काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नति गरी ५/१०/१५ शैयाको अस्पताल निर्माणको शिलन्यास एकैसाथ मंसिर १५ गते गर्न ३९६ स्थानीय तहलाई पत्राचार गरेको छ।
कोभिड१९को रोकथाम, नियन्यण तथा उपचारमा सहयोगी हुने भएकाले मंसिर १५ गते एकैसाथ शिलन्यान्स गर्ने व्यवस्था गर्न मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ।
देशभरका ३९६ स्थानीय तहको स्वास्थ्य संस्थामा ५/१०/१५ शैयाको अस्पताल निर्माणका सुचीकृत गर्दै अर्थ मन्त्रालयमार्फत बजेट निकासा समेत भइरहेको मन्त्रालय जनाकारी दिएको छ।
मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत पत्राचार गर्दै ५/१०/१५ शैयाको अस्पताल निर्माण शिलन्यास मंसिर १५ गते गर्न आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेको छ।
५/१०/१५ शैयाको अस्पताल निर्माणका लागि सुचीकृत स्थानीय तह