एकदेव अधिकारी
१. कोरोना भाइरस अति सूक्ष्म जीवाणु हो, यसको आकार ०.०६ माइक्रोनदेखि ०.१४ माइक्रोन अर्थात् औसतमा ०.१२५ माइक्रोन हुन्छ (इलेक्ट्रोन माइक्रोस्कोपबाट मापन गरिएको)। यसको अर्थ कोरोना भाइरसका अंशहरु २.५ पिएमभन्दा पनि साना हुन्छन्। राता रक्त कोषिका ७ पिएम, ब्याक्टेरिया ०.५ पिएम हुन्छन्, कोरोना भाइरस ०.१ पिएमभन्दा साना हुन्छन् भने मास्क लगाउनुको के अर्थ? मास्कले यति सूक्ष्म जिवाणुलाई कसरी रोक्न सक्छ भनेर पत्याउनु?
२. एउटै घरमा ५ जनाको परिवार छ, घरबाहिर कतै नगई बसेको हप्तौं भयो। अकस्मात एक जना सदस्यलाई घाँटी दुख्ने र सामान्य टाउको दुख्न सुरु हुन्छ। त्यसै गरेर अर्को सदस्यलाई सामान्य पखाला लाग्छ। सबै परिवार एकै घरमा भान्सा, शौचालय र ओछ्यान समेत सेयर गरिरहेका हुन्छन्। सो परिवारमा अरु तीन जना सदस्य पनि लगातार आउने-जाने भइरहन्छ, खाना-नास्ता भइरहेको हुन्छ। यसमा ६० वर्ष उमेर पुगेका ३ जना, ४ वर्ष मुनिका बच्चा २ जना छन्। ३०/३१ का अरु ३ जना छन्। अचानक कोरोना परीक्षण गर्दा ३ जनालाई पोजिटिभ देखिन्छ। पोजिटिभ भएकामध्ये २ जनालाई निकै गाह्रो हुँदै जान्छ र अस्पतालमा भर्ना हुनुपर्छ। एक जना प्रौढलाई सामान्य रुघा मर्कीमा सीमित हुन्छ। अन्यको परीक्षण गर्दा सबैको नेगेटिभ हुन्छ। यस परिवारमा कोरोना पोजेटिभ भएकी महिलाको ४ वर्षको छोरा सँगै हुन्छ तर कोरोना हुँदैन। त्यसै गरेर हजुरआमालाई पनि कोरोना हुँदैन। यसको के अर्थ हो? कुनै रक्तसमूह वा कुनै रासायनिक तत्व वा अन्य इम्युनिटी वा एन्टिबडी भएर नभएको हो वा सो गुण नभएकालाई कोरोना संक्रमण भएको हो, अध्ययनको विषय छ। १:३ अर्थात् १ जनाबाट बढीमा ३ जनामा मात्र सर्ने सम्भावना छ भनिएको पनि पाइन्छ तर फेरि कहीँ सपरिवारमा भएको छ। यसलाई गम्भीर अनुसन्धान जरुरी छ।
३. रोग प्रतिरोधात्मक क्षमता अर्थात् हाम्रो शरीरको प्रतिरक्षा प्रणाली बलियो भएमा के कोरोना नलाग्न सक्छ त? त्यसो पनि भएको देखिँदैन। यो भाइरस शरीरमा कसरी प्रवेश गर्छ र प्रवेश गरेपछि कसरी यसको रसायनिक प्रतिक्रिया हुँदै जान्छ, त्यसबाट के लक्षण देखिन्छ भन्ने अध्ययन हुनुपर्ने देखिन्छ। यो भाइरस विशेषलाई रोक्ने कस्तो प्रतिरक्षा प्रणाली आवश्यक हो, त्यो पनि छुट्याउनु जरुरी देखियो। जस्तो: नेपालीलाई सामान्य प्रकारका भाइरसहरुले केही गर्दैन। अन्य विकसित देशका व्यक्तिलाई भन्दा, किनकी हामी ती भाइरसहरुसँग अभ्यस्त भइसकेका हुन्छौं।
४. कोरोनाको रसायनिक वनावट के हो? यदि अहिलेसम्म यो जानकारी दुनियाँले थाहा पाउन सकेको हो भने यसलाई नियन्त्रण गर्न सहज हुने थियो तर हालको अवस्था हेर्दा यति पनि पत्ता लागेको रहेन छ। नत्र यसको बनावट वृद्धि, आकार, प्रकार र यसका रुचिहरु वा यसको बसोबास, खाना, सन्तान वृद्धि अर्थात् कोष वृद्धि जस्ता कुरामा अवरोध गर्न सकिन्थ्यो। त्यो पनि देखिँएको छैन।
५. कोरोना हावाबाट फैलिरहेको छ वा छैन, यस विषयमा समेत अलमल छ। ६ फिटको दूरीमा संक्रमितको सिंगान, श्वास वा थुक आदिबाट सर्छ भनिएको छ। काठमाडौंमा दिनप्रतिदिन संक्रमितको दर बढिरहेको छ। मानौं १० जना वा २० जना वा ५०/१०० जना संक्रमितहरु यात्रा गरिरहेका छन् भने तिनीहरुको श्वास खुला रुपमा हावामा फैलदा त्यो श्वास निसंक्रमित व्यक्तिमा हावाका माध्यमबाट सजिलै सर्नुपर्ने होइन र? तर ठ्याक्कै यस्तै पनि त भएको छैन। यो जिवाणु सजीव हो वा कुनै रसायनिक वा जैविक हतियारको अवयव हो प्रष्ट छैन। निर्जीव हो भने यो सर्ने सम्भावना त सदैव रहिरहने भयो। हावाका माध्यमबाट सर्ने भए घरमा झ्याल-ढोका जतिबेलै थुनेर बसे पनि त सर्ने सम्भावना त रह्यो। हावामा १०/१५ वा कति समयमा आफैं नष्ट हुने हो भने यो नष्ट हुने सूत्र पनि त यहीँ रहेछ। हामीले त्यो अध्ययन-अनुसन्धान किन गरिरहेका छैनौं?
६. मानव कोषमा प्रवेश गरेपछि यसले अनेकथरी विज्याईं गर्छ, कोषीय कार्यसम्पादनमा नकरात्मक प्रभाव पार्छ र यसले आफैंले गर्ने नोक्सानीभन्दा पनि यसको प्रतिरक्षामा हाम्रो शरीरका सैनिक कोषहरु खट्ने र त्यहीँ मर्ने हुँदो रहेछ र कोरोनाले गर्ने हानीको रखवारी गर्न खटिएका कोषहरु कार्यस्थलमा नै मृत्यु हुँदा बन्ने फोहोर कोरोनाका कोषहरु नष्ट भएर बन्ने फोहोर हटाउन नसक्दा कोषमा हुने नोक्सानीले कोषमा पुगेको खाना पानी त्यहीँ जम्मा हुने विशेष गरेर फोक्सोका कोषहरुमा पानी जम्मा भई श्वासप्रश्वासमा समस्या उत्पन्न हुने अध्ययनले देखाएको छ। यसैगरी शरीरको प्रतिरक्षा प्रणालीले कुनै कोषमा कोरोना भाइरस प्रवेश गरेर यसले कोष वृद्धि गर्न शुरू गरेपछि हाम्रा सैन्य कोषहरुले संक्रमित कोषका आसपासका अन्य कोषहरुमा फैलन नपाओस् भनेर एक प्रकारको चलाखी गरी ती कोषहरुलाई सुन्निने गर्दा रहेछन्। यसबाट समेत हाम्रो स्वास्थ्य चाँडै विग्रने रहेछ। यसैको अर्थ हुनसक्छ आत्मबल बलियो बनाऊ भनेको, तर त्यसो हो भने कुनै लठ्ठ पार्ने अथवा उत्तेजक औषधि दियो भने शरीरको प्रतिरक्षाले हतारमा आफ्ना धेरै सैन्य कोषहरुलाई परिचालित गर्दैनथ्यो होला नि?
७. अर्को महत्वपूर्ण विषय, यो भाइरस शरीरमा प्रवेश गरेपछि पुनः क्रमश हार्छ र यसको वृद्धि हुन नसकेपछि मानिस ल्याब परीक्षणमा कोरोना नेगेटिभ हुन्छ। यसको लागि शरीरले केकस्तो रसायनिक प्रतिक्रिया वा संघर्ष गरेको हुन्छ, केकस्ता एन्टिबडी तयार गर्छ वा कसरी युद्ध जित्छ, त्यो त सामान्य जस्तै लाग्छ। मानौं कुनै स्वस्थ मानिसलाई संक्रमण अगाडिको उसको रसायनिक वा एन्टिबडी कम्पोजिसन के थियो, त्यसपछि भाइरस प्रवेश गरेपछि प्रत्येक घण्टाघण्टामा केकस्तो परिवर्तन भयो त्यो अध्ययन गरेर जेजे एन्टिबडी बन्यो वा जेजे नयाँ रयासनहरु तयार गर्यो, त्यसको कृत्रिम उत्पादन गरेर खोप वा अन्य विधिको माध्यमबाट शरीरमा प्रवेश गरायो भने त त्यही नै औषधि भइहाल्यो नि होइन र? यहाँ बिरामी हुने पनि छन्, निको हुने पनि छन्, मर्ने पनि छन्, निकै सिकिस्त हुने पनि छन् र अलिअलि वा कुनै लक्षण नै नदेखिने र पछि त्यसबाट पूर्ण स्वतन्त्र हुने पनि त छन् नि। अनि यी सबैको विश्लेषण गर्दा त नतिजा आउँदैन र?
८. कोरोना भाइरसलाई महामारी भन्नु विज्ञानको अहिलेसम्मकै असफलता हो, किनकी यो रोग लाग्ने बित्तिकै मानिस मरेको छैन। केही मरेका छन् तर मृत्युदर निकै कम छ। तर भोलि कुनै यस्तो घातक जिवाणु वा किटाणु आउन सक्छ जसले प्रवेश गर्ने वित्तिकै सर्पको विषले जस्तो सबै प्रणालीलाई विशाक्त बनाउँछ र मार्छ। तर यसमा त त्यति कठिन र जटिल त देखिँदैन। किनकि प्रकरण ८ को अवसर सिक्ने अध्ययन अनुसन्धान गर्ने र त्यसबाट नतिजा निकाल्ने अवसर त हामीलाई छ। तर किन केही भइरहेको छैन वा यति कठिन बनाइएको छ। विभिन्न मुलुकहरुले यसको व्यवस्थापनमा अर्बौं खर्च गरिरहेछन र हामी तेस्रो मुलुकका मानिसहरु विकसित मुलुकहरुले कहिले खोप बनाइसक्लान् र सुरक्षित बनौंला भनेर बसेका छौं। के हामीले अहिले भएको कुल खर्चको १५/२० प्रतिशत रकम खर्च गर्दा कुनै सरल र विश्वसनीय तरिका पो पत्ता लाग्थ्यो कि? किन नगरेको, कि लघुताभास हो आफैंप्रति?