संजीवनी हस्पिटल एन्ड आइभीएफ सेन्टर विराटनगरमा गम्भीर अवस्थामा ल्याइएकी बिरामी ज्यान जोगाउन डा आलोक रायले तुरुन्तै उपचार हुन सक्ने अस्पतालमा रिफर गरे। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनले रिफर गरेका थिए । जुन सरकारी मात्रै नभएर नेपालको पूर्वी भेगकै सुविधा सम्पन्न अस्पताल हो । तर, बिरामी रिफर गरिएको भन्दै अस्पताल प्रशासनले उनलार्इ अवकाश मात्रै दिएन, बिरामी राख्दा हुन सक्ने नाफा ५० हजार रुपैयाँ समेत जरिवाना गरायो । डा रायले उक्त घटनाको विवरण सामाजिक सञ्जालमा राख्दै आफूभन्दा वरिष्ठ चिकित्सक र सहकर्मीमाझ 'गम्भीर बिरामीलार्इ सही ठाउँमा उपचार गर्न पठाएर मैले के गल्ती गरें ?' आशयको प्रश्न राखेका छन् ।
अँग्रेजी भाषामा उनले राखेको उक्त भनार्इको नेपालीमा अनूदित विवरण यसप्रकार छ:
म डा. आलोक राय। म अहिले विराटनगरको संजीवनी हस्पिटलमा मेडिकल अफिसरको रुपमा कार्यरत छु। मेरो नाइट ड्युटी चलिरहेको थियो । त्यही बेला त्यो रात हेपाटेरोनियल सिन्ड्रोम भएका बिरामी आइन्।
जसलार्इ एसोफेजियल एनिमिया भएको थियो। हेमोग्लोबिनको मात्रा घटेर ३.३ प्रतिशत पुगेको थियो । बिरामीको खानानलीबाट एकदमै धेरै रक्तश्राव भइरहेको थियो।
ती बिरामीलाई 'ब्यान्डिङ' गर्नको लागि अर्कै अस्पतालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेएचआइएस)मा रिफर गरिएको थियो तर एम्बुलेन्सले जबर्जस्ती हाम्रो अस्पतालमा ल्याएको रहेछ।
मैले बिरामीका आफन्तलाई 'उनी अचेत अवस्थामा छिन्, हाम्रो यहाँ ब्यान्डिङको सुविधा छैन' भनेँ। बिरामीका आफन्त सुविधासम्पन्न अस्पतालमा जान चाहिरहेका थिए। त्यसैले मैले उनीहरुलाई बिपिकेएचआइएसमै रिफर गरिदिएँ।
मैले जे गरें, जुन अरु डाक्टरहरुले पनि त्यही गर्थे। तर यही कारणले मलाई अस्पताल प्रशासनले अवकाश दिनुका साथै ५० हजार तिरायो । जुन ५० हजार रुपैयाँ अस्पतालले ती बिरामीबाट फाइदा लिन सक्थ्यो।
मलाई सुझाव दिनुस्, मैले केही गल्ती गरें?