फिटनेस सेन्टर भन्नासाथ धेरैले जिमखाना भनेर बुझ्ने गरेका छन् । तर जिमखाना मात्र होइन फिटनेस सेन्टर । यो यस्तो ठाउँ हो, जसले सुन्दर ज्यान बनाउने मात्रै नभई मानसिक र शारीरिक रूपमा स्वस्थ रहन सघाउँछ । फिटनेस सम्बन्धी अध्ययन र तालिम लिएका प्रशिक्षकले दुवैका लागि सहयोग गरिरहेका हुन्छन्।
हिजोआजको व्यस्त समयमा धेरैले शारीरिकभन्दा मानसिक रूपमा बढी सक्रिय रहनुपर्ने अवस्था छ । यातायातमा सहज पहुँचका कारण छोटो दुरीमा पनि हिँडडुल गर्न अल्छी मान्ने प्रवृत्ति बढेको छ । यसकारण पनि फिटनेस सेन्टरलाई हरेकले नियमित गन्तव्य बनाउन आवश्यक छ । सेन्टरले एकै ठाउँमा विभिन्न प्रकारका स्रोत र साधनको प्रयोग गरी 18 परिवर्तन गर्न मद्दत गर्छ।
शरीर स्वस्थ राख्न स्वच्छ खानपान आवश्यक छ । तर विषादीको अति प्रयोगले स्वच्छ सागपात, फलफूल पाउन गाह्रो छ । शरीरमा भएका विकारलाई समयमै शारीरिक अभ्यासका माध्यमले बाहिर निकाल्न जरुरी छ । नत्र रोगको चपेटामा पर्ने जोखिम उच्च रहन्छ।
हेल्दी खाने तर हेभी खाने गर्नु हुँदैन । हामीले दैनिक खाने परिकार हल्का हुनुपर्छ, थोरै खाने बरु त्यसले भोक बढाओस् । दैनिक दुई घन्टाको नियमित एक्सरसाइजले हामीलाई शारीरिक तथा मानसिक रूपले स्वस्थ रहन सघाउँछ । हेभी एक्सरसाइज छ भने हप्ताको पाँच दिन र हल्का भए छ दिन गर्नुपर्छ।
पातलो शरीर वा मोटो शरीर भए पनि अस्वस्थ हुनेबित्तिकै ऊ स्वस्थ छ भन्ने हुँदैन । बाहिरबाट हेर्दा फिट भएर हुँदैन मानसिक रूपमा जो कोही स्वस्थ हुनुपर्छ । औषधि पसल र 4 कलेज त पर्याप्त छन्, अब यसका लागि फिटनेस सेन्टरहरू खुल्नु आवश्यक छ । फिटनेस सेन्टरमा तपाईं इच्छा अनुसार आफूलाई स्वस्थ बनाउन सक्नुहुन्छ ।
मानिसको शरीर कति स्वस्थ छ भन्ने कुरा उसको आहारा र 18ले निर्धारण गर्छ । कुनै मानिस मोटो वा दुब्लो हुनुमा बाल्यकालको परिवेश पनि कारक तत्व हो । घरमा आमाबाबुले कस्तो खाना खान्छन् र भान्सामा कस्तो परिकार पाक्छ; बच्चाहरूको शारीरिक वृद्धिमा यसले असर पार्छ । कतिपय अवस्थामा वंशाणुगत आधारमा पनि यसको असर देखिन्छ ।
मानिस स्वस्थ हुन ७० प्रतिशत खाना र ३० प्रतिशत शारीरिक अभ्यास गर्न जरुरी छ ।
ज्यान बनाउन हेल्थ क्लब
हेल्थ क्लब ज्वाइन गर्न आउने हरेक व्यक्तिले एउटा मोटिभ लिएर आउने भएकाले सर्वप्रथम उसलाई सही परामर्श दिन आवश्यक छ । सहरी क्षेत्रमा क्लबहरू खुलिरहेका छन् । कतिपय शरीर अस्वस्थ भएपछि चिकित्सककोे सल्लाहपछि एक्सरसाइज गर्न क्लब धाउने पनि छन् । अहिले भने क्लबप्रतिको महत्व बुझ्नेको संख्या बिस्तारै वृद्धि भइरहेको छ ।
क्लब गएपछि सुरुमा शरीरको नापतौल राखिन्छ, हरेक महिना त्यसलाई अपडेट गराउनुपर्छ । र, त्यही अनुसारको ‘डाइट चाट’ पनि आवश्यक हुन्छ ।
क्लब ज्वाइन गर्दा एक हप्तासम्म हल्का गाह्रो महसुस हुनु स्वाभाविक हो । जिउ दुखे जस्तो भए पनि बिस्तारै बानी पर्दै जाने भएकाले चिन्ता लिनु पर्दैन ।
क्लबका प्रशिक्षक तथा स्रोत साधनले दिने सेवासुविधाका आधारमा विभिन्न एक्सरसाइज गराइन्छ । जिम पनि नियम अनुसार नै गर्नुपर्ने भएकाले यसमा खालि बडी बिल्डिङ मात्र हुँदैन । लेभल र जिउ अनुसार एक्सरसाइजको प्रकार हुन्छ जसमा जिम, कार्डियो, एरोविक, बोक्सिङ, किकबोक्सिङ, जुम्बा, स्टिम, साउनाका क्लासहरू पनि दिइन्छ ।
जिममा प्रायः युवाहरू बढी आकर्षित छन् । जिम शरीर फुलाउनका लागि मात्र होइन । महिलाले आफ्नो थाइ घटाउन÷बढाउन जिम लिफ्टिङ गर्नुपर्छ । हेभी गर्दा बढ्छ, लाइट गर्दा घट्छ । जिम सेक्सन अन्तर्गत लिफ्टिङ, क्रोनिङ पनि छन्, जसले शरीरलाई सेपमा ल्याउन बोसो घटाउने काम गर्छन् ।
कार्डियो मेसिनले तौल वा बोसो घटाउन, हट रेट बढाउन, स्टामिना बढाउन, क्यालोरी बढाउन सघाउँछ ।
जुम्बा डान्स पनि अर्को प्रचलित फिट रहने तरिका हो जसमा ४५० क्यालोरी बोर्न हुन्छ । हाम्रो शरीरमा जम्मा भएको क्यालोरी खर्च हुन आवश्यक छ नत्र त्यो बोसोमा परिवर्तन हुने भएकाले तौल बढ्न पुग्छ।
युवाहरू मात्र होइन स्कुले विद्यार्थीदेखि गृहणीको आकर्षण फिटनेस सेन्टरतिर बढेको छ ।
फिटनेसको आफ्नै प्रकारको प्रक्रिया हुने भएकाले एक पटक परामर्श सुरु गर्दा राम्रो हुन्छ । गलत अभ्यासले उल्टै नकारात्मक असर पुग्छ ।
कतिपय भन्छन्— क्लबहरू धनाढ्य वर्गहरूका लागि टाइपास गर्ने थलो हो । यस्तो सोच गलत हो । अस्वस्थ खानपान र व्यस्त 18का कारण ठूलो रोग लागेर थलिनुभन्दा समयमै नियमित एक्सरसाइज गर्यौं भने पछुतो हुँदैन । त्यसैले क्लब धनी÷गरिबको लागि नभई स्वस्थ 18 अपनाउन सिकाउने ठाउँ हो ।
एक्ससाइज जुनसुकै उमेरको गर्न सकिन्छ । तर शरीरको परिवर्तन, बनावट अनुसार एक्ससाइज गर्नुपर्छ । महिलाहरू खुट्टाको र हिपको एक्सरसाइज गर्ने गर्छन् भने पुरुषहरू विशेष गरी चेस्टक्लब धाउने गरेका छन् ।
एक्सरसाइज रोग लाग्नबाट बच्न मात्र गरिने क्रियाकलाप होइन यो 18 अपनाउने फरक तरिका हो । व्यक्तिगत रूपमा स्वयं मानसिक रूपमा तयार नभएसम्म जतिसुकै महँगो सेन्टर धाए पनि शरीरलाई चाहे जस्तो बनाउन सकिन्न ।
प्रस्तुतिः गीता कठायत