सन्ध्या घिमिरे
चाइनाको वुहान सहरमा सन् २०१९ को डिसेम्बर ३१मा कोरोना भाइरस देखिएको हो। यो भाइरसका कारण सर्ने सरुवा रोग हो। विशेषगरीपाको उमेरका र दीर्घ (मुटु रोग,रक्तचाप,मधुमेह दम र क्यान्सर रोग)को औषधि सेवन गरिरहेका र यी रोगबाट असरमा परेका व्यक्तिहरुमा कोरोनाको संक्रमण बढी हुने विश्व स्वास्थ संगठनबाट प्रकाशित लेखबाट प्रमाणित भइसकेको छ। यो भाइरस अरू भाइरसजस्तो बनावट नभएका कारण कोभिड-१९ ले शरीरमा कसरी प्रभाव पार्छ भन्ने यथार्थ अझै पत्ता लगिसकेको छैन।
तथापि श्वासप्रश्वास सम्बन्धी रोग भएकाले यो एक मानिसबाट अर्को मानिसमा सर्ने रोग हो र सबै उमेर समूहका मानिसहरुमा सर्ने उत्तिकै सम्भावना छ। वैज्ञानिक नाम कोभिड-१९ रहेको ‘नोबल कोरोना भाइरस’ यसअघि विश्वको कुनै पनि भागमा देखिएको थिएन। यो नयाँ भाइरसको ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ (सार्स) उत्पन्न गर्ने भाइरसकै एउटा प्रकार हो भन्ने कुरामा भने तथ्यगत प्रमाणहरु आइसकेका छन्। नयाँ प्रजातिको भाइरस भएको हुनाले हालसम्म कुनै औषधिहरु पत्ता लागिसकेको छैन तर विभिन्न अनुसन्धानात्मक क्लिनिकल ट्रायलहरु भइरहेका छन्।
हालको अवस्था
विश्व स्वास्थ संगठनको रिपोर्टअनुसार अफ्रिकाको चारवटा थप देशहरुमा नयाँ केसहरु रिपोर्ट भएको छ। विश्वमा हालसम्म ३ लाख ३४ हजार ९ सय ८१ जना कन्फर्म केस पत्ता लागेको छ। हालसम्म १४ हजार ६ सय ५२ जनाको कोभिड-१९ काइ कारण ज्यान गइसकेको छ। महादेशअनुसार यस रोगको वितरण हेर्ने हो भने हालको तथ्यांक अनुसार युरोप महादेशमा सबै भन्दा बढी नयाँ केस, कन्फर्म केस र मृत्यु संख्या रहेको छ।
यो रोगले विस्तारै एसिया महादेशमा पनि संक्रमण फैलाउँदै गएको छ। जोखिमको मापनमा कोभिड-१९ लाई विश्व स्वास्थ संगठनले उच्च जोखिममा राखेको अवस्थाले जनस्वास्थ एवं चिकित्सा सेवालाई आगामी दिनहरुमा झन् चुनौती थपिने अवस्था अनुमान गर्न सकिन्छ। नेपालमा हालसम्म २ जना कन्फर्म केस पत्ता लागेको हुनाले स्वास्थ प्रणालीलाई प्रभावकारी बनाउन र्यासपिड रेस्पोन्स टिमर कम्युनिटी र्याापिड रेस्पोन्स टिम परिचालन गर्न तत्काल पहल गर्नुपर्ने देखिन्छ।
फार्मेसी जनशक्तिको भूमिका
नेपालको स्वास्थ सेवा प्रणाली अन्तर्गतका विभिन्न सेवा समूहमध्ये नेपाल फार्मेसी समूह एक हो। देशको स्वास्थ प्रणाली सुदृढ गर्न अन्य समूहको योगदान जस्तै फार्मेसी समूहको जनशक्तिको पनि उत्तिकै भूमिका छ।
औषधि समुचित उत्पादन गर्ने गुणस्तर मा प्रभावकारी नियन्त्रण राख्ने, औसधिको समुचित भण्डारण, बिक्री वितरण एवं व्यवस्थापन क्षमता फार्मेसी जनशक्तिमा हुन्छ र उक्त सीप र दक्षतालाई वैधानिक रूपमा ऐन–कानुनले पनि स्थापित गरीसकेको अवस्था छ।
जनस्वास्थ प्रणालीमा बेला–बेलामा हुने इपिडेमिक, इन्डेमिक तथा पान्डामिक अवस्थाहरुलाई न्यूनिकरण गर्न थप बिरामीको संख्या लाइ घटाउँदै जाने र संक्रमण भइसकेको बिरामीहरुलाई उपयुक्त क्लिनिकल सेवा दिने अन्तराष्ट्रिय अभ्यास नै हो। हरेक रोगको उपचारमा फर्मासिस्टहरुको पनि उत्तिकै भूमिका छ।
डाक्टरले लेखेको औषधि अनुसार औषधि वितरण गर्नु मात्र फार्मेसी क्षेत्रको भूमिका हो भन्ने कुरालाई मन मस्तिष्कबाट हटाउनु पर्छ। रोग नियन्त्रणका अन्य पक्षमा पनि फर्मसिस्टहरु उत्तिकै दक्खल राख्छन् भन्ने कुरा प्रमाणित गर्नुपर्ने देखिन्छ। र हाल विश्वब्यापी फैलिएको कोभिड -१९ को व्यवस्थापनमा माफर्मसिस्टको भूमिका पनि उत्तिकै छ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा फार्मेसी जनसक्ति ले कसरि भूमिका खेल्ने?
• आफैं लक्षणको आधारमा औषधि किन्न खोज्ने बिरामीलाई उपयुक्त परामर्ष गरी विशेषज्ञको सुझाव र सल्लाहअनुसार मात्र औसधि सेवन गर्न सल्लाह दिने।
• अस्पताल फार्मेसीतथा सामूदाय मा रहेका फार्मेसीहरुमा रहेका जनशक्तिहरुले बिरामीलाई औषधिको परामर्ष गर्दा कोभिड-१९ को चिह्न/लक्षण तथा रोकथामका उपायहरु बारे ज्ञान दिने।
• नेपाल सरकार स्वास्थ तथा सूचना केन्द्रले प्रकाशित गरेको जानकारी मुलक सन्देशयुक्त पोस्टर/पम्प्लेटहरु १ प्रति प्रिन्ट गरेर अस्पताल फार्मेसी एवं सामुदायिक फार्मेसीहरुमा राख्ने र फार्मेसीमा आउने बिरामीहरुलाई १ मिनेट मात्र उक्त पोस्टर/पम्प्लेट देखाएर जानकारी दिने हो भने व्यवहार परिवर्तन सञ्चारमा फार्मेसी जनशक्तिको भूमिकाले महत्वपूर्ण भूमिका खेल्दछ।
• बिस्व स्वास्थ संगठनले कोभिड–१९ मा इबुप्रोफिनको प्रयोगसँग कोरोना रोकथाममा कुनै पनि भूमिका नभएको तथ्य प्रकाशित गरिसकेको अवस्थामा फर्मसिस्टले सोहीअनुसार अपडेटहरु अन्य स्वास्थकर्मीहरुलाई जानकारी गराउन सक्छन्।
• कोभिड-१९ को रोकथाम तथा नियन्त्रण मा इन्फर्मेसन, एडुकेसनहरु शेयर गरेर युरोपियन कम्युनिटी फर्मासिस्टहरुले स्वास्थ सेवाका महत्वपूर्ण जनशक्ति फार्मेसिस्टहरु पनि हुन् भन्ने प्रमाणित गरिसकेको छ र नेपालमा पनि सोही कुराहरु फर्मसिस्टहरुले गर्न सकिन्छ।
• अन्तरराष्ट्रिय फार्मेसी समूह/सर्कल तथा निकायहरुसँग समय-समयमा सम्पर्कमा रहेर विश्वब्यापी रुपमा भएका पहल हरु नेपालमा पनि अबलम्बन गर्न फार्मेसी जनशक्तिले भूमिका खेल्न सक्छन्।
• यस्तो किसिमको अभ्यासले कोभिड-१९ को संक्रमणको अवस्थामा नागरिकहरुले औषधिको नकारात्मक असरको सिकार हुनबाट बचाउन सकिन्छ भने फार्मेसी जनशक्तिले आफ्नो सीप, दक्षतालाई अवसरको रुपमा प्रमाणित गर्ने अवसर पनि हुनसक्छ।
सरकारी पहल
कोभिड-१९ को रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ सेवा विभागले सरकारी स्वास्थ्य सेवामा कार्यरत स्वास्थकर्मीहरुलाई अत्यावश्यक बाहेक बिदामा नबस्न सूचना जारी गरेको छ। विभिन्न स्थानीय तह, प्रदेश सरकार र केन्द्रिय तहले कोरोना उपचारको उद्देश्यले अस्पतालहरु व्यवस्थापन र जनसशक्ति व्यवस्थापन गरेको छ। साथै स्वास्थ सेवामा कार्यरत कोभिड-१९ उपचारमा संग्लग्न हुने स्वास्थकर्मीहरुलाई प्रोत्साहन गर्ने भनेको छ। तथापि फार्मेसी जनशक्तिलाई औषधि वितरण गर्दा चाहिने अत्यास्यक एन-९५ मास्क तथा पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्टहरुको उचित व्यवस्था गरेको देखिँदैन त्यसले गर्दा कोरोना भाइरस (कोभिड १९)सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी अस्पताल आउँदा औषधि वितरण गर्दा त्रसित हुने पर्ने अवस्था छ।
निस्कर्ष
अहिले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनालाई विश्वव्यापी महामारी भनेर घोषणा गरेको छ। संक्रमणको दर र अन्य देशमा फैलिने क्रम बढ्दो छर दक्षिण एसियामा पनि बिस्तारै प्रकोप बढ्दै गएको अवस्था छ। इटाली, स्पेन, फ्रान्स र अमेरिका जस्ता राम्रो जनस्वास्थ प्रणाली देशहरुले यसलाई नियन्त्रण गर्न सकेका छैनन्। जनशक्ति र उपकरणहरु धान्ने अवस्थामा छैनन् ती देशहरुमा तयारी नपुगेको प्रष्ट देखिन्छ।
नेपालमा कोरोना संक्रमणको आशंका लाग्यो भने एम्बुलेन्स व्यवस्थापन र एम्बुलेन्समा खटिने चालक तथा स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्थापनमा पनि सरकारले गम्भिर रुपमा सोच्नुपर्ने आवश्यकता छ। अस्पताल लागिसकेपछि उनीहरुलाई छुट्टै जाँच्ने स्वास्थ्यकर्मी तथा औषधिविज्ञको व्यवस्थापन गर्न कन्टिजेन्सी प्लान बनाउनु पर्ने पनि उत्तिकै आवश्यक छ।
औषधिको उचित भण्डारण छ भन्ने स्वास्थ्य मन्त्रालयको जानकारीले भविष्यमा कोरोना प्रभाव भयो भने रोगको प्रोफाइल्याक्सिस उपचारमा भने ढुक्क हुनुपर्ने अवस्था देखिन्छ तर श्वासप्रश्वास रोगसँग सम्बन्धित औषधिहरुको समुचित भण्डारण र निड बेस्ड डिस्पेन्सिङमा फर्मसिस्टहरुले अहिलेदेखि नै योजना बनाउनु पर्दछ।
कोरोना उचारसँग सम्बन्धित औषधिजन्य भ्रमहरुबाट बिरामीहरुलाई सुसुचित गर्नु पर्दछ। फार्मेसी जनशक्तिले अहिलेदेखि नै आ-आफ्नो सामुदायिक फार्मेसीबाट र अस्पताल फर्मसिस्टले अस्पतालमा आउने बिरामीलाई नियमित रुपमा माथि उल्लेख गरेझैं गतिविधिहरु गर्न सकियो भने फार्मेसी जनशक्तिको योगदान र सीप, क्षमताको नेपालको स्वास्थ्य प्रणालीमा सधैं नै योगदान रहनेछ।
(घिमिरे फार्मेसी मानसिक अस्पताल लगनखेलकी फार्मेसी इन्चार्ज हुन्।)