काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको रणनीति बनाउने भएको छ। मन्त्रालयले रणनीतिका लागि आवश्यक सुझाव समेत माग गरेको छ।
मन्त्रालयले २०८१/०८२ देखि २०९२/२०९३ का लागि रणनीति बनाउन लागेको हो। रणनीतिमा समावेश गर्न सकिने विषयहरु उपलब्ध गराउन मन्त्रालयले सार्वजनिक रुपमा नै सुझाव माग गरेको हो।
मन्त्रालयले आफ्नो वेभसाइटमा सुझाव संकलन फाराम राख्दै सुझाव माग गरेको छ।
सुझाव फारामका लागि यहाँ क्लिक गरौं [CLICK HERE]