा अन्त्य गर्न अभिप्रेरित गर्ने।
स्वास्थ्य संस्थामा सुविधा लगिरहेका महिलामा माहामारीका बेला महिनावारी हुँदा देखापर्ने चुनौती र दिगो समाधानका उपाय
बिरामी महिलालाई जाहिले पनि महिनावारी सरसफाइ सामग्री र वास सुविधामा पहुँच आवश्यक पर्छ। यदि महिला वा किशोरी कोभिड-१९ का गम्भीर बिरामी छन् भने तिनीहरूको महिनावारी सरसफाइ प्रबन्ध गर्न सहयोग चाहिन्छ। जसअनुरूप महिनावारी सरसफाइमा सहयोग गरी बिरामी महिलाको ज्यान जोखिमबाट बचाई स्वस्थ्यकर्मीले आफ्नो कर्म निभाउन जरूरी छ। स्वास्थ्य संस्थामा सुविधा लगिरहेका महिलामा माहामारीका बेला महिनावारी हुँदा देखापर्ने चुनौती र यसको दिगो समाधानका उपाय यस प्रकार छन्:
चुनौती
• अस्पतालमा भर्ना भएका वा क्वारेन्टाइन केन्द्रमा बसिरहेका किशोरी र महिलामा वास र महिनावारी ससरसफाइका समान आपूर्ति पहुँच कमी हुन सक्ने।
दिगो समधानका उपाय
• महिनावारी सामग्री र पेनकिलर निरन्तर प्रदान गर्ने।
• वास सुविधा उपलब्ध गराउने।
• महिनावारी स्वच्छता सामग्रीहरू निशुल्क रूपमा उपलब्ध गराई पहुँच बढाउने।
• तालिमप्राप्त महिला चिकित्सकलाई महिनावारी भएका महिलाको हेरचाह गर्ने व्यवस्था मिलाउने।
महिला स्वास्थ्यकर्मीमा माहामारीका बेला महिनावारी हुँदा देखापर्ने चुनौती र दिगो समाधानका उपाय
नेपालमा महिलाले स्वास्थ्य श्रमशक्तिको आधा प्रतिशत हिस्सा लिन्छन् र उनीहरू सम्भवतः फ्रन्ट-लाइन हेल्थ वर्कर्स हुने सम्भावना बढी हुन्छ। विशेषगरी नर्स, सुँडेनी र सामुदायिक स्वास्थ्य कार्यकर्ता हुन्। यी महिलाले आफ्नो मासिक महिनावारी प्रबन्धनका लागि थप चुनौतीको सामना गर्छन्, जसले उनीहरूको स्वास्थ्य र मर्यादामा मात्र होइन, स्वास्थ्य प्रणालीको क्षमतामा पनि सम्झौता गर्छ। महिला स्वास्थ्यकर्मीमा माहामारीका बेला महिनावारी हुँदा देखापर्ने चुनौती र यसको दिगो समाधानका उपाय यस प्रकार छन्:
चुनौती
• स्वास्थ्य सेवाका कामदारको महिनावारी सरसफाइको आवश्यकतालाई प्राथमिकता दिँइदैन।
• स्वास्थ्य प्रणालीद्वारा प्रदान गरिएको स्वास्थ्यकर्मीहरूको लागि मासिक स्वास्थ्य स्वच्छता सामग्रीको अभाव।
• पिपिई लगाउँदा र हटाउँदा मासिक महिनावारी स्वच्छता सामग्रीको द्रुत परिवर्तनलाई रोक्छ, सम्भावित रूपमा महिला कामबाट टाढा बस्नु पर्छ।
• स्वास्थ्य संस्थामा वास सुविधाहरूमा पहुँचको अभाव, जसले महिलालाई मासिक महिनावारी स्वच्छता सहित आधारभूत सरसफाइ प्रबन्ध गर्नबाट रोक्छ।
दिगो समधानका उपाय
• सरसफाइको आवश्यकतालाई प्राथमिकता दिई यसको बारेमा वकालत गर्ने।
• मासिक महिनावारी स्वच्छता सामग्री, स्वास्थ्य सेवाकर्मीहरूको लागि आवश्यक आपूर्तिको रूपमा लगी पर्याप्त मात्रामा खरिद गर्ने।
• पिपिईको पर्याप्त मात्रामा पहुँच पुर्याउने।
• कम गर्ने वातावरण मिलाउने, फ्रन्ट-लाइन हेल्थ वर्कर्सलाई विशेष खालको आर्थिक लाभ उपलब्ध गराउने।
• महिला कर्मचारीलाई महिनावारीको बेला उचित समय तालिकाको व्यवस्था मिलाउने।
• स्वास्थ्य संस्थामा सुविधाहरू महिला र अशक्त मानिस अनुकूल हुनपर्छ।
• स्वास्थ्य संस्थामा वास सुविधामा अनुकूल पहुँच हुनुपर्छ।
महामारीको समयम महिनावारी स्वच्छताको निरन्तरता सुनिश्चित गर्नका लागि स्वास्थ्य सेवाकर्मी र बिरामीहरुमा महिनावारी स्वच्छता सामग्री आपूर्ति र वास सुविधाहरू उपलब्ध गराउन जरूरी छ। त्यसैगरी समुदाय, विद्यालय सरकारी-गैरसरकारी संस्थामा समेत आधारभूत वास सुविधा हुनु जरूरी छ। महिनावारी स्वच्छताको निरन्तरता सुनिश्चित मात्र स्वास्थ्य संस्थाले गर्न सक्यो भने माहामारीको बेला महिला स्वास्थ्यकर्मीको काम गर्ने क्षमता बढ्नेमा दुई मत छैन। यसतर्फ सरकारको ध्यान कहिले जाने? सरकारलाई मेरो यो सुझाव पुगोस्।
(सिंह जनस्वस्थ्यकर्मी हुन्)