सर्वसाधारणलाई स्वास्थ्य सेवाको मूल प्रवाहमा ल्याउन सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य बिमा कार्यक्रमको आवश्यकता महसुस गरिएको थियो। जसको उद्देश्य थियो, हरेक नेपालीलाई आधारभूत स्वास्थ्यको पहुँचमाल्याई गुणस्तरीय सेवा उपलब्ध गराउनु।
यसको निर्देशिका, ऐन ल्याउने सन्र्दभमा निकै संघर्ष भयो। स्वास्थ्य बिमा सुरुवात गर्न सजिलो थिएन। त्यो समय अर्थमन्त्री रामशरण महत हुनुहुन्थ्यो, उहाँले ९ महिना फाइल रोकिदिनुभयो। तीन महिना कानुन मन्त्रालयले रोक्दियो। स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहँदा स्वास्थ्य बिमामार्फत युगान्तकारी काम गर्न खोजेको थिएँ।तर,अपेक्षित सहयोग नहुँदा चाहेजसरी अघि बढाउन सकिएन।
ऐन बनाउन नदिएपछिड्राफ्ट गरेर सैद्धान्तिक स्विकृति सहमतिका प्रक्रिया बढाइयो। त्यसपछि सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम निर्देशिका क्याबिनेटबाट पास गरियो। स्वास्थ्य मन्त्रालयमा जोगिएको पैसाले पायलटिङ तीन जिल्लाबाट सुरु गर्ने तयारी भयो। मैले एकैपटक २५ जिल्लाबाट सुरु गर्न खोजेको थिएँ तर सम्भव भएन। त्यसैले पूर्वमा इलाम, पहाडमा बाग्लुङ र तराईमा कैलालीबाट कार्यक्रमको शुभारम्भ भयो।
जीवन बिमा ऐन अन्र्तगत ल्याउने भनिएको थियो तरसामाजिक स्वास्थ्य बिमाकार्यक्रमअन्र्तगत ल्याइयो।वर्गीयरूपमा निमुखा, विपन्न र दुर्गमका आमजनता यसभित्र समावेश हुन् भनेरै कार्यक्रम सुरु गरिएको हो।
उपचार नपाएर जनता मर्नुपर्ने बाध्यतालाई यो बिमाले समाधान गर्छ। तर त्यसो भन्दै गर्दा अहिलेका हाम्रा स्वास्थ्य संस्थाको अवस्थासुधार गर्दै लैजानुपर्ने आवश्यकता छ। बिमालाई प्रभावकारी र भरपर्दो बनाउन पहिले सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउन आवश्यकछ। मुख्यगरी जनशक्ति, उपकरण र औषधि भएन भने बिमा सफल हुन सक्दैन।
पहिलेका बिमितलाई कसरी टिकाउने भन्ने चुनौती छ। त्यसको मुख्यकारण हामीले सरकारी अस्पतालबाट सेवा, औषधि उपलब्ध गराउन सकेनौं।
सरकारी स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण र औषधि भएर उत्कृष्ट सेवा दिन सकेमा मात्र जनतामा विश्वास बनाउन सकिन्छ। यसो गर्न नसकेमा बिमा सफल हुँदैन।
बिमाको पहिलो बिन्दु मानिएको प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार दिन निःशुल्क औषधि, छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई अनिवार्य दुर्गममा पठाउने काम म स्वास्थ्यमन्त्री हुँदा गरेको थिएँ। सरकारी स्वास्थ्य संस्थालाई बलियो बनाउँदै लैजाने र निजी अस्पताल बिमाभित्र आउन चाहन्छन् भने उनीहरूलाई समेट्दै जानुपर्छ। गुणस्तरीय सेवा उपलब्ध गराउन सरकारी अस्पतालमा जनशक्ति, उपकरण र औषधिको व्यवस्था हुनुपर्छ। यी सबै कुरालाई एउटै प्याकेजभित्र ल्याउन नसकिए स्वास्थ्य बिमा सफल हुन सक्दैन।
(कुराकानीमा आधारित)
यो पनि पढौं :