मन र शरीर त्यति अलग-अलग छैनन्, धेरै संयुक्त छन्। हाम्रो जुन व्यक्तित्व छ, त्यो शरीर र मन, यस्तो अलग-अलग छैन। शरीर-मन यस्तो एकट्ठा। त्यो साइकोसोमेटिक हुन्छ। त्यसमा हासो शरीर र मन एकट्ठा हुन्छ। शरीरको नै अत्यन्त शुक्ष्म हिस्सा मन हो र मनको नै अत्यन्त स्थूल हिस्सा शरीर हो। यसलाई यसरी बुझ्नुस, यी दुवै एकदम अलग-अलग चीजहरू होइनन्।
त्यसैले जे शरीरमा घटित हुन्छ, त्यसको परिणाम मनमा प्रतिध्वनित हुन्छन् र जे मनमा घटित हन्छ, त्यसको परिणाम शरीरसम्म आउँछन्। यदि मन विमार छ, शरीर ज्यादा समय स्वस्थ रहने छैन। यदि शरीर बिमार छ भने मन ज्यादा समय स्वस्थ रहन सक्ने छैन। यी समाचारहरू एकअर्कोमा सन्ने बुझ्ने गरिन्छ। त्यसैले जन मानिसले मनलाई स्वस्थ राख्ने उपाय थाहा पाउँछन्, उनीहरूले शरीरको लागि सित्तैमा धेरै नै स्वास्थ उपलब्ध गर्दछन्। जसको लागि उनीहरूले केही कमाउँदैनन, जसको लागि उनीहरूले कुनै प्रयास गर्दैनन्।
शरीर र मन संयुक्त घटना हुन्। शरीरमाथि जे हुन्छ, त्यो मनमाथि हुनेछ। त्यसैले तपाईंको आहारमा, तपाईंको खानामा तपाईंलाई थोरै विवेकपूर्ण हुनु जरुरी छ।
पहिलो कुरा, त्यो यति ज्यादा नहोस शरीर त्यसको कारण आलस्यले भरिएको होस्। आलस्य अशुद्धि हो। त्यो यस्तो नहोस् कि शरीर उत्तेजनाले भरिएको होस्। उत्तेजना अशुद्धि हो। किनकि उत्तेजनाले ग्रन्थीहरू उत्पन्न गर्नेछ। त्यो यस्तो नहोस् कि शरीर क्षीण होस्, किनकी क्षीणता कमजोरी हो। अनि शक्ति यदि उत्पन्न भएन भने परमात्मातिर विकास पनि हुन सक्दैन। शक्ति उत्पन्न होस, तर शक्ति उत्तेजक नहोस्, यस्तो आहार हुनु पर्दछ। शक्ति उत्पन्न होस्, तर त्यो यति नहोस् कि शरीर त्यसको कारणले आलश्यले भरियोस्। यदि आफ्नो आवश्यकताभन्दा धेरै भोजन गर्यो भने पुरा शरीरको शक्ति त्यसलाई पचाउनमा लाग्दछ, शरीरमा आलस्य छाउँछ। शरीरमा आलश्य छाउनुको अरु कनै मतलव होइन। सारा शक्ति पचाउनमा लाग्दछ तब शरीर आलश्यले भरिन्छ। आलश्य यो कुराका सूचना हो कि खाना जरूरतभन्दा ज्यादा भएको छ।
खाना पछाडि आलस्य होइन, स्फूति आउनुपर्दछ। यानि स्वाभाविक छ। भोक लागेका थियो, त्यसपछि खाना खाइयो, तब स्फूर्ति आउनुपर्दछ, किनकी शक्ति उत्पन्न गर्ने स्रोतभित्र गयो। तपाईंलाई भने आलश्य आउँदछ। आलस्यको मतलव यो हो कि तपाईंले यति भोजन गर्नुभयो कि अब सारा शरीरको शक्तिले त्यसलाई पचाउनेछ, तब शरीरले आफ्नो सारा शक्तिलाई खिचेर पेटमा लैजानेछ र सबैतर्फबाट शक्ति क्षीण हुनाले आलस्य आउनेछ। जब भोजनले स्फूर्ति दिन्छ, तब सम्यक हुन्छ। भोजनले उत्तेजना दिँदैन, तब सम्यक हुन्छ। भोजनले मादकता दिँदैन, तब सम्यक हुन्छ।
त्यसैले तीन कुरा स्मरण राख्नुस्: खानाले सस्ती दिँदैन भने त्यो शुद्ध हो, खानाले उत्तेजना दिँदैन भने त्यो शुद्ध हो र भोजनले मादकता दिँदैन भने त्यो शुद्ध हो। यो मोटो कुरा भयो। साथै तपाईंलाई यति नबुझ्ने मैले मान्दिन कि यिनीहरूको बिस्तारमा चर्चा गर्न आवाश्यक होस्। यिनीहरूलाई तपाईंले बुझ्नुहुनेछ र आफ्नो ढङ्गले यिनीहरूलाई व्यवस्थित गर्नुहुनेछ।
दोश्रो कुरा गौण कुराहरूमा, शरीरको लागि थोरै व्यायाम अत्यन्त आवश्यक छ। किनकी शरीर जुन तत्वहरू मिलेर बनेको हुन्छ, ती तत्वले व्यायामको समयका बिस्तार पाउँछन्। व्यायामको मतलव, बिस्तार। संकोचको विपरीत हो व्यायाम शब्द। व्यायामको अर्थ हो बिस्तार। जब तपाईं दौडिनुहन्छ, तब तपाईंका सारा कण र सारा जीवित तन्तु, पूरै जीवित कोष्ठ विस्तृत हुन्छन्, फैलिन्छन्। र जब तिनीहरू फैलिन्छन्, तब तपाईंलाई स्वास्थ्यको अनुभव हुन्छ। जब तिनीहरू खुम्चिन्छन्, तब रोगको अनुभव हुन्छ। जब तपाईंको श्वासले पूराका पूरा प्राणको फोक्सोलाई खोल्दछ र सारा कार्बनडाईअक्साईडलाई बाहिर फ्याँक्दछ तब तपाईंको रगतको गति बढ्दछ। र रगतको गति बढ्यो भने शरीरको सारा अशुद्धिहरू टाढा हुन्छन्। त्यसैले योगले शरीर-सौचलाई, शरीरको परिपूर्ण शुद्धिलाई एकदम अनिवार्य नियमहरूको अन्तर्गत राखेको छ। त्यसैले थोरै व्यायाम।
अति विश्रामले नोक्सान गर्दछ, अति व्यायामले पनि नोक्सान गर्दछ। त्यसैले अति व्यायामको लागि भनिरहेको छैन। अति व्यायाम होइन, थोरै, सम्यक व्यायाम कि जसबाट तपाईंलाई स्वास्थको वोध होस्। र अति विश्राम होइन, थोरै विश्राम पनि। जति व्यायाम, त्यति विश्राम।
यो शताब्दीमा व्यायाम पनि छैन, विश्राम पनि छैन। हामी धेरै अचम्मको हालतमा छौं। तपाईंले व्यायाम त गर्नुहुन्न, तपाईंले विश्राम पनि गर्नुहुन्न। जसलाई तपाईंले विश्राम भन्नुहुन्छ, त्यो विश्राम होइन। तपाईं लडिरहनुभएको छ, कोल्टो फेरिरहनुभएको छ, त्यो विश्राम होइन। एउटा गहिरो प्रगाढ निद्रा जसमा कि सारा शरीर सुतोस् र उसको सारा कामको जे पनि बोझ र भार उसमाथि परेको हन्छ, त्यो सबै विलीन भएर जाओस।
के तपाईंले कहिल्यै ख्याल गर्नुभएकोछ, यदि तपाईं बिहान धेरै अस्वस्थ उठ्नुभएको छ र शरीर ताजा छैन भने तपाईंको व्यवहार स्वस्थ हुँदैन। यदि तपाईंलाई नींद राम्रो आएन र बिहान एउटा भिखारी तपाईंसँग भीख माग्न आएको छ भने धेरै असम्भव छ कि तपाईंले उसलाई भीख दिना सक्नुहोला। अनि यदि तपाईं राती धेरै गहीरो नींद सुत्नुभएको छ र कसैले हात थापेको छ भने धेरै असम्भव छ कि तपाईंले आफ्नो हातलाई दिनबाट रोक्न सक्नुहोला।
त्यसैले भिखारी बिहानमा तपाईंको घर माग्न आउँछन्, साँझमा आउँदैनन्। किनकी पाउने बिहान छ, साँझमा कनै सम्भावना छैन। यो धेरै मनोवैज्ञानिक छ। भीखारी त्यत्तिकै बिहान तपाईंको घरमा आएको होइन। साँझमा आउँदैन। साँझमा कुनै अर्थ छैन। साँझमा तपाईं यति थाकेको र शरीर यति नराम्रो हालतमा हुनुहुन्छ कि तपाईंले शायद नै कसैलाई केही दिन सक्नुहोला। त्यसैले उ बिहान आउँछ। भर्खरै सूर्य उदाइरहेकोछ, तपाईंले नुहाउनुभयो होला, कसैले घरमा प्रार्थना गर्यो होला। र उ बाहिर आएर बसेको हुन्छ। यो बेला अस्वीकार गर्न धेरै मुस्किल हुनेछ।
शरीरले ठीक विश्राम पायो भने तपाईंको व्यवहार बदलिन्छ। त्यसैले हामीले आहार र विहारलाई संयुक्त मानेका छौं हमेशादेखि। जस्तो आहार हुनेछ, त्यस्तै विहार हुनेछ, यदि ती दुवैमा सात्विकता भयो भने जीवनमा ठूलो गति र ठूलो आन्तरिक प्रवेश शुरु हुन्छ। स्वास्थको एउटा भूमिका धेरै जरुरी छ। अनि त्यसको लागि सम्यक आहार, सम्यक व्यायाम र सम्यक विश्राम, यिनीहरूलाई तपाईंले प्राथमिक हिस्सा मान्नुस्।
विश्राम गर्नको लागि पनि केही समझ चाहिन्छ, जस्तो कि व्यायाम गर्नको लागि केही समझ चाहिन्छ। विश्राम गर्नको लागि समझ चाहिन्छ, शरीरलाई छोड्ने समझ चाहिन्छ। हामीले जब रात्रीमा ध्यान गर्नेछौं, तब त्यसबाट तपाईंले बुझ्नुहुनेछ कि त्यो ध्यान पछाडि यदि तपाईंले विश्राम गर्नु भयो भने विश्राम वास्तविक हुनेछ।
हुनसक्छ, यहाँ केही मित्र हुनुहोला जो 'शारीरिक रुपले धेरै व्यायाम गर्न सक्नुहुन्न, न जान सक्नुहुन्छ जङ्गल र पहाड चढ्न सक्नुहुन्न, उहाँहरूको लागि मैले एउटा अर्को प्रयोग भन्दछु। केवल पन्ध्र मिनेटको लागि बिहान उठेर नुहाएपछि एकान्त कोठामा पल्टिनुस्, आँखा बन्द गर्नुस् र कल्पना गर्नुस् कि मैले पहाड चढिरहेको छु र दौडिरहेको छु। मात्र कल्पना गर्नुस्, केही नगर्नुस्। बृद्ध छन्, उनीहरू जान सक्दैनन्। या यस्तो ठाउँमा हुनुहुन्छ कि त्यहाँ घुम्न जान सक्नुहुन्न। त्यसो भए कोठामा पल्टिनुस्, आँखा बन्द गर्नुस् र कल्पना गर्नुस् कि म जाँदैछु, एउटा पहाड चढिरहेको छु र दौडिरहेको छु। घाम चर्को छ र म दौडिरहेको छु। मेरो श्वास जोडसँग बढिरहेको छ।
अनि तपाईं हैरान हुनुहुनेछ, तपाईंको श्वास बढ्न थाल्नेछ र तपाईंको इमेजिनेशन, तपाईंको कल्पना जति प्रगाढ हुदै जानेछ, तपाईंले पन्ध्र मिनेटमा पाउनु हुनेछ कि घुम्नबाट जुन फाइदा हुन्थ्यो, त्यो पाइन्छ। तपाईं पन्ध्र मिनेट पछाडि विलकुल ताजा, व्यायाम गरेर उठ्नुहुनेछ। जरुरी छैन कि तपाईं व्यायाम गर्न जानुस्। शरीरका अणुहरूले थाहा पाउनुपर्दछ कि व्यायाम भइरहेको छ, त्यसपछि तिनीहरू तयार हुन्छन्। यानि तिनीहरू त्यही स्थितिमा आउँछन्, जुन स्थितिमा वस्तुत: हिड्नुभएको भए तब आउनुहुन्थ्यो। तिनीहरू त्यही स्थितिमा आउँछन्।
के तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ, सपनामा आत्तिनुभएकोछ भने उठेपछि पनि हृदय कामिरहन्छ किन ? सपनामा आत्तिएको त झुठ्ठा थियो। तर हृदय किन कामिरहेकोछ ? व्यूँझेपछि पनि किन कामिरहेको छ ? हृदय त काम्यो, हृदयलाई विलकुल थाहा छैन कि यो सपनामा घटना घट्यो कि साच्चीकै घट्ना घट्यो। हृदयलाई त थाहा छ कि घटना घट्यो, बस। त्यसैले यदि तपाईंले कल्पनामा व्यायाम गर्नुभयो भने पनि फाइदा त त्यति नै हुन्छ, जति कि वस्तुत: व्यायाम गर्नुहुँदा। कुनै भेद हुँदैन। त्यसैले त धेरै समझदार थिए, यस मामलामा, उनीहरूले धेरै अदभूत तरिका निकालेका थिए। यदि तिनीहरूलाई तपाईंले जेलमा बन्द गरिदिनुभयो पनि उनीहरूको स्वास्थलाई कुनै नोक्सान पर्ने छैन। किनकी उनीहरूले पन्ध्र मिनेट विश्राम गरेर झन् व्यायाम गर्नेछन्।
त्यसैले यसलाई गरेर हेरौं। जो जान सक्दैनन्, नजाने स्थितिमा छन्, उनीहरूले यसको प्रयोग गरुन। अनि निन्द्राको लागि रात्रीको जुन ध्यान छ, त्यस पछि निंदाउन। शरीर यसरी शुद्ध हुनेछ र शरीर शुद्ध भयो भने शरीरको शुद्धि पनि आफैंमा एउटा अदभूत आनन्द हो। अनि त्यो आनन्दमा अझै झन अन्तस: प्रवेश हुन्छ।
(ओशोः ध्यान सूत्र)