मेरो घर र माइतीमा ठूलो परिवार भएकोले दसैंमा निकै रमाइलो हुन्छ। हाम्रो आचार्यको परिवार ३५/४० घरले एकै ठाउँमा जमरा राखेर एकै ठाउँमा टीका लगाउने भएकाले घरमै निकै रमाइलो हुन्छ।
टीका सुरु भएर सबैले लगाइसकेपछि निकै समय लाग्छ। पहिला ठूलोले लगाउने अनि सानालाई लगाउने यो क्रम निकै रमाइलो हुन्छ।
हामीले एकादशीसम्म सबै ठाउँमा टीका लगाइसक्छौँ। द्वादशीबाट त ड्युटी नै आउनुपर्छ।
घरमा सकिएपछि माइती, मामाघर जान्छांै। त्यहाँ पनि रमाइलो हुन्छ। दसैंमा मेरो घरमा बच्चा, परिवारसँग समय बिताउने बाहेक अन्य खासै योजना हँुदैन।
दुई÷चार दिनको छुट्टीमा अरु योजना बनाएर के गर्नु, घरमै समय दिन भ्याएको हुँदैन। म त घरमै परिवारकै साथमा बस्न मन पराउँछु।
मेरो पहिलो पोस्टिङ वीर अस्पतालको इमरजेन्सीमा थियो। त्यो समयमा पनि ड्युटी पर्दा अरु साथीसँग मिलेर पालैपालो टीका लगाउँथ्यौं। तीन÷तीन घन्टाको समय मिलाउँथ्यौँ।
घर–माइती काठमाडाँैमा भएकाले बाहिर जाने अनुभव पनि खासै छैन। मेरो करिअर सुरु भएपछि दसैंमा टीका छुटेको एक वर्षबाहेक छैन।
तीन वर्ष अघिको दसैंमा क्यानडामा एउटा कन्फ्रेन्समा जानु परेकाले छुटेको थियो। निकै नरमाइलो भयो। जाँदा दसैं पर्छ भन्ने थाहा थियो। केही आफन्त पनि हुनुहुन्छ, सँगै मनाउँला भनेर गइयो।
तर त्यहाँ त समयले एक दिनपछि दसैं पर्ने, त्यसमा पनि ड्युटीबाट आएर टीका लगाउनु पर्दा हामीलाई निकै नरमाइलो भयो।
त्यसपछि मैले दसैंमा बाहिर जाने योजना बनाउँदिन भनेर सोचें। दसैंमा घरमा जस्तो अन्त गएर रमाइलो हुँदैन। घरमै पारिवारिक माहोलमा मनाउनुको मज्जा नै बेग्लै हुन्छ।
कहिलेकाहीं आकस्मिक कल आउँछ। अस्पताल आउनुपर्छ। त्यो समयमा कुनै गुनासो हुन्न। किनकि हामी घरमा रमाइलो गरिरहेका छौँ, बिरामी पनि समस्या भएर अस्पताल आउँछन्। यस्तो समयमा पनि सेवा गर्न पाउँदा गुनासो हुने सवालै हुँदैन।
दसैं पारिवारिक पर्व भएकाले आआफ्नो हिसाबले परिवारसँग मनाउनुस्। धेरै भड्किलो नगर्नुस्, खानपानमा ध्यान दिनुस्।
(क्यान्सर रोग विशेषज्ञ डा चापागाईंसँग कल्पना पौडेलले गरेको कुराकानीमा आधारित)
यो पनि : 'सबैलाई अनुकूल हुने गरी दसैं बिदाको सेड्युल मिलाएकी छु'