जीवनको शिशिर आयो, सुनसान बन्दै मन,
यौवनका सपनाहरू भङ्ग भए, हराए धन।
संसारको यो मेलामा, पराईझैं भए आफन्त,
भनिन्थ्यो सुनौलो बुढेसकाल, तर आए घाउ अनन्त।
खुट्टा थरथर काम्छ, आँखा धमिलो दृष्टि,
धेरैले सम्झिएनन्, छोड्छन् घर-आँगनको बस्ती।
बालापनको रमाइलो, यौवनको जोश कहाँ,
बुढेसकालमा सबैले बिर्सिए, म मात्र बाँचे यहाँ।
सन्तानका रहर पूरा गरेँ, दिनरात दुःख खाएँ,
तर बुढेसकालको सहारा खोज्दै, एक्लै आँसु झारेँ।
सम्झनाका शिखर चढ्दै, मनले खोज्छ विगत,
तर बुढेसकालको बोझले बनायो हृदय भारी पथ।
जीवनको यो सत्यलाई, सबैले बुझौँ सदा,
बुढेसकालमा साथ दिनु, कृपया, दु:ख हुन्छ आधा!
(डा कडेल ज्येष्ठ नागरिक स्वास्थ्य विशेषज्ञ हुन्।)