कैलाली- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कोरोना संक्रमण नियन्त्रणलाई प्राथमिकता राखेर प्रदेश सरकार अघि बढीरहेको बताएका छन्।
प्रदेश सभाको आठौं अधिवेशनको १८ औं बैठकमा मन्त्रालयको बजेटमाथि उठेको जिज्ञासाबारे जवाफ दि“दै मन्त्री खड्काले नोभेम्बरमा तेस्रो लहरको कोरोना संक्रमण आउने सक्ने अनुमान गरिएकाले त्यस अनुसार आवश्यक तयारी अगाडि बढाइएकव् बताएका हुन्।
‘तेस्रो लहरको अनुमानसँगै विश्वनै त्यही अनुसार नियन्त्रणका लागि अघि बढेको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि त्यही अनुसार कार्यक्रम तथा योजना तयार गरी अघि बढीरहेको छ,’ उनले भने।
मन्त्री खड्काले तेस्रो लहरबाट धेरै मानविय क्षति नहोस भनी मन्त्रालयले अस्पतालको स्तरोन्नति र सुधारलाई प्राथमिकतामा राखेको बताए।
‘विशेषगरी प्रदेशमा भारतबाट आउनेहरुबाट नै संक्रमणको जोखिम रहेको छ। प्रदेशको धेरै जनसंख्या रोजगारीका लागि भारत जाने र आउने क्रम हु“दा प्रदेशमा संक्रमण बढेको विगतका दिनले देखाइसकेको छ’ उनले भने, ‘विगतमा नाकामा व्यवस्थापन नहुनु, आइसोलेसन, क्वारेन्टाइन, अस्पतालमा शय्या, आइसीयू, भेन्टिलेटर लगायतको आवश्यकताअनुसार व्यवस्थापन नहु“दा प्रदेशले धेरै क्षति व्यहोर्नु परेको थियो।’ उनले तेस्रो लहरको जोखिम बढ्न नदिन नाकालाई प्रदेश सरकारले व्यवस्थित गरिरहेको बताए।
‘हामीले आवत जावत गर्ने मानिसलाई पूर्ण परीक्षण गर्ने गरि सिमामा टनेल निर्माण गरिरहेका छौं। नाकामै आइसीयूसहितको व्यवस्थित आइसोलेसन निर्माण गर्ने, होल्डिङ सेन्टर निर्माण, नाकामै परिक्षण गर्ने लगायतको तयारीमा जुटेका छौं’ मन्त्री खडकाले भने, ‘त्यहा“ संक्रमण पुष्टि भएकालाई गेटा मेडिकल कलेजमा निर्माण गरिएको आइसोलेसनमा लगिने छ र संक्रमण पुष्टि नभएका व्यक्तिहरुलाई सम्बन्धित पालिकाको वडामै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिने छ।’
मन्त्री खडकाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई बढी महत्वका साथ यसपालिको बजेटमा समावेश गरेको बताए। उनले भने ‘मन्त्रालयको बजेटको ठूलो अंश स्वास्थ्य क्षेत्रमा केन्द्रित छ। स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्दा विगतदेखि चल्दै आएका योजनाहरुलाई हामीले समावेश गर्न सकेनौं। विगतको योजनाको संख्या र बजेट पनि कम भएको छ।’
मन्त्री खड्काले प्रदेश सरकारले सेती, महाकाली प्रादेशिक र टीकापुर अस्पतालमा बालबालिकालाई ध्यानमा राखेर झण्डै तीन सय बेड थप्ने काम शुरु गरिसकेको बताए। ‘तीनवटै अस्पतालमा ५० जति भेन्टिलेटर र आइसीयू व्यवस्थापन गर्ने भनेर काम अघि बढाइसकेका छौं’ उनले भने ‘महाकालीमा चार र टीकापुरमा दुई वटा डायलाइसिस मेसिन थप गर्ने तयारीमा छौं।’
महेन्द्रनगरमा एक हजार क्षमताको आइसोलेसन र पहाडी सात वटै जिल्लाका अस्पतालमा १० देखि २० वेडको कोरोना संक्रमितको उपचारलाई ध्यानमा राखेर थप्ने तयारीमा रहेको उनले बताए। ‘कतिपय जिल्लामा आइसीयू र भेन्टिलेटरको व्यवस्था भएपनि सञ्चालनमा छैनन्। उपलब्ध भएसम्म त्यहाँ चिकित्सकको व्यवस्था गर्ने नभए त्यही रहेको जनशक्तिलाई आधारभुत तालिम उपलब्ध गराएर सञ्चालन गर्ने गरी मन्त्रालय लागेको छ,’ उनले भने।
उनले नियमित बजेटभन्दा कोरोना रोकथाम र व्यवस्थापन भनी स्वास्थ्य कार्यालयहरुमा अर्को बजेट राखिएको जानकारी दिए। उनले भने ‘प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिले खर्च गर्ने गरी सबै स्वास्थ्य केन्द्र र अस्पतालहरुमा ५० लाखदेखि दुई करोड ५० लाखसम्मको कोष राखिएको छ।’
विगतमा पैसा अभावका कारण उपकरणहरुको व्यवस्थापन गर्न समस्या भोगेको बताउँदै उनले भने ‘कर्मचारीहरुले पैसा देख्नेवित्तिकै खर्च गरिहाल्ने र महामारी आउ“दा रकम अभावले व्यवस्थापन गर्न नसकिने प्रवृति देखेका छौं। कोरोनाको पहिलो लहरमा हामीलाई पिसिआर मेसिनको व्यवस्थापन गर्न समस्या भयो। दोस्रो लहरमा अक्सिजन सिलिण्डर अभाव भोगेका थियौं। तेस्रो लहरमा यस्ता समस्या आउन नदिन यो कोष राखिएको हो।’
उनले प्रदेश सरकार आफैंले खोप खरिद गर्न नसक्ने मापदण्ड रहेकोले संघीय सरकारसँग छलफल गरिरहेको बताए। उनले भने ‘हामीले कोरोना खोप खरिद, कोनोना नियन्त्रण तथा जोखिम व्यवस्थापनका लागि भन्दै ९० करोड रकम विनियोजन गरेका थियौं तर, विश्व स्वास्थ्य संगठनको मापदण्डले केही बाधा पुगेको छ। हामीले संघीय सरकारलाई रकम अभाव भए यहा“बाट लग्न तर, नागरिकलाई खोपको व्यवस्था गर्न दबाब दिइरहेका छौं।’ उनले संघिय सरकारले असोजभित्रै कुल जनसंख्याको ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य लिएको बताए। उनले भने ‘अहिले रकम भन्दा पनि विश्वभरीनै खोप अभाव भएको छ। त्यसैले नागरिकमा खोप पुर्याउन सकिएको छैन।’