चेतराज पण्डित
नेपालमा हालको संक्रमणको दर बदैछ। यसले थप सर्तकता अपनाउनु पर्ने देखिन्छ। २ महिनाको बन्धाबन्धिले नेपालमा कोभिड-१९ को संक्रमणलाई धेरै हद सम्म सहयोग पुगोको कुरालाई नकार्न सकिन्न। विशेष गरी भारत लगायतका देशबाट स्वदेश फर्कने नेपालीको संख्या दिन प्रतिदिन बढिरहेको छ। जुन स्वाभविक पनि हो। यसरी हेर्दा अब नेपालको हरेक गाँउ तथा सहरमा यसरी विदेशबाट र हाल कोभिड-१९ को संक्रमण भई रहेको जिल्लाबाट संक्रमण नयाँ जिल्लामा फैलिने सम्भावना धेरै छ।
जनस्वास्थ्यमा कुनै पनि सरूवा रोगको रोकथामको लागी विभिन्न उपायहरू छन। हाल धेरै प्रचलनमा रहेका विधिहरूमा क्वारेन्टाइन र आइसोलेसन हुन।
क्वारेन्टाइन भन्नाले सामान्य भाषामा कुनै पनि व्यक्ति तथा जनावर संक्रमित रोगीको सर्म्पकमा आयमा उक्त व्यक्ति तथा जनावरलाई सबैभन्दा लामो ऊष्मायन अवधि (Incubation Period) सम्मलाई गतिविधिहरूमा प्रतिबन्ध लगाउनु हो। त्यस्तो ब्यक्तिमा कुनै पनि रोगको लक्षण देखा परेको हुदैन।
आइसोलेसन भन्नाले कुनै पनि व्यक्ति तथा जनावरलाई रोग सर्ने अवधि भर अन्य व्यक्तिबाट अलग राख्नु हो। यसको मुख्य उश्देय रोगीबाट अरूमा रोग नसरोस भन्ने हो । जुन रोगथामको सबैभन्दा पुरानो विधि हो।
यसरी हालको कोभिड-१९ को रोगथामको मुख्य उपायको रूपमा नेपालमा क्वारेन्टाइनलार्इ लिएको देखिन्छ। भारतमा लकडाउन खुकुलो भएसंगै नेपालमा फर्किनेको संख्या दिन अझै बढ्ने निश्चित छ। यसरी विदेशबाट आउने सबैको पिसिआर टेस्ट गरी सुरक्षित उनीहरूको घरसम्म पुर्याउन सके सबैभन्दा उतम हुन्थ्यो। हालको टेस्टको क्षमताले त्यो सम्भव छैन। त्यसैले अबको विकल्प भनेको होम क्वारेन्टाइन वा क्वारेन्टाइन हो।
हाल नेपालमा कोभिड-१९ का लागी बनेका क्वारेन्टाइनमा आधारभूत सुविधा भएको देखिदैन जसको कारण क्वारेन्टाइनमानै संक्रमण सर्ने उच जोखिम रहेको छ।
त्यसैले क्वारेन्टाइनमा बनाउदा विशेष ध्यान दिनु पर्ने हुन्छ। जसमा क्वारेन्टाइनमा बस्ने सबैलाई यस रोगका मुख्य सर्ने तरिकाबारे जानकारी दिनुपर्ने हुन्छ। त्यसको लागी चाहिने आवश्यक रोगथामका सामग्रीको व्यवस्था हुनुपर्छ। त्यसैले रोगको रोकथाम हुने गरी मात्र क्वारेन्टाइन बनाउनु पर्छ। कम्तिमा सामाजिक दुरी लगायतका सम्पूर्ण रोगथामका उपायहरू अपनाउनु पर्ने हुन्छ।
क्वारेन्टाइनमा बस्ने व्यक्तिले पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। शंकास्पद व्यक्ति क्वारेन्टाइन हुने भएकाले रोगथामको लागी कम्तिमा १ मिटरको भैतिक दुरी कायम गर्ने, राम्रोसंग माक्स लगाउने, साबुनपानीले राम्रोसंग हात धुने आदि कुराहरूमा ध्यान दिनु पर्छ।
अन्तमा, क्वारेन्टाइनमा राख्नुको मुख्य उद्देश्य रोग अरूलाई नसरोस् भनेर हो तर क्वारेन्टाइनमा बस्दा सावधानी अपनाइएन भने यसले ठुलो जोखिम बढ्ने देखिन्छ। अतः सम्पूर्ण स्थानीय तह, प्रदेश सरकार तथा केन्द्र सरकार मिलेर क्वारेन्टाइनलाई व्यवस्थित गर्नेबारे सहकार्य हुनुपर्छ। गरिएन भने जुन उदेश्यले क्वारेन्टाइन बनाइएको गरीएको थियो त्यसको उल्टो नहोला भन्न सकिन्न। यसमा बेलैमा ध्यान दिन जरूरी छ।
(पण्डित बुढानिलकण्ठ नगरपालिकामा हेल्थ असिष्टेन्टको रूपमा कार्यरत छन्)