सिओपिडी दम के हो?
- सिओपिडी दीर्घकालीन श्वास-प्रश्वास सम्बन्धी रोग हो
- यस रोगमा कमजोर श्वासप्रश्वास प्रवाह हुन्छ
- विशेषत: यो समयसँगै बिग्रँदै जान्छ
- समयमै गरे यस रोगको रोकथाम र उपचार सम्भव छ
सिओपिडी दमका कारणहरू
- धूमपान
- बाह्य वायु प्रदूषण (धुँवा, धुलो आदि)
- घरभित्र हुने वायु प्रदूषण (चुल्होमा गुइँठो, पराल, दाउरा आदिको प्रयोग)
- पेसागत जोखिम
- वंशानुगत जोखिम
नेपालमा सिओपिडीको जोखिम उच्च छ
- नेपालमा प्रत्येक तीन जनामध्ये एक जना हाल/विगतमा धूमपान गर्छन्/गर्थे
- नेपाल विश्वको पाँचौ वायु प्रदूषण भएको देश
- वर्षेनी १० हजार नेपालीले वायु प्रदूषणका कारण ज्यान गुमाइरहेका छन्
सिओपिडी दमका मुख्य लक्षण
- श्वास प्रश्वासमा समस्या- स्वाँस्वाँ हुने
- खोकी- सेतो वा पहेलो खकार
अन्य लक्षण
- छाती घ्यार-घ्यार कराउने
- औंला वा जिब्रो निलो हुने
- दुवै खुट्टा सुन्निने
- पटकपटक छातीको संक्रमण हुने
सिओपिडी रोगको अवस्था
- डब्लुएचओ- ग्लोबल बर्डेन अफ डिजिज (२०१६) का अनुशार संसारमा २५ करोड मानिस सिओपिडीबाट प्रभावित छन्।
- वार्षिक ३१ दशमलव ७ लाख मानिसले सिओपिडीका कारण ज्यान गुमाउनुपर्छ।
- हाल सिओपिडी अकाल मृत्युको चौथो प्रमुख कारण हो। सन् २०३० सम्म यो रोग तेस्रो प्रमुख कारण बन्ने छ।
- ९० प्रतिशत सिओपिडी सम्बन्धी मृत्यु कम विकशित र अतिकम विकशित देशहरूमा हुन्छ।
- नेपालमा प्रत्येक दस जनामा एक जनालाई सिओपिडी दम रोग छ।
- नसर्ने रोगहरूमध्ये सिओपिडी नेपालमा सबभन्दा बढी पाइएको रोग हो।
- नेपालमा सिओपिडी दमका रोगीहरू (११.७ प्रतिशत), मधुमेह (८.५ प्रतिशत), मिर्गौला सम्बन्धी रऊग (६ प्रतिशत) र मुटुको रक्तनली सम्बन्धी रोग (२.९प्रतिशत) भन्दा धेरै छन्।
सिओपिडी दमका प्रादेशिक अनुपात
- कर्णाली प्रदेश– २५.१ प्रतिशत (प्रत्येक ४ मध्ये १ जनालाई सिओपिडी दम रोग छ)
- प्रदेश न २– १६.४ प्रतिशत (प्रत्येक ६ मध्ये १ जनालाई सिओपिडी दम रोग छ)
- सुदूरपश्चिम प्रदेश– १४.३ प्रतिशत (प्रत्येक ७ मध्ये १ जनालाई सिओपिडी दम रोग छ)
- प्रदेश न ३- ११.७ प्रतिशत (प्रत्येक ९ मध्ये १ जनालाई सिओपिडी दम रोग छ)
- प्रदेश न ५- ९.५ प्रतिशत (प्रत्येक १० मध्ये १ जनालाई सिओपिडी दम रोग छ)
- प्रदेश न १- ६.२ प्रतिशत (प्रत्येक १६ मध्ये १ जनालाई सिओपिडी दम रोग छ)
- गण्डकी प्रदेश– ६ प्रतिशत (प्रत्येक १६ मध्ये १ जनालाई सिओपिडी दम रोग छ)
नेपालमा करिब ३ प्रतिशत सिओपिडी बिरामी मात्र सही उपचार पद्धतिमा संलग्न छन्।
उपचार पद्धति
- नियमित इन्हेलर प्रयोग
- नियमित चिकित्सकसँग जाँच
- जोखिम कम गर्ने- धूमपान, वायु प्रदूषण, पेसागत जोखिम आदि
- अन्य रोगको निदान र उपचार
- स्वस्थकर बानी- नियमित व्यायाम स्वस्थकर आहार
सिओपिडीबारे केही भ्रम र यथार्थ
भ्रम
सिओपिडी दम धेरै मानिसलाई हुँदैन
सिओपिडी दम धूमपान गर्नेलाई मात्र हुन्छ
उमेर बढ्दै गएपछि स्वाँस्वाँ हुनु सामान्य हो
सिओपिडी दमको पूर्ण उपचार सम्भव छैन
सिओपिडी भइसकेपछि धूमपान त्याग्नुको कुनै मतलब छैन
इन्हेलर औषधि नराम्रो हो वा सुरु गरेमा बानी पर्छ
यथार्थ
नेपालमा प्रत्येक दश जनामा एक जनालाई सिओपिडी दम रोग छ
सिओपिडी दम धूमपान गर्नेमा धेरै भए तापनि वायु प्रदूषण र पेसागत जोखिमबाट पनि हुन सक्छ
स्वाँस्वाँ हुनु सिओपिडी दमको लक्षण हो र उपचार गरेमा पूर्ण निको हुन्छ
सही उपचार पद्धति अपनाएमा सिओपिडी भएका बिरामीले आम मानिसझैँ सामान्य जीवन व्यतित गर्न सक्छन्
सिओपिडी भएका वा नभएका जोसुकैले धूमपान त्यागेमा मृत्युबाट बच्न सकिन्छ
सिओपिडी उच्च रक्तचाप र मधुमेह जस्तै दीर्घकालीन रोग भएकाले इन्हेलर सधैं प्रयोग गर्नुपर्ने हुनसक्छ
चुनौती
- सिओपिडी दम रोग सम्बन्धी जनचेतनाको कमी
- धूमपान विरुद्धको जनचेतनाको कमी
- ग्रामीण इलाकामा चुल्होमा गुइँठो, पराल, दाउरा आदिको प्रयोग
- बढ्दो सहरीकरण- वायु प्रदूषण र पेसागत जोखिम
- भौगोलिक विकटता र गरिबी भएका स्थानमा यस रोगको बढी प्रभाव देखिनु
- इन्हेलर उपचार पद्धतिप्रतिको नकारात्मक धारणा
- सिओपिडीको निदान र उपचार पद्धतिका विधिहरू प्राथमिक उपचार गर्ने संस्थाहरूमा नहुनु
- स्पाइरोमेट्री तथा सो सम्बन्धी तालिम भएका जनशक्तिको कमी
- आसपासमा चेस्ट हस्पिटलको अभाव रेफरल सिस्टमको विकास हुन नसक्नु
- महँगो उपचार पद्धति- अधिकांश रोगी स्वास्थ्य बिमाको पहुँचबाट बन्चित
सिओपिडी सम्बन्धी जनचेतना फैलाएर र नेपालका सबै ठाउँमा र स्वस्थ संस्थाका प्रत्येक तहमा यो रोगको निदान र प्रभावकारी उपचारको पहुँच बढाएर सबै मिली सिओपिडीको अन्त्य गर्न सकिन्छ| यस रोगबाट हुने रुग्णता र मृत्युदर कम गर्न सबैको हातेमालोको आवश्यकता छ।
(डा ढुंगाना वीर अस्पतालका चेस्ट युनिट प्रमुख हुन्)