काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी परिषद्, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बिमा बोर्डमा रिक्त रहेका पदाधिकारी पदहरूका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयले असार २ गते सूचनामार्फत सम्बन्धित ऐन तथा नियमावलीमा तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूलाई सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन आग्रह गरेको हो।
मन्त्रालयका अनुसार आवेदन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबार, काठमाडौंस्थित नीति, योजना तथा अनुगमन महाशाखामा सोझै वा मन्त्रालयको वेबसाइटमा उपलब्ध लिंकमार्फत पेश गर्न सकिनेछ।
सूचनाअनुसार विभिन्न संस्थाहरूमा अध्यक्ष, उपाध्यक्ष, रजिस्ट्रार, सदस्य, सदस्य सचिव, कार्यकारी निर्देशक लगायतका पदहरूमा नियुक्तिका लागि आवेदन माग गरिएको छ।
रिक्त पदहरूमा नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सात सदस्य र एक सदस्य सचिव, नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष तथा रजिस्ट्रार, नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल फार्मेसी परिषद्मा अध्यक्ष र रजिस्ट्रार तथा नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष र रजिस्ट्रार पद समावेश छन्।
त्यसैगरी, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र मा एक कार्यकारी निर्देशक र स्वास्थ्य बिमा बोर्ड मा अध्यक्ष तथा कार्यकारी निर्देशक पदका लागि पनि आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यसअघि २०८३ वैशाख २२ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार रिक्त रहेका पदहरूमा खुला प्रतिस्पर्धामार्फत योग्य व्यक्तिको छनोट प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
कार्यविधि यसप्रकार छ :