काठमाडौं - कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या प्रदेश २ मा सबैभन्दा धेरै भेटिएको छ। ५ हजार २ सय ३ सक्रिय संक्रमितमध्ये प्रदेश २ मा मात्र १ हजार ९ सय ८२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको प्रदेशको सूचीमा सुदूरपश्चि दोस्रो स्थानमा छ। त्यहाँ १ हजार ५ सय २१ जना छन्।
बागमतीमा ४ सय ८३ प्रदेश ५ मा ३ सय २९, गण्डकीमा २ सय ८८, कर्णालीमा २ सय ९३ र प्रदेश १ मा सबैभन्दा कम २ सय २६ जना सक्रिय संक्रमित छन्।
जिल्ला अनुसार सक्रिय संक्रमितको संख्या
प्रदेश १ अन्तर्गतको ११ वटा जिल्लामा सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ। संखुवासभा, भोजपुर र खोटाङमा हाल सक्रिय संक्रमित छैनन्। सोलुखुम्बुमा ६, ओखलढुंगामा २०, उदयपुरमा ११, सुनसरीमा २२, मोरङमा ९३, झापामा ४१, इलाममा १६, ताप्लेजुङमा ८, धनकुटा र तेह्रथुममा ४÷४ र पाँचथरमा १ जना सक्रिय संक्रमित छन्।
प्रदेश २ अन्तर्गतको आठ वटा जिल्लामा सक्रिय संक्रमित छन्। पर्सामा १ सय ७८, बारामा ७१, रौतहटमा ७ सय ७४, सर्लाहीमा १ सय ३९, महोत्तरीमा ४ सय ९१, धनुषामा १ सय ३, सिरहामा ९७ र सप्तरीमा १ सय २९ जना सक्रिय संक्रमित छन्।
बागमती प्रदेशको १२ जिल्लामध्ये १० जिल्लामा सक्रिय संक्रमित छन् भने दुई जिल्लामा हाल संक्रमितको संख्या शून्य छ। रसुवा र दोलखा शून्य संक्रमित रहेको जिल्ला अन्तर्गत पर्दछन्।
धादिङमा २७, चितवनमा ४२, मकवानपुरमा २३, सिन्धुलीमा ४, नुवाकोटमा १४, सिन्धुपाल्चोकमा ३३, रामेछापमा १८, काभ्रेपलाञ्चोकमा १, ललितपुरमा ५८, काठमाडौंमा २ सय ४२ र भक्तपुरमा २१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
१२ वटा जिल्ला रहेको गण्डकी प्रदेशमा पनि १० वटा जिल्लामा मात्र सक्रिय संक्रमित छन्। म्याग्दीमा १३, बागलुङमा २९, कास्कीमा २४, पर्वतमा ८, स्याङजामा ७२, लमजुङमा ४०, गोरखामा २४, तनहुँमा २३, नवलपरासी पूर्वमा ५५ जना सक्रिय संक्रमित भेटिएको मन्त्रालयको तथ्यांक छ। मुस्ताङ र मनाङमा भने सक्रिय संक्रमितको संख्या शून्य छ।
प्रदेश ५ अन्तर्गत रहेका रुकुम पूर्वमा ४, रोल्पामा २४, प्यूठानमा ८, गुल्मीका १७, अर्घाखाँचीमा २२, पाल्पामा २०, नवलपरासी पश्चिममा ४९, रुपन्देहीमा ३५, दाङमा १ सय ४३, बाँकेमा ३५ र बर्दियामा २७ र कपिलवस्तुमा ६२ जना संक्रमित छन्।
कर्णाली प्रदेशको रुकुम पश्चिम ९, हुम्लामा २, मुगुमा ६, डोल्पामा २, जुम्लामा ३, कालिकोटमा १९, दैलेखमा १ सय ३४, जाजरकोटमा १४, सुर्खेतमा ४३ र सल्यानमा ७० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेशको सबै ९ वटै जिल्लामा संक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार दार्चुलामा ८, बझाङमा ९४, बाजुरामा ४ सय ४८, बैतडीमा १०, डडेल्धुरामा ४०, डोटीमा २ सय ८, अछाममा १ सय ३७, कञ्चनपुरमा ७४ र कैलालीमा ५ सय २ जना सक्रिय संक्रमित छन्।
नोट: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साँझ ५:३० बजेसम्मको तथ्यांक